Saturday, July 19, 2025
निर्वाचनबारामा ४ वटा मतपेटिकाको सिल टुटेको भेटियो!

बारामा ४ वटा मतपेटिकाको सिल टुटेको भेटियो!

spot_img

बारा : जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले बारामा चारवटा मतपेटिकाको सिल टुटेको भेटिएको दावी गरेका छन्। राउतले बारा -२ मा सुवर्ण गाउँपालिकाका ४ वटा मतपेटिकाको सिल तोडिएको अवस्थामा भेटिएकाले मतगणनास्थलको लाइभ हुनुपर्ने माग गरेका छन्।

उनले बारा -२ मा जनता समाजवादी पार्टी धाँधली गरेर निर्वाचन जित्ने रणनीतिमा रहेको आरोप लगाएका छन्। उनले जसपाले हार्न लागेपछि उत्पाद र दंगा मच्चाए निर्वाचन विथोल्ने कोशिस गरेको समेत आरोप लगाएका छन्।

- Advertisement -

उनले सामाजिक सञ्जालमा लेखेका छन्: ‘बारा-२ को मतगणना स्थलको लाइभ हुनुपर्छ।‌ सप्तरी -२ मा हामीले भोगिसकेका छौं,हार्न लागेपछि जसपाले भित्र नै उत्पात र दंगा मचाएर निर्वाचन बदर गराउने कसरी कोशिस गरेका थिए। प्रहरी प्रमुखको मिलेमतो थियो नै। बारा-२ मा सुवर्ण गा.पा का ४ वटा बाकसको सिल टुटेको भेटिएको छ।’

बारामा जसपाका उपेन्द्र यादव,जनमतका शिवचन्द्र कुशवाहा,एमालेका पुरुषोत्तम पौडेल,रास्वपाका रमेश खरेल,आमजनता पार्टीका अरुण ज्ञवालीलगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा नियुक्त भएपछि रिक्त सो स्थानमा उपनिर्वाचन भएको हो।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img