तनहुँ – तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यकाे उपचुनावमा मतगणना चलिरहेकाे छ । अहिलेसम्मकाे मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लागेका छन् ।
ताजा परिणामअनुसार वाग्लेले २३ हजार नाै सय ६६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गाेविन्द भट्टराईले १३ हजार आठ सय १२ मत प्राप्त गरेका छन । भट्टराईभन्दा वाग्ले १० हजार एक सय ५४ मतले अघि छन् ।
यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले छ हजार सात सय ९५ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामा ६५ हजार ९९ मत खसेकाे थियाे ।