मनोरञ्जनमंसिर १२ गते करिश्मासँग विवाह गर्दै सलोन

मंसिर १२ गते करिश्मासँग विवाह गर्दै सलोन

काठमाडाैं, अभिनेता सलोन बस्नेत विवाह गर्दैछन्। उनले आफ्नी प्रेमिका करिश्मा केसीसँग विवाह गर्न लागेका हुन्।

‘हामी मंसिर १२ गते बिहे गर्दैछौं। तर अहिलेसम्म कुन ठाउँमा बिहे गर्ने भन्ने पक्का भएको छैन। कुन होटलमा गर्ने भनेर बुझ्दैछौं,’ उनले भने।

उनीहरू केही वर्षयता प्रेम सम्बन्धमा छन्। करिश्मा नेपाल एयरलाइन्समा काम गर्छिन्। उनी एयर होस्टेस हुन्। अभिनेता सलाेन बस्नेत निर्देशक शाेभित बस्नेतका छाेरा हुन्। छाेराकाे विवाह हुन लाग्दा आफू खुशी भएकाे निर्देशक शाेभितले बताएका छन्।

अभिनेता सलोन आगामी फिल्म ‘मीलन’को प्रदर्शनको पखाईमा छन्। यो फिल्म कात्तिक १८ गतेदेखि प्रदर्शन हुँदैछ।

सलाेनले ‘नेपाली बाबु’ बाट बालकलाकारको रूपमा डेब्यू गरेका थिए। उनले ‘होस्टल, ए मेरो हजुर २, ए मेरो हजुर ३ ए मेरो हजुर ४, गाजलु, यात्रा, जय भोले, डाडाँको वरपीपल, बाबु कान्छा’लगायत थुप्रै फिल्ममा अभिनय गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img