काठमाडौं: गायिका समीक्षा अधिकारीले आफ्नै शब्द पोखिएको गीत ल्याएकी छन् । केही समय अष्ट्रेलिया बसेर नेपाल फर्किएकी समीक्षाले कारुणिक गीत ल्याएकी हुन् ।
‘तिम्रो लागि दोष जति मैले सहि रहे, तिम्रो लागि भित्र भित्रै म त मोर्दै छु’ शब्दहरु रहेका गित उनको जीवनमा मेल खाने भनेर धेरैले उल्लेख गरेका छन् ।
समीक्षाले गीतमा यो समय आफ्ना लागि निक्कै कष्टकर भएको भाव व्यक्त गरेकी छिन् ।
गीत संगीतकार अर्जुन पोख्रेलले लेखेका हुन् । गीतमा संगीत तथा संगीत संयोजन पनि अर्जुनकै सुन्न सकिन्छ । लैजा सन्देश बोलको सार्वजनिक गीतमा समीक्षा निक्कै कारुणिक सुनिएकी छिन् ।