मनोरञ्जनहेटौँडामा फिल्म मायावीको विशेष प्रेस शो सम्पन्न

हेटौँडामा फिल्म मायावीको विशेष प्रेस शो सम्पन्न

हेटौँडा | हेटौँडामा आज शनिबार नेपाली फिल्म मायावी को विशेष प्रेस शो सम्पन्न भएको छ। बुधबारदेखि प्रदर्शनमा आएको यो फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको मायावी मा अभिनेता पल शाह, दीपिका प्रसाई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ, समीम खान, राजाराम पौडेल, अन्शु महर्जन, लक्ष्मी गिरीलगायतका कलाकारहरूको अभिनय रहेको छ।

ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी रहेको फिल्मका कार्यकारी निर्माता प्रविन भट्टराई र करण सिंह हुन् भने सह-निर्मातामा राजु पराजुली र सुमित वली छन्। क्रियटिभ सिने आर्ट्स का लागि नेम महर्जनले पनि फिल्ममा लगानी गरेका छन्।

राजु विक्रम थापाको छायांकन, मिलन श्रेष्ठको सम्पादन तथा कविराज गहतराज र प्रवीण खतिवडाको कोरियोग्राफी रहेको यो फिल्म हेटौंडाको नारायणी मलमा प्रदर्शन गरिएको थियो। सो कार्यक्रममा मकवानपुरका सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

spot_img

ताजा समाचार

spot_img