अन्तर्राष्ट्रियह्वाइटहाउसमा ट्रम्प र जेलेन्स्कीबीच के के भयो ?

ह्वाइटहाउसमा ट्रम्प र जेलेन्स्कीबीच के के भयो ?

वाशिङ्टन | अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको वार्ता अप्रत्याशित रूपमा वाकयुद्धमा परिणत भएको खबर बाहिर आएको छ।

शान्ति सम्झौताका विषयमा छलफल गर्न आयोजित बैठकमा प्रारम्भिक संवाद सकारात्मक देखिए पनि, वार्ताको क्रममा तनाव बढ्दै गयो। ट्रम्पले युक्रेनलाई अनावश्यक रूपमा युद्ध लम्ब्याएको आरोप लगाउँदै भने, “तिमीहरू लाखौं मानिसहरूको जीवनसँग खेलिरहेका छौ, तेस्रो विश्वयुद्ध निम्त्याउन सक्ने खतरा छ।”

जेलेन्स्कीले भने, “हामी न्यायपूर्ण र दिगो शान्ति चाहन्छौं। यदि अमेरिकाले आफ्नो समर्थन फिर्ता लियो भने, युक्रेनलाई रूसको सामना गर्न कठिन हुनेछ।” उनले मस्कोले विगतमा गरेका सहमतिहरू तोडेको भन्दै, सुरक्षाको ग्यारेन्टी बिना सम्झौतामा सहमत नहुने स्पष्ट पारे।

बैठकको क्रममा अमेरिकाले युक्रेनलाई सैन्य सहायता निरन्तर दिने भए पनि सीमित मात्रामा हुने संकेत दिएको थियो। साथै, महत्त्वपूर्ण खनिज सम्झौताका विषयमा छलफल हुने भनिए पनि, वार्तामा आएको तनाबका कारण सम्झौता हुन सकेन। अन्ततः, जेलेन्स्की कुनै ठोस सहमति बिना ह्वाइट हाउसबाट बाहिरिएका थिए।

यस घटनाले युक्रेन-अमेरिका सम्बन्धमा नयाँ चुनौती खडा गरेको छ भने, रूस-युक्रेन युद्धमा अमेरिकाको कूटनीतिक हस्तक्षेपको भविष्यबारे थप अन्योलता देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img