Friday, March 28, 2025
देशकोशी प्रदेशपाथीभरामा केबलकार निर्माण रोक्न सकिँदैन: मुख्यमन्त्री कार्की

पाथीभरामा केबलकार निर्माण रोक्न सकिँदैन: मुख्यमन्त्री कार्की

कोशी |  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण रोक्न कसैले नसक्ने दाबी गरेका छन्। उनले संविधान र कानुनी प्रक्रियाअनुसार परियोजना अघि बढ्ने भन्दै यसको विरोधमा उठेका आवाजहरूले कुनै असर पार्न नसक्ने स्पष्ट पारे।

मुख्यमन्त्री कार्कीका अनुसार सरकारले सबै कानुनी प्रक्रिया पूरा गरेर योजना अघि बढाइरहेको छ। “हामी मजाले केबलकार निर्माण गरिरहेका छौं, सबै कानूनी प्रक्रिया पूरा गरेर अघि बढ्नेछौं,” उनले बताए। साथै, उनले ‘नो केबलकार’ अभियानका समर्थकहरूले सरकारले वार्ताका लागि दिएको अवसर अस्वीकार गरेको आरोप लगाए। “हामी वार्ताको लागि तयार छौं, तर उनीहरू वार्तामा आउन चाहेका छैनन्,” उनले भने।

पाथीभरामा केबलकार निर्माणको विरोध गर्नेहरूमध्ये अधिकांश बाहिरबाट परिचालित रहेको उनको दाबी छ। उनले स्थानीयबासीको सहभागिता न्यून रहेको उल्लेख गर्दै बाहिरी प्रभावको आशंका व्यक्त गरे। “विरोधमा उत्रिएकाहरूमा ताप्लेजुङका स्थानीयबासी कम छन्, अरू धेरैजसो बाहिरबाट परिचालित देखिन्छन्,” उनले भने।

प्रदेश सरकारका अनुसार पाथीभरा मन्दिर प्रमुख धार्मिक तथा पर्यटकीय स्थल भएकाले यहाँ केबलकार आवश्यक छ। यसले पर्यटक र दर्शनार्थीलाई सहज आवागमनमा सहयोग पुग्ने भएकाले सरकार दृढताका साथ अघि बढ्ने उनले बताए।

सरकारले कानुनी र प्रशासनिक प्रक्रिया पूरा गर्दै परियोजना कार्यान्वयन गर्ने योजना बनाइसकेको छ। विरोधका स्वरहरूलाई सम्बोधन गर्दै पनि केबलकार निर्माण रोकिने अवस्था नरहेको मुख्यमन्त्री कार्कीले प्रस्ट पारेका छन्।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img