Thursday, December 12, 2024
फिचरकोदो र फापरमा प्रोत्साहन अनुदान दिदै मकवानपुरका दुई गाउँपालिका

कोदो र फापरमा प्रोत्साहन अनुदान दिदै मकवानपुरका दुई गाउँपालिका

मकवानपुर: रैथाने बाली प्रति कृषकहरुलाई आकर्षित गर्ने उद्देश्यले मकवानपुरका दुई गाउँपालिकाले उत्पादित खाद्यान्नको समर्थन मुल्य तोक्नुको साथै अनुदानको व्यवस्था गरेका छन् ।

हेटौंडा उपमहानगरपालिकासँग जोडिएको मकवानपुर गढी गाउँपालिकाले कोदोको प्रतिकेजी ५४, जुनेलो प्रतिकेजी ८४ र फापर प्रतिकेजी सय रुपैयाँ समर्थन मुल्य तोकेको छ । कोदो, फापर र जुनेलोमा पालिकाले प्रतिकेजी प्रोत्साहन अनुदान १० रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । गत आवमा प्रोत्साहन अनुदान प्रतिकेजी ४ रुपैयाँमात्र थियो ।

कृषकहरुले उत्पादन गरेको कोदो, फापर, र जुनेलो गाउँपालिकामा सूचिकृत सहकारीमा विक्री गरेमा कृषकले प्रतिकेजी ६ रुपैयाँ र सहकारीले ४ रुपैयाँ अनुदान पाउने व्यवस्था गरेको छ । कृषकसँग खरिद गरेको कोदो, फापर र जुनेलो भण्डारण र बजार व्यवस्थापन गर्न सहकारीलाई प्रतिकेजी ४ रुपैयाँ उपलब्ध गराएको गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए । मकवानपुरगढी गाउँपालिकामा ५ वटा सहकारी सूचिकृत छन् । उक्त गाउँपालिकाले गत आवदेखि नै कोदो र फापरमा प्रोत्साहन अनुदान दिनुको साथै बजारीकरण पनि गर्दै आएको छ ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै मकवानपुरगढी गाउँपालिकाले खाद्यान्नमा अनुदान कार्यक्रम सञ्चालन योजना पारित गरेको थियो । मकवानपुरगढी गाउँपालिकाले यसअघि कृषिमा आधुनिकीकरणका लागि कृषकलाई प्रविधि हस्तान्तरण, तालिम सञ्चालन गर्नुका साथै व्यावसायिक कृषिमा अनुदानका कार्यक्रम समेत कार्यान्वयन गर्दै आएको छ । व्यावसायिक कृषि प्रवर्द्धन गर्ने मकवानपुरगढी गाउपालिका मकवानपुर जिल्लाकै अग्रणी पालिका समेत हो । गाउपालिकाले व्यावसायिक तरकारी बाली तथा व्यावसायिक फलफूलखेतीलाई पनि प्रवर्द्धन गरेको छ ।

उक्त गापाले बाँझो जग्गा उपयोग अनुदानमा आप , कटहर, सुन्तला कागति लगायतका फलफुल खेती गरे प्रति रोपनी दुई हजार रुपैया, बाझो जग्गामा अन्नबाली, तरकारीबाली , नगदेबाली , मसलेदार खेती गरे प्रतिरोपनी दुई हजार पाच सय रुपैया अनुदान दिने व्यवस्था गरेको छ । पालिकाले कोदो,फापर र जुनेलोमा समर्थन मुल्य र प्रोत्साहन अनुदान दिने व्यवस्था गरेपछि विशेषगरी कोदो खेतीको विस्तार भएको छ । गत आवमा २ सय ५० हेक्टरमामात्र कोदो खेती गरिएको थियो भने अहिले ३ सय २० हेक्टरमा कोदो खेती गरिएको कृषि शाखाका प्रमुख चौधरीेले भने,‘यस गापाका वासिन्दाहरु कोदो खेतीतर्फ आकर्षित भएका छन ।’ गापामा फापरखेती १० हेक्टर र जुनेलो ५ हेक्टरमामात्र खेती गरिएको छ ।

मकवानपुरगढीले कोदोको वजारीकरण गर्न व्रान्डिङसहित कोदोको पिठो वजारमा ल्याएको छ । त्यतिमात्र होइन कोदोको खपत वढाउनका लागि स्कुलको दिवा खाजा कार्यक्रममा साताको एक दिन अर्थात विहीवार कोदो परिकार खुवाउनु पर्ने पालिकाले नियम वनाएको छ । दिवा खाजा कार्यक्रममा कोदोको सेल,हलुवालगायत विभिन्न किसिमका परिकार वनाएर खान दिने गरिएको छ । उक्त गापाको १,२,४ ,७ र ८ नम्वर वडाका अधिकांशले वासिन्दाले कोदो खेती गरेका छन । ‘कोदोको मुल्य पनि राम्रो र विक्री गर्न पनि समष्या नभएकाले कोदो रोप्न थालेका हौ’स्थानीइवासी कुसुमवहादुर घलानले भने,‘पहिला त गाईगोरुलाई घाँसको रुपमा कोदोको नल खुवाउनका लागि कोदो खेती गरिन्थ्यो,अहिले कमाईको निम्ति खेती गरिन्छ ।’

यसैगरी भीमफेदी गाउँपालिकाले कोदोको ५५ र फापरको सय रुपैया समर्थन मुल्य तोकेको छ । कोदो र फापरको समर्थन मुल्य तोक्ने र अनुदान दिने मकवानपुर जिल्लामा भीमफेदी र मकवानपुरगढी गाउपालिका मात्र हुन । भीमफेदी गाउँपालिकाले चालु आवदेखि कोदो खेती गर्ने किसानलाई प्रतिरोपनी २ हजार ५ सय रुपैया अनुदान दिने व्यवस्था गरेको छ ।

उक्त गाउँपालिकाले कोदो खेतीको प्रवर्द्धन गर्न चालु आवको निम्ति २५ लाख रुपैया वजेट विनियोजन गरेको छ । उक्त वजेट अपुग हुने देखिएको छ । नगद प्रोत्साहन अनुदान कार्यक्रमको प्रभावले भीमफेदी गापामा एक हजार ६०रोपनी जग्गामा २ सय ६६ कृषक परिवारद्धारा कोदो खेती गरिएको छ । गापाका यस चालु आवमा एक सय मेट्रिक टन कोदो उत्पादन हुने अनुमान गरिएको छ । उत्पादित कोदो वजारको व्यवस्था गापाले गर्ने तयारी गरिरहेको छ गापा अध्यक्ष लामाले भने ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img