२०८० पुष महिनाको मासिक राशिफल – ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार मासिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको यो महिना कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशिका लागि पुष महिना मिश्रित फलदायी रहनेछ । अध्ययनतर्फ पहिलेको नतिजा कमजोर आउन सक्छ, मिहिनेत गर्नुहोला। लगानीमा केही रकम बाहिरिए पनि नियमित आम्दानी हातलागी हुनेछ। पूर्वार्धमा स्वास्थ्य समस्याले काम रोकिए पनि उत्तरार्ध उपलब्धिमूलक रहनेछ। मिहिनेत गर्दा नयाँ कामको जग बसाउन सकिनेछ। केही खर्च लागे पनि स्रोत–साधन जुटाउने समय छ। नयाँ व्यवसायका लागि पूर्वाधार तयार पार्न सकिनेछ। स्थापित पेसा–व्यवसायमा सुधारका लक्षण देखिनेछन्। नोकरी तथा राजनीतिमा अवसर खोज्ने समय छ। केही नयाँ जिम्मेवारीसमेत प्राप्त हुने सम्भावना छ। प्रयत्न गर्दा नयाँ कार्य थालनी हुन सक्छ। धार्मिक तथा सामाजिक काममा प्रवृत्त भइनेछ। तत्काल धेरै फाइदा नभए पनि पछिका लागि काम गर्ने समय छ। यो महिनाको लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग निलो वा पहेँलो हो । कुनै शुभ कर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको दर्शन, पूजा र अर्चना गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशिका लागि यो महिना मध्यम फलदायी रहनेछ । सानो काममा अधिक रकम र श्रम खर्च गर्नुपर्ने देखिन्छ। तापनि चिताएको उपलब्धि प्राप्त नहुन सक्छ। शरीरमा थकान र कमजोरी अनुभूति हुनेछ। बलजफ्ती प्रयास गर्दा काम बिग्रने र खर्च बढ्ने सम्भावना छ। सामान्य व्यापार भए पनि फाइदा कममात्र हुनेछ। परिस्थितिवश निर्वाहमूलक व्यवसाय गर्न बाध्य भइनेछ। आफ्नो उपलब्धिमा अरूले दाबी गर्न सक्छन्, लेनदेन तथा आर्थिक कारोबारमा विशेष सावधान रहनुहोला। अध्ययनमा सफलताको सिँढी उक्लन समय लाग्नेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने समय छ। स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला। नयाँ काम गर्न नसकिए पनि पहिलेको उपलब्धि जोगाउन सकिनेछ, सावधानीपूर्वक प्रयत्न गर्नुहोला। यो महिनाको लागि शुभ अङ्क १,७ र शुभ रङ्ग रातो हो । कुनै शुभ कर्म गर्नु अघि हनुमानजीको आराधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशिका लागि यो महिना यात्रामयी रहनेछ । कर्ममा विश्वास गर्नेहरूलाई परिस्थिति केही असहज रहनेछ। घरको समस्याले आर्थिक पक्ष प्रभावित बन्ने सम्भावना छ। किनमेल, यात्रा र भेटघाटले महिना केही खर्चिलो रहनेछ। वादविवादले पारिवारिक माहोल अशान्त बन्न सक्छ। नोकरी तथा व्यवसायमा पनि केही झमेला आउने सम्भावना छ। व्यापारतर्फ सुरक्षित आर्थिक कारोबारमा ध्यान दिनुहोला। सुरुमा अवसर आए पनि समय दिन नसक्दा पेसा–व्यवसाय कमजोर बन्नेछ। सेयर तथा लगानीको मूल्याङ्कन कमजोर हुनाले लाभांश घट्न सक्छ। चोटपटक वा थकानले स्वास्थ्य कमजोर रहनेछ। कुनै पनि जोखिमपूर्ण काममा अघि नसर्नुहोला। र अड्किएका कामतर्फ अधिक रकम खर्च नगर्नुहोला। यो महिनाको लागि शुभ अङ्क ३,७ र शुभ रङ्गे रातो वा पहेँलो हो । कुनै शुभ कर्म गर्नु पूर्व श्रीकृष्ण भगवान्को स्मरण गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशिका लागि यो महिना लाभदायी रहनेछ । सानो प्रयत्नले नयाँ काम, नोकरी वा व्यवसाय सुरु हुनेछ। स्रोत–साधन जुट्नुका साथै अनुकूल वातावरण बन्नाले आत्मविश्वास बढ्नेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। प्रतिस्पर्धाबाट भाग्योदय हुने समय छ। शत्रुबाधा, मुद्दा मामिला तथा कामका विविध झमेलाहरू समाप्त हुनेछन्। महत्त्वाकाङ्क्षी योजना, दिगो काम तथा नयाँ पेसा–व्यवसाय प्रारम्भ गर्ने बलियो सम्भावना छ। स्थापित पेसा–व्यवसायले पनि उचाइमा पुर्याउन सक्छ। पहिलेका प्रतिस्पर्धीहरू नै सहयोगी बन्नेछन्। अड्किएका काम पुनः प्रारम्भ हुनेछन् र उठ्नुपर्ने रकम प्राप्त हुनेछ। अरूका हातमा गएको धन र वस्तुसमेत फिर्ता हुने समय छ। अर्थ उपार्जनका नयाँ स्रोत फेला पर्नेछन्। यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभ कर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवान्को स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशिका लागि यो महिना मध्यम फलदायी रहनेछ । अवसर प्राप्त भए पनि लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। स्वास्थ्य समस्याले पूर्ण समय काममा जुट्न नसकिएला। परिवारजनसँग असमझदारी र आफन्तसँग मनमोटाव बढ्ने सम्भावना देखिएकाले व्यवहारमा सजग रहनुहोला। महिनाको उत्तरार्धमा स्थिति अनुकूल बन्नेछ। शुभचिन्तकको साथ–सहयोग पनि जुट्नेछ। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू फेला पर्नेछन्। कृषि र चौपायातर्फ आम्दानी बढ्नेछ। पशुपालनबाट लाभ उठाउन सकिनेछ। सवारीलगायत भौतिक साधन जुटाउने समय छ। घरमा सुख–समृद्धि बढ्नेछ। अध्ययन र लेखनमा रुचि बढ्नेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। आम्दानी बढ्नाले पुरानो कर्जा घटाउन सकिनेछ। यो महिनाको लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभ कर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशिका लागि यो महिना मिश्रित फलदायी रहनेछ । पूर्वार्धभित्र काम बन्नाले फाइदा हुनेछ। आँट र लगनशीलताले उपलब्धि दिलाउनेछ। तर घरमा केही असमझदारी बढ्ने समय छ। पारिवारिक दबाबले व्यवहार अस्थिरतातर्फ मोडिन सक्छ। बाहिरी काम रोकेर पनि आफन्तका लागि समय छुट्याउनुपर्ने देखिन्छ। पेसा–व्यवसायमा नयाँ योजना थाल्न समस्या पर्नेछ। सहकार्य गर्दै आएका साझेदार समेत टाढिन सक्छन्। सगोलको सम्पत्तिमा भागबन्डा लाग्ने सम्भावना छ। अप्ठ्यारो समयमै सहयोगीहरूले साथ दिन छाड्नेछन्। घर–व्यवहार सुधार्न सामाजिक जिम्मेवारीबाट पछि हट्नुपर्ने स्थिति आउन सक्छ। यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेँलो वा हरियो हो । शुभ कर्म गर्नु पूर्व बगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशिका लागि यो महिना वृद्धिदायी रहनेछ । सुरुमा केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। सगोलको सम्पत्तिमा विवाद आउने हुँदा घरायसी माहोल बिग्रन सक्छ। तापनि बल, पराक्रम, तेज बढ्नाले चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ। उत्तरार्धमा विशेष लाभ मिल्नेछ। शत्रु र रोगबाट छुटकारा पाइनेछ। प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखा पर्नेछन्। स्रोत–साधन जुट्नाले महत्त्वाकाङ्क्षी काम थालनी गर्न सकिनेछ। रोकिएका काम पनि सम्पादन हुनेछन्। उद्योग–धन्दा र व्यापारमा मनग्य फाइदा हुनेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई पनि पद–प्रतिष्ठा प्राप्त हुने समय छ। प्रतिस्पर्धीहरूले हार खानेछन्। घरमा सुख–समृद्धि बढ्नेछ। भूमिलगायत स्थायी सम्पत्ति हात पार्ने समय छ। यो महिनाको लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग पहेँलो वा सेतो हो । कुनै शुभ कर्म गर्नु पूर्व महादेवको आराधना गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशिका लागि पुष महिना मिश्रित फलदायी रहनेछ । केही विवादास्पद जिम्मेवारी आउनेछन् तापनि समयले साथ दिनेछ। नोकरीमा नयाँ अवसर प्राप्त हुनेछ। व्यापार बढ्नेछ र पेसा–व्यवसायमा आंशिक फाइदा हुनेछ। कृषितर्फ नयाँ प्रविधि भित्राउने समय छ। सञ्चित रकम खर्चनुपरे पनि भौतिक साधन र केही उपकरण सङ्ग्रह गर्न सकिनेछ। लेनदेनसम्बन्धी पुरानो हिसाबले वादविवाद निम्त्याउन सक्छ। स्वास्थ्यमा शिर, दाँत र आँखाको समस्याले सताउन सक्छ। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू फेला पर्नेछन्। गरेका कामबाट बिस्तारै लाभ मिल्नेछ। मिहिनेत गर्दा अध्ययनमा राम्रो प्रगति हुनेछ। विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ। यो महिनाको लागि शुभ अङ्क ४,६ र शुभ रङ्ग कालो हो । कुनै शुभ कर्म गर्नु पूर्व विष्णु भगवान्को दर्शन गरी कार्य आरम्भ गर्दा सफलता मिल्नेछ ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
धनु राशिका लागि पुष महिना यात्रादायी रहनेछ । अप्ठ्यारा काममा हात हाल्नाले समस्याबाट बाहिरिन समय लाग्नेछ। प्रतिष्ठाको भ्रमले श्रम, समय र धन खर्च हुनेछ। बोलीको लयमा कठोरताको आभास हुनाले सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन्। सानो काममा लामो समय बित्नेछ र श्रमको तुलनामा न्यून प्रतिफल प्राप्त हुनेछ। वादविवादको योग देखिएकाले धैर्य एवं सुझबुझका साथ काममा जुट्नुहोला। परिस्थिति अनुकूल बनाउन व्यवहारमा सुधार ल्याउनुपर्नेछ। प्रयत्न गर्दा व्यवसायमा सुधारका लक्षण पनि देखिनेछन्। पेसागत जिम्मेवारी बढ्नेछ। अध्ययनमा जुट्नेहरूलाई सफलता प्राप्त हुनेछ। विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ। यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग हरियो वा निलो हो । कुनै शुभ कर्म गर्नु पूर्व शिवालयको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
मकर राशिका लागि यो महिना खर्चिलो रहन सक्ने देखिन्छ । सानो कमजोरीले आर्थिक व्यवस्थापन असन्तुलित बन्न सक्छ। सञ्चित रकम किनमेलमा खर्च हुनेछ भने लगानी तथा सरसापटमा गएको रकम अड्किनाले व्यवहारमा अर्थ अभाव देखा पर्ने सम्भावना छ। आशा देखाउनेहरूले झुक्काउन सक्छन्। परिस्थिति अनुकूल नभएसम्म नयाँ कार्य योजना अघि नबढाउनुहोला। समस्या पर्दा सहयोगीहरू कमै भेटिनेछन्। कर्म क्षेत्रमा धेरै मिहिनेत र दौडधुप गर्नुपर्ने समय छ। उधारो व्यापार गर्नुपर्ला। अधिक कर्जा लिएर जोखिम निम्त्याउनु भन्दा क्षति हुनबाट जोगिने प्रयास गर्नुहोला। प्रतिज्ञा पूरा नगरे पनि आफन्तसँग नम्र व्यवहार गर्नुहोला। महिनाको उत्तरार्ध लागेपछि स्थितिमा सुधार आउनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्ने सम्भावना छ। यो महिनाको लागि शुभ अङ्क १,२ र शुभ रङ्ग हल्का पहेँलो वा रातो हो । कुनै शुभ कर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाकालीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
कुम्भ राशिका लागि पुष महिना लाभदायी रहनेछ । व्यापार बढ्नेछ, चिताएको काम बन्नेछ र व्यवसायले उचाइको मार्ग अवलम्बन गर्नेछ। कृषि र पशुधनबाट यथेष्ट लाभ मिल्नेछ। नोकरीतर्फ नयाँ अवसर प्राप्त हुने समय छ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। सेयर तथा साझेदारीमा मनग्य फाइदा हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। विदेश ताक्नेहरूका लागि यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रमाणबिना दिएको नगद र उधारो व्यापारले भने वादविवाद निम्त्याउन सक्छ। भौतिक साधनमा क्षति पुग्न सक्छ। पछिल्ला दिनमा आयस्रोत कमजोर हुनेछ, आर्जित धन र उपलब्धि जोगाउने प्रयास गर्नुहोला। यो महिनाको लागि शुभ अङ्क १,२ र शुभ रङ्ग कालो वा हरियो हो । कुनै शुभ कर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
मीन राशिलाई पुस महिनामा विशेष काम गर्ने अवसर जुट्नेछ। रोकिएका काम पुनः प्रारम्भ हुनेछन्। समुदायको प्रतिनिधिका रूपमा काम गर्ने सौभाग्य प्राप्त हुनेछ। नियमित प्रयासले कर्मसिद्धि हुनेछ। परोपकारी कामले सामाजिक प्रतिष्ठा दिलाउन सक्छ। सामाजिक अभियानको नेतृत्व लिन सकिनेछ। विशिष्ट व्यक्तिहरू नजिकिनेछन्। मिहिनेत गर्दा नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्त हुने बलियो सम्भावना छ। लगानी परे पनि दिगो काम, व्यवसाय आदिको पूर्वाधार तयार हुनेछ। विद्यार्थीहरूको अध्ययन र लेखनमा प्रगति हुनेछ। विदेशमा अवसर खोज्नेहरूलाई पनि यात्राको साइत जुर्न सक्छ। कृषि तथा पेसा–व्यवसायमा जुट्नेहरूलाई मनग्य फाइदा लिने समय छ। सामान्य उपलब्धिलाई गुणात्मक बनाउने प्रयास गर्नुहोला। यो महिनाको लागि शुभ अङ्क १,५ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभ कर्म गर्नु पूर्व आफ्नो इष्ट देवताको स्मरण गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।