Wednesday, December 11, 2024
कृषीकृषकहरू ढुक्क हुने वातावरण कहिले?

कृषकहरू ढुक्क हुने वातावरण कहिले?

धर्ना दिँदै निर्देशनालयमा तालाबन्दी, सहमति पछि खोलियो

मकवानपुर: हेटौँडा नेपालको अर्थतन्त्रमा कृषि क्षेत्र अझै पनि कुल गार्हस्थ्य उत्पादनको २५.८ प्रतिशत्‌ अंश ओगटेर सबभन्दा ठूलो क्षेत्रको रुपमा रहेको छ । तर, अर्थतन्त्रमा यसको योगदान क्रमिकरुपमा घट्दै गएको छ । एकातिर सरकार कृषिको आधुनिकीकरणमार्फत्‌ आर्थिक समृद्धि हासिल गर्न चाहन्छ भने अर्कोतिर कृषकका लागि छुट्याइएको बजेट कटौती गरिरहेको अवस्था छ।

कृषकहरु आफ्नो अधिकारका लागि पटकपटक लड्नुपरेको छ । घाँस /दाउरा, कुटो /कोदालोसहित खेतबारिमा देखिने किसान र्याली, जुलुस गर्दै धर्नासमेत दिन भ्याइरहेका छन्‌ । सरकारले किसानलाई सम्बोधन नै नगरेपछि घरगोठमा निकै व्यस्त रहिरहने कृषक हाल सरकारी कार्यालयहरुमा ताला लगाउन समय निकाल्नुपरेको छ । नरम स्वभावका उनीहरु आक्रोश पोख्दै सडकका चोकचोकमा देखिन थालेका छन्‌ ।

बागमती प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन पटकपटक भाषणामा जोड दिँदै आएका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वमा रहेको सरकारले नै किसानको लागि छुट्याइने अनुदान नै बजेटमा छुटायो। आफूहरुले पाइरहेको अनुदान काटियो रे भन्ने सुनेपछि पटकपटक मन्त्रालय धाइरहेका कृषकहरु, कृषि मन्त्रालयसँगै रहेका अन्य ४ वटा मन्त्रालय पनि पूरै दिन अवरोध गर्दै कृषि मन्त्रीको राजीनामा माग गर्दै असारको टन्टलापुर घाममा पानि पिउँदै धर्ना बसे, नारा लगाए, उनीहरुको घाँटी बस्यो तर मन्त्रालय कानमा आवाज पुगेन ।

असार २४ गते ५ वटा मन्त्रालयको काम नै अवरुद्ध हुने गरी घाममा तातिएका कृषक माघको चिसो पसेपछि फेरि सडकमा उत्रिएका छन्‌। यसबीच पटकपटक सरकार गुहारे पनि माग सम्बोधन नभएपछि माघ १६ गते वागमती प्रदेशभरका कृषकले धर्ना दिँदै पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयमा तालाबन्दी गरे । उनीहरुको निर्देशकसँग बाझबाझसमेत भयो। दूध उत्पादनका आधारमा दिइने अनुदान (लिटर अनुदान) मा बागमती प्रदेश सरकारले यस वर्ष कटौती गर्ने उद्देश्यले कम रकम विनियोजन गरेको र विनियोजित ‘रकम पनि कुनै दुग्ध उत्पादक सहकारी संस्थाले प्राप्त गर्न नसक्ने गरी सूचना प्रकाशित भएको भन्दै वागमती प्रदेशभित्रका सबै दुग्ध सहकारी संघको उपस्थितिमा धर्ना भएको थियो ।

मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड अध्यक्ष हरिप्रसाद कँडेलले वागमती प्रदेशभित्रका सबै दुग्ध सहकारी संघको उपस्थितिमा विरोध तथा धर्ना कार्यक्रम आयोजन गरिएको बताए । कँडेलको अध्यक्षातामा विभिन्न जिल्लाका दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष, दुग्ध उत्पादक सहकारी संघका पदाधिकारीले धर्ना दिए । दुग्ध उत्पादक किसानले अनुदान पाउनसक्ने वातावरण नभएका कारण दबाब दिन वागमती प्रदेशका सबै जिल्लाका दुग्ध सहकारी संघको आयोजनामा विरोध गरिएको दुग्ध सहकारी संघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले बताए ।

कृषकले धर्ना कार्यक्रमसहित निर्देशनालयको मुलढोकामा तालाबन्दी गरेका थिए । तालाबन्दीपछि वागमती प्रदेशका कृषि सचिवसँग छलफलका लागि हेटौंडा-१, चौकिटोलस्थित प्रदेश कृषि मन्त्रालय पुगेका सहकारीका विभिन्न पदाधिकारी मन्त्रालयका सचिव राजेन्द्र कोइराला र निर्देशनालय निर्देशक डा. गौरीमान श्रेष्ठ तथा संघका प्रतिनिधिबीच सहमति भयो । पत्रमा हस्ताक्षर भएपछि निर्देशनालयको ताला खोलिएको छ।

उत्पादनमा आधारित प्रतिलिटर अनुदानका लागि २०८० पुस १९ गते प्रकाशित स्‌चना बदर गर्ने, उक्त शीर्षकमा थप बजेट व्यवस्था गरी माघ २३ गतेसम्म अर्को स्‌चना प्रकाशन गर्ने र माघ २३ गतेसम्मका लागि निर्देशनालयमा लगाइएको ताला हाललाई खुला गर्ने सहमति भएको जनाइएको छ। प्रदेश सरकारले गत वर्ष ३० करोड बजेट विनियोजन गरी किसानलाई प्रतिलिटर ३ रुपियाँ ५६ पैसा बितरण गरेकोमा यस बर्ष घटाएर ५ करोडमात्र छुट्याएको थियो । धर्ना तथा तालाबन्दी कार्यक्रममा उपस्थित किसानले दूधको भुक्तानी समयमै नपाएको भन्दै भुक्तानी नियमित हुने वातावरण बनाइदिन समेत माग गरेका थिए ।

कार्यक्रममा केन्द्रीय दुग्ध सहकारी संघ बरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटा, उपाध्यक्ष भागीरथ तिमल्सिना, सञ्चालक सदस्य विदुर हुमागाईं, चितवन जिल्ला दुग्ध सहकारी संघ अध्यक्ष किशोर बगाले, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ अध्यक्ष कँडेल, निवर्तमान अध्यक्ष बासुदेव अधिकारीलगायतको कार्यक्रममा सहभागिता रहेको थियो।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img