देशकोशी प्रदेशबाबुको हत्या आरोपमा छोरा पक्राउ

बाबुको हत्या आरोपमा छोरा पक्राउ

सुनसरी: आफ्नै बाबुको हत्या गरेको आरोपमा सुनसरी प्रहरीले छोरालाई पक्राउ गरेको छ । ७० वर्षीय चिकचिलिया रिसिदेवको हत्या आरोपमा उनका छोरा चिबु रिसिदेवलाई प्रहरीले पक्राउ गरेको हो ।

कुटपिट गरी हत्या गरेको अभियोगमा इनरुवा नगरपालिका–८ गणेशपुर रिसिदेव टोल बस्ने २१ वर्षीय चिबुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो। घरायसी लेनदेनको विषयलाई लिएर चिबुले माघ ११ गते दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका चिकचिलियाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको थियो।

त्यसपछि अनुसन्धानमा खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले उनका छोरा चिबुलाई पक्राउ गरेको हो। पक्राउ परेका चिबुमाथि कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img