देशकोशी प्रदेशबीपी प्रतिष्ठानका उपकुलपति कार्कीलाई मोसो दल्‍ने तीन जना पक्राउ

बीपी प्रतिष्ठानका उपकुलपति कार्कीलाई मोसो दल्‍ने तीन जना पक्राउ

सुनसरी: बिपी प्रतिष्ठानका कामु उपकुलपति प्राडा प्रह्लाद कार्कीलाई कालो मोसो दलेको आरोपमा प्रहरीले तिन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नवीन राज भण्डारीका अनुसार ‘मंगलबार दिउँसो कामु उपकुलपति कार्कीलाई कार्यालय परिसरमा कालो मोसो दल्ने प्रयास गर्ने ३ जनालाई पक्राउ गरिएको छ । ’पक्राउ पर्नेहरूमा मोहन वैद्य किरण नेतृत्वको भातृ संगठन निकट भीम बहादुर सार्की, शेर बहादुर कटुवाल, खेम थापा रहेका छन् ।

क्रान्तिकारी युवा संगठनका अध्यक्ष हरिस भट्टले फेसबुक स्ट्याटसमा ‘प्रतिष्ठानको समस्या समाधान गर्न चासो नदिएको, कर्मचारीहरूको बढुवा रोकेको, औषधि, मेशिन खरिद लगायतका खरिद प्रक्रियामा करोडौँ अनियमितता गरेको, निर्दोष कर्मचारीलाई षड्यन्त्र पूर्वक झुटा मुद्दा लगाएकाले कालो मोसो दलेको’ लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img