Sunday, April 20, 2025
खेल समाचारभोजपुर नगरस्तरीय रनिङ शिल्डको उपाधी बिद्योदय माध्यामिक बिद्यालयलाई
spot_img

भोजपुर नगरस्तरीय रनिङ शिल्डको उपाधी बिद्योदय माध्यामिक बिद्यालयलाई

भोजपुर: भोजपुर नगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जिल्लामा रहेको बिद्योदय माध्यामिक बिद्यालयले जितेको छ । भोजपुर नगरपालिका वडा नम्वर ७ मा रहेको रंगशालामा माघ १२ गतेबाट सुरु भएको प्रतियोगिताका बिभिन्न खेलहरुबाट उत्कृष्ठ पदक सहित बिद्योदय प्रथम बन्न सफल भएको हो ।

खेलकुद प्रतियोगितामा विभिन्न विधामा सहभागी भई १४ स्वर्ण, ८ रजत र २ कास्य पदक सहित कुल २४ पदकका साथ बिद्योदयले पहिलो स्थान पाएको छ । नगरपालिका भित्रका आठ वटा माध्यामिक बिद्यालयहरुको सहभागितामा आयोजित पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भोजपुर नगरपालिका ४ मा रहेको सिद्धेश्वर माध्यामिक बिद्यालय दोश्रो र वडा नम्वर १२ मा रहेको यशोधरा माध्यामिक बिद्यालयले तेश्रो स्थान हासिल गरेको प्रतियोगिताका संयोजक शिवनाथ ठाकुरले जानकारी दिनुभयो ।

बिजेता बिद्यालयहरुलाई भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आले लगायतले शिल्ड, मेडल तथा प्रमाण पत्र बितरण गर्नुभएको थियोे । विद्यालयलाई प्रथम स्थानमा उभ्याउन सफल भएकोमा सम्पूर्ण सहभागी खेलाडी भाइबहिनीहरूलाई उज्वल भविष्यको कामनाका साथ हार्दिक बधाई ज्ञापन गरेको हो ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img