Thursday, July 17, 2025
समाज१ सय ५४ सवारी साधन लिलामी निकाल्दै मकवानपुर प्रहरी, ऐन नहुँदा प्रहरीलाई...

१ सय ५४ सवारी साधन लिलामी निकाल्दै मकवानपुर प्रहरी, ऐन नहुँदा प्रहरीलाई नै समस्या

spot_img

मकवानपुर- चेकजाँचका क्रममा बरामद गरेर वर्षौँदेखि प्रहरी कार्यालयमा थन्काइएका सवारी साधनलाई मकवानपुर प्रहरीले लिलामी गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय सहित विभिन्न प्रहरीका युनिटहरूमा थन्काइएका १ सय ५४ थान सवारी साधनलाई मकवानपुर प्रहरीले लिलामी गर्ने भएको हो ।

जिल्ला प्रहरी तथा मातहतका प्रहरी इकाईहरूमा रहेका विभिन्न समयमा विविध कारणले नियन्त्रणमा लिइएका उक्त सवारी साधनहरूको लिलामी प्रक्रियाको लागि १५ दिन भित्र सवारी हक दाबी गर्ने सूचना निकालेको छ । स्वामित्व नखुलेका तथा कागजपत्र नभेटिएका पुराना सवारी साधनहरूको लिलामी प्रक्रिया अगाडी बढाइने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्ष लक्ष्मी भण्डारीले जानकारी दिए  ।

- Advertisement -

प्रहरीले सरकारी सम्पत्ति तथा जिन्सी मालसामान लिलाम बिक्री सम्बन्धी कार्यविधि २०७९ को परिच्छेद ३ को दफा २० बमोजिम लिलाम बिक्री प्रक्रिया थालेको भण्डारीले बताए  । माघ २६ गतेदेखि लागू हुने गरी १५ दिने लिलाम बिक्रीको सार्वजनिक सूचना प्रकाशित गरिएको मकवानपुर प्रहरीले जनाएको छ । मकवानपुर प्रहरीका विभिन्न इकाईहरूमा समय समयमा बरामद गरिएका सयौँ मोटरसाइकलहरू कवार्ड बन्ने अवस्थामा पुगेका छन् ।

ट्राफिक प्रहरी कार्यालयमा होल्ड हुनुका विभिन्न कारणहरू मध्ये ट्राफिक कारबाही, चोरीका सवारी साधन, दुर्घटना लगायतका कारण रहेका छन्। दुर्घटना भएपछि बिमामार्फतको रकम पाएपछि सवारी लिन नआउने पनि एउटा कारण रहेको छ। त्यसै गरी सवारी धनी विदेशमा बस्ने र अरूले सवारी चलाएर कारबाहीमा परेपछि आवश्यक कागजपत्रको अभावमा पनि सवारी धनी नआउने गरेको पाइएको छ।

त्यस्तै, अर्को मुख्य कारण भने सवारी नवीकरण र कर नै भएको देखिएको छ। सवारी तथा यातायात व्यवस्था ऐनको दफा ३१ को उपदफा १ मा सवारी नवीकरण गर्नुपर्ने उल्लेख गरिएको छ। नवीकरणको मिति नाघेको तीन महिनासम्म कुनै पनि दस्तुर लाग्दैन। तर, त्यसपछि भने नवीकरण गर्दा अतिरिक्त दस्तुर लाग्दै जान्छ। ऐनको दफा ३१ को उपदफा ४ मा जरिवाना परिभाषित गरेको छ।

यसरी ऐनमा भए अनुसार लामो समयसम्म नवीकरण नगर्दा सवारी धनीलाई धेरै व्ययभार पर्न जान्छ। जसले पुरानो भएका सवारीसाधन नवीकरण गरेर ट्राफिकबाट लग्नुभन्दा त्यही छोड्दा उपयुक्त देखिएकाले पनि सवारी धनी लिन नभएको देखिएको छ।

ऐन नहुँदा प्रहरीलाई नै समस्या

प्रहरी कार्यालय मकवानपुर र मातहतका कार्यालयमा अझै पनि ४/५ सय सवारी साधन होल्ड अवस्थामा छन् । यसरी होल्ड भएका सवारी साधन के गर्ने ? कुन समयपछि लिलामी वा बिक्री गर्ने? यसको अधिकार कसलाई हुने भन्ने ऐनमा स्पष्ट व्यवस्था गरिएको छैन। जसले गर्दा पछिल्लो समय यस्ता सवारीसाधन ट्राफिक प्रहरीको लागि टाउको दुखाइको विषय बनेको छ। स्वामित्व नखुलेका तथा कागजपत्र नभेटिएका लागि पहिलो प्रयास भए पनि अन्य सवारी साधनको हकमा ऐन नै छैन । कतिपय स्वामित्व रहेका तर व्यक्ति लिन नाउने सवारी साधनको हकमा पनि राज्यले नीति गराउनु आवश्यक रहेको जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमुख बसन्त आचार्यले बताए ।

टिप्स: अरूलाई सवारी चलाउन दिँदा के हुन्छ ? 
सवारी धनीले कुनै पनि बहानामा आफ्नो नामको सवारी अन्य व्यक्तिलाई चलाउन दिन्छ भने त्यो निकै ठुलो गल्ती हो। यसैले उ नै बढी जिम्मेवार हुने गर्छ। चलाउनेभन्दा दिने व्यक्ति सजायको भागिदार हुनुपर्छ। चाहे नामसारी नगरी बेचेको होस या साथी वा आफन्तलाई चलाउन दिएको किन नहोस् कुनै पनि बहानामा आफ्नो सवारी साधन अरूलाई चलाउन दिन हुन्न। मकवानपुर जिल्ला ट्राफिक प्रमुख बसन्त आचार्यका अनुसार आफ्नो नामको सवारीले कुनै दुर्घटना भयो भने जिम्मेवार सवार धनी हुने गर्छ। कानुनअनुसार लाइसेन्स नभएको व्यक्तिले सवारी चलायो भने सवारी धनीलाई पनि जरिवाना हुन्छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img