हेटौँडा- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ स्थित कटुन्जेमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल सडकबाट २ सय मिटर तल खस्दा चालकको घटना स्थालामै मृत्यु भएको उद्धारमा खटिएको सशस्त्र प्रहरीले बल मकवानपुरले जनाएको छ ।
चालक हेटौँडा निवासी राजेन्द्र पिठाकोटे रहेको जनाईएको छ । सडकबाट सय मिटर तल पिठाकोटे मृत अवस्थामा फेला परेका छन् भने मोटरसाइकल अनुमानित २ सय मिटर तल झरेको जनाइएको छ ।
उक्त स्थानमा स्थापना प्रक्रियामै रहेको सशस्त्र प्रहरी बल मकवानपुरको बिपत उद्धार बेस हेभी टिम लगाएत नेपाल प्रहरी, नेपाली सेना घटनास्थलमा खटिरहेका छन् ।