देशसाढे ३ महिनापछि प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेता एकैठाउँमा

साढे ३ महिनापछि प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेता एकैठाउँमा

काठमाडौँ । जेनजी आन्दोलनपछि सरकार र प्रमुख दलका शीर्ष नेताबीच देखिएको संवादहीनता साढे तीन महिनापछि तोडिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्कीसहित प्रमुख दलका शीर्ष नेताहरू एकैठाउँमा भेटवार्ता गरेका हुन्।

भेटमा प्रधानमन्त्री कार्कीसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए। भेटवार्तामा निर्वाचनको तयारी, समसामयिक राजनीतिक अवस्था र जेनजी आन्दोलनपछिका विषयमा छलफल भएको छ।

जेनजी सरकार गठन भएको करिब तीन महिनापछि भएको यो भेटलाई राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ। यसअघि प्रधानमन्त्री कार्कीले प्रमुख दलका नेताहरूसँग एक्लाएक्लै भेट नगर्ने अडान लिँदै आएकी थिइन् भने प्रमुख दलका नेताहरूले फागुन २१ मा तय भएको निर्वाचनलगायत विषयमा परामर्श नगरेको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए।

यहीबीच, निर्वाचनको तयारी अघि बढिरहेका बेला नेकपा एमाले र कांग्रेसले संसद पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। एमाले अध्यक्ष ओलीले संसद पुनर्स्थापना गरी सर्वदलीय सरकार गठन गरेर संसदमार्फत जेनजीका माग सम्बोधन गर्न सकिने प्रस्ताव अघि सारेका छन्।

शीतल निवासमा सम्पन्न यस त्रिपक्षीय भेटसँगै प्रधानमन्त्री र प्रमुख दलका नेताबीच लामो समयदेखि देखिएको संवादहीनता अन्ततः तोडिएको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img