फिचरगगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ। शुक्रबार बसेको आयोगको बैठकले थापालाई पार्टी सभापतिको मान्यता दिने निर्णय गरेको हो।

नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि सहभागी विशेष महाधिवेशनबाट थापा सभापतिमा चयन भएका थिए। सभापति चयन भएपछि बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णयसहित थापा पक्षले आयोगमा आधिकारिकता दाबी गर्दै आवश्यक कागजात पेश गरेको थियो। आयोगले ती कागजातको अध्ययनपछि थापा नेतृत्वको केन्द्रीय समितिलाई आधिकारिक ठहर गरेको जनाएको छ।

विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म सम्पन्न भएको थियो। आयोगको निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख’ र चारतारे झण्डा शेरबहादुर देउवा पक्षबाट गुमेको छ।

यता, आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै देउवा पक्षका नेता पूर्णबहादुर खड्का आयोग परिसर पुगेका थिए। उनले आयोगको निर्णयविरुद्ध कानुनी तथा राजनीतिक सबै संघर्ष लड्ने चेतावनी दिएका छन्। देउवा पक्षले आफूहरू नै आधिकारिक भएको दाबी गर्दै आयोगमा अलग्गै कागजात बुझाएको थियो।

निर्णय प्रक्रियाका क्रममा आयोगका पदाधिकारीबीच मत विभाजन भएको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img