हेटौँडा । हेटौँडा–ललितपुर जोड्ने कान्ति लोकपथअन्तर्गत मकवानपुरको बकैया–११ घट्टेपाखामा बुधबार राति करिब ३ बजे मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८७६० नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको मकवानपुर प्रहरीले जनाएको छ।
दुर्घटनामा पर्साको बीरगंज महानगरपालिका–३२ निवासी २० वर्षीय सन्तोष यादवको घटनास्थलमै मृत्यु भएको छ। गम्भीर घाइते चालक कृष्ण यादवलाई चितवन रेफर गरिएको छ। लगातार हुने दुर्घटनाले कान्ति लोकपथको सुरक्षा व्यवस्थामाथि पुनः प्रश्न उठाएको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।



