राजनीतिगगनजीमा देशको नेतृत्व गर्ने अवस्था आउन सक्छ भनेको थिएँ, आज त्यही देखिरहेको...

गगनजीमा देशको नेतृत्व गर्ने अवस्था आउन सक्छ भनेको थिएँ, आज त्यही देखिरहेको छु : प्रचण्ड

काठमाडैँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका नयाँ सभापति गगन थापालाई देशको नेतृत्व लिन आग्रह गरेका छन्। कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै संयोजक दाहालले थापाले पार्टीमा निरन्तरताको क्रमभङ्ग गर्दै नयाँ इतिहास रचेको र अब देशकै नेतृत्व गर्ने बाटोमा अघि बढ्नुपर्ने बताए।

​थापालाई बधाई दिँदै दाहालले आफू प्रधानमन्त्री हुँदा थापा स्वास्थ्यमन्त्री रहेको स्मरण गरे। थापामा नेतृत्व क्षमता रहेको उल्लेख गर्दै उनले गगन थापा देशको नेतृत्व सम्हाल्ने ठाउँमा पुग्ने आफूले पहिले नै देखेको र आज त्यो साकार भएको दाबी गरे। थापाको आगामी राजनीतिक यात्रामा आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता पनि उनले जनाए।

​दाहालले कांग्रेसभित्र असन्तुष्ट वा छुटेका नेता तथा समूहहरूलाई समेटेर पार्टीलाई थप एकताबद्ध बनाउन थापालाई सुझाव दिएका छन्।

​सम्बोधनका क्रममा दाहालले देशमा लोकतन्त्र र गणतन्त्र अझै जोखिममा पर्न सक्ने चेतावनी दिँदै राजनीतिक दलहरू सजग हुनुपर्नेमा जोड दिए। लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न प्रमुख दलहरूबीच सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।

​यसैगरी, तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग भएको विस्तृत शान्ति सम्झौताका कतिपय बाँकी काम टुङ्ग्याउने जिम्मेवारी पनि नयाँ नेतृत्वको काँधमा आएको दाहालले बताए। शान्ति प्रक्रियाका बाँकी काम समयमै पूरा नभए देश पुनः द्वन्द्वमा फस्न सक्ने खतरा औंल्याउँदै उनले यसलाई निष्कर्षमा पुर्‍याउन सभापति थापालाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img