राजनीतिनेपाली कांग्रेसको १५औँ महाधिवेशन: आज बन्दसत्र र मतदाता नामावली प्रकाशन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन: आज बन्दसत्र र मतदाता नामावली प्रकाशन

२२ गते मतदान

काठमाडाैँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र र नयाँ केन्द्रीय कार्यसमिति चयनको चुनावी प्रक्रिया सुरु हुँदैछ। हिजो काठमाडौँको खुलामञ्चमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र आज बिहान ९ बजेदेखि खुलामञ्चमै सुरु हुने कार्यतालिका छ।

​बन्दसत्रमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।

​बन्दसत्रसँगै कांग्रेस निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि चुनावी कार्यतालिका पनि अघि बढाएको छ। समितिका अनुसार आज बेलुकी ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। नामावलीउपर बेलुकी ५ देखि ६:३० बजेसम्म दाबीविरोधको समय तोकिएको छ भने बेलुकी ८:३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ।

​उम्मेदवारी मनोनयनको कार्यक्रम भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तय गरिएको छ। भोलि नै दाबीविरोध र छानबिनपछि बेलुकी ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ।

​निर्वाचन तालिकाअनुसार पर्सी २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइनेछ भने बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिनभर प्रचारप्रसारका लागि समय छुट्याइएको छ। नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि २२ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img