देशबागमती प्रदेशबूढीगण्डकीमा बाढी: गोरखा र धादिङ जोड्ने आरूघाटको पुल बग्यो,३५ घर बगायो

बूढीगण्डकीमा बाढी: गोरखा र धादिङ जोड्ने आरूघाटको पुल बग्यो,३५ घर बगायो

काठमाडाैँ । गोरखाको चुमनुब्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङको बीचमा गएको पहिरोले बूढीगण्डकी नदी थुनिएपछि आएको आकस्मिक बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको छ। लेदो र गेग्रानसहित आएको भीषण बाढीले गोरखा र धादिङ जोड्ने आरूघाटको पुल बगाएको छ भने चुमनुब्रीका पैयू र बगर गाउँका ३५ घर नष्ट भएका छन्।

​बाढीको जोखिम बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउँदै आरूघाट बजार क्षेत्रका बस्ती खाली गराएर बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ। आरूघाटका केही घरहरूमा समेत बाढी पसेको छ।

​बाढीका कारण चुमनुब्री गाउँपालिकाका दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति पुगेको छ। माथिल्लो तटीय क्षेत्रमा पहिरोले नदी थुनिएपछि एक्कासि लेदो र गेग्रानसहितको ठूलो बाढी बहाव क्षेत्रमा आएको हो।

​अहिले तटीय क्षेत्रमा बाढीको जोखिम कायमै रहेकाले स्थानीय प्रशासन र प्रहरीले नागरिकहरूलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार