खेल समाचारएनपीएल: चितवनले दियाे विराटनगरलाई १५८ रनकाे लक्ष्य

एनपीएल: चितवनले दियाे विराटनगरलाई १५८ रनकाे लक्ष्य

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज भइरहेको खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ।

​कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको हो। चितवनका लागि डेभिड मलानले सर्वाधिक ७० रनको योगदान दिए। बलिङतर्फ विराटनगरका एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलङ्काले १/१ विकेट लिए।

​यसैगरी, एनपीएलअन्तर्गत आजै हुने दोस्रो खेलमा पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ। यो खेल बेलुका ५ बजे सुरु हुनेछ।

​यसअघि हिजोदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै सुखद सुरुआत गरिसकेको छ।

​यसपटकको एनपीएलमा पहिलो पटक डीआरएस (DRS) प्रविधिको प्रयोग, आईसीसीको मान्यता, अन्तर्राष्ट्रिय स्टार खेलाडीहरूको सहभागिता र उच्च व्यावसायिक गतिविधिले प्रतियोगितालाई थप आकर्षित बनाएको छ। प्रतियोगितामा आठ टोली सहभागी छन् भने खेलहरू आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार