अन्तर्राष्ट्रियगाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा

गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा

इजरायली सेनाको नियन्त्रण र प्रतिबन्धका कारण गाजाको ७० प्रतिशतभन्दा धेरै भूभागमा प्यालेस्टिनीहरूको पहुँच सीमित भएको छ। मानव अधिकारका लागि गाजा केन्द्रले हालै सार्वजनिक गरेको विवरण अनुसार, आवास र आश्रयका लागि प्रयोग गर्न सकिने सुरक्षित क्षेत्र गाजाको कुल भूभागको झन्डै १५ प्रतिशतमा मात्र खुम्चिन पुगेको छ।

​इजरायली सेनाले आफ्नो नियन्त्रण क्षेत्रको सीमा पश्चिमतर्फ बढाउँदै लगेको छ। निरन्तरको गोलाबारी, गोली प्रहार र संरचना भत्काउने कारबाहीले नागरिकहरूलाई बाक्लो बस्ती भएको क्षेत्रबाट समेत विस्थापित हुन बाध्य बनाएको छ। कुल ३६५ वर्ग किलोमिटर क्षेत्रफल रहेको गाजामा बारम्बारको विस्थापन, आश्रयको अभाव र पुनर्निर्माणमा लगाइएको प्रतिबन्धले मानवीय संकट गहिरिँदै गएको केन्द्रले जनाएको छ।

​मानव अधिकार केन्द्रका अनुसार यी गतिविधिले चौथो जेनेभा महासन्धिको धारा ४९ को उल्लङ्घन भएको छ। उक्त धाराले कब्जा गरिएको क्षेत्रका संरक्षित व्यक्तिहरूलाई विशेष परिस्थितिबाहेक जबरजस्ती अन्यत्र स्थानान्तरण गर्न निषेध गरेको छ।

​यसैबीच, केन्द्रले युद्धविरामका लागि मध्यस्थता गरिरहेका अमेरिका, इजिप्ट, कतार र टर्किएलाई इजरायली सेनाको क्षेत्र विस्तार रोक्न, नागरिकको सुरक्षा सुनिश्चित गर्न र विस्थापित प्यालेस्टिनीहरूलाई आफ्नै घर फर्कने वातावरण बनाउन अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार