बागमती प्रदेशमकवानपुरचपुरबाट काठमाडौँ जाँदै गरेको सुमो भैँसेमा दुर्घटना, तीन जनाको मृत्यु

चपुरबाट काठमाडौँ जाँदै गरेको सुमो भैँसेमा दुर्घटना, तीन जनाको मृत्यु

हेटौँडा । रौतहटको चपुरबाट काठमाडौँ जाँदै गरेको सुमो मकवानपुरको भैँसे नजिकै दुर्घटना हुँदा दुई महिला र एक पुरुष गरी तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य सात जना घाइते भएका छन्।

बिहीबार बिहान ना १ ज २१४३ नम्बरको सुमो भैँसे नजिकै सुन्दरीमाई मोडबाट करिब सात मिटर तल खोलामा खसेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार दुर्घटनाग्रस्त सुमोमा चालकसहित १० जना सवार थिए। तीमध्ये तीन जनाको मृत्यु भएको र अन्य सात जना घाइते भएको उनले जानकारी दिए।

घाइते सबैलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइएको छ। अस्पतालमा उपचाररत सात जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

दुर्घटनामा ज्यान गुमाउनेहरूको पहिचान खुल्न बाँकी छ। दुर्घटना के कारणले भएको हो भन्ने विषयमा पनि विस्तृत विवरण प्राप्त भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार