Sunday, April 27, 2025
हेडलाईनओमिक्रोनको जोखिमबारे स्वास्थ्य मन्त्रालयले जारी गर्‍यो यस्तो सुचना
spot_img

ओमिक्रोनको जोखिमबारे स्वास्थ्य मन्त्रालयले जारी गर्‍यो यस्तो सुचना

काठमाडौँ — ओमिक्रोनको जोखिम देखिएको भन्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ ।

मन्त्रालयले बुधबार सूचना जारी गर्दै कोभिड १९ को ओमिक्रोन भेरियन्टको संक्रमणलाई ध्यानमा राख्दै सावधानी अपानाउन आग्रह गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले हालसम्म उक्त भेरियन्ट नेपालमा फेला परिनसकेको र आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो बनाइएको जानकारी दिए । उनले यो भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुमा असर देखिएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेका छन् साथै पायक पर्ने ठाउँमा खोप लगाउन पनि अनुरोध गरेका छन् ।

मन्त्रालयले नयाँ भेरियन्टलाई समयमै सावधानी अपनाइ नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्ने काम भइरहेको जनाएको छ ।

केही दिन अघि मात्र अफ्रिकी मुलुकमा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट दक्षिण अफ्रिका तथा एसियाका केही मुलुकहरुमा संक्रमण फैलिरहेको छ । विश्व स्वास्थ्य संगठनले यसलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न पनि घोषणा गरिसकेको छ ।

omrivriant 01122021114151 1000x0 1

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img