Friday, May 16, 2025
समाज९२ प्रतिशत अङ्क ल्याएर हेटौंडा अस्पताल प्रदेशकै पाँचौं स्थानमा
spot_img

९२ प्रतिशत अङ्क ल्याएर हेटौंडा अस्पताल प्रदेशकै पाँचौं स्थानमा

spot_img

हेटौँडा- मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौँडा अस्पतालले सेवा प्रवाहमा सुधार गर्दै ९२ प्रतिशत अङ्क ल्याएर बागमती प्रदेशकै पाँचौँ स्थानमा रहेको छ । बागमती प्रदेश स्वास्थ्य निर्देशनालय हेटौँडाले गरेको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा अस्पतालले ९२ प्रतिशत अङ्क प्राप्त गरेको हो ।

अस्पतालले प्रशासन र व्यवस्थापकीय तर्फ ८८ प्रतिशत, क्लिनिकल व्यवस्थापनमा ९५ प्रतिशत र अस्पताल सहयोग सेवातर्फ ८४ प्रतिशत अङ्क ल्याएको छ । विगतका वर्षहरूदेखि नै हेटौँडा अस्पतालले आफ्नो सेवा प्रवाहमा क्रमशः सुधार गर्दै ल्याएको छ ।

आफ्नै सुविधा सम्पन्न भवनबाट अस्पतालले एमआरआई, सिटिस्क्यान, २४ शैयाको इर्मेजन्सी सेवा लगायतका सेवा प्रवाह गरिरहेको बताउँदै थप दुई सय शैयाका लागि अस्पताल भवन निर्माणाधीन अवस्थामा रहेको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले बताए । छिट्टै २ वटा मोडुलर ओटी सहित मृगौला प्रत्यारोपण सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।

हाल हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी गरी ३ सय ७१ कार्यरत छन् । न्यूनतम सेवा मापदण्ड फलो–अप मापन समितिले लासघरको उचित व्यवस्थापन गर्नु पर्ने, फिजियोथेरापीमा आवश्यक सामान तथा जनशक्तिको व्यवस्थापन हुनु पर्ने, बिपत व्यबस्थापनको लागि भण्डारणको उचित व्यवस्थापन गर्नुपर्ने लगायतका सुझाव दिएको छ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले स्थानीय तह जनतासँग घुलमिल रहेने हुँदा समेटेर अगि बढ्नु पर्ने बताए । अस्पतालमा औषधि नभएको भन्दै गुनासो आइरहेको बताउँदै व्यवस्थापन पाटोमा ध्यान दिन जरुरी रहेको उनले बताए । दुःखी, गरिब, असक्तलाई निःशुल्क उपचारको लागि बजेट नै छुट्याएको बताउँदै नागरिक सेवाबाट वञ्चित भएर गेट बाट फर्कने अवस्था सिर्जना हुन् नदिन आग्रह गरे ।

असहाय विपन्नलाई सहयोग गर्न कोर्स स्थापना गरिएको बताउँदै अस्पतालमा ६५ वर्षा माथिका वृद्ध-ब्रिद्दालाई निःशुल्क दन्त सेवा समेत प्रदान गरिएको उनले जानकारी दिए ।

त्यस्तै, कार्यक्रममा बागमती प्रदेशका संसद् एकलाल श्रेष्ठले हेटौँडा अस्पताल रिफर अस्पतालको उपनाम देखी यो अवस्थामा आइपुग्नु ठुलै उपलब्धि रहेको बताए । “फार्मेसी र टिकट काउन्टर एकै ठाउँमा हुँदा भारतको रेलको टिकट काउन्टरको जस्तै देखिन्छ, त्यसलाई व्यवस्थापन गर्नु पर्छ” उनले भने । उनले अस्पतालमा भएका सबै एक़ुइप्मेन्तलाई प्रभावकारी तरिकाले अगि बढाउनु पर्नेमा जोड दिए ।

त्यस्तै, स्वास्थ्य निर्देशनालयका निर्देशक दिपक तिवारीले सुरु देखी नै हेटौँडा अस्पतालले निरन्तर रूपमा प्रगति गरिरहेको बताउँदै गुणस्तरीय सेवा प्रवाह गर्नमा न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनले राम्रो भूमिका खेल्ने उनले बताए ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीको प्रमुख आतिथ्यता तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँको सभाध्यक्षतामा कार्याक्रम भएको थियो ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img