Sunday, July 20, 2025
समाजगाउँपालिकाले गर्‍यो विपन्न तथा एकल महिलाको निशुल्का स्वास्थ्य बिमा

गाउँपालिकाले गर्‍यो विपन्न तथा एकल महिलाको निशुल्का स्वास्थ्य बिमा

spot_img

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले दलित विपन्न तथा एकल महिलाको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमको शुरुवात गरेको छ। गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटमार्फत पहिलो चरणमा ५९ जना दलित विपन्न महिला तथा एकल महिलाको निःशुल्क स्वास्थ्य बीमा गरेको हो।

सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक नरबहादुर भण्डारीका अनुसार वडा नम्बर १ मा दलित समुदायको बसोबास नभएकाले वडा नम्बर २ देखि ८ सम्मका विपन्न तथा एकल महिलाको स्वास्थ्य बीमा गरिएको छ। वडा नम्बर २ मा रहेका १४ जना, वडा ३ का १०, वडा ४ मा १, वडा ५ मा ८, वडा ६ मा ७, वडा ७ मा ८ जना र वडा नम्बर ८ मा रहेका ११ जना एकल दलित महिलाको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ।

- Advertisement -

गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)का अनुसार प्रति व्यक्ति लाग्ने बीमा शुल्क रु ३५०० गाउँपालिकाले तिरिदिएको छ। यो स्वास्थ्य बीमा कार्यक्रमले लक्षित परिवारलाई सहज स्वास्थ्य सेवाको पहुँच पुग्ने छ। आगामी आर्थिक वर्षबाट दिर्घरोगी विरामीको पनि निःशुल्क स्वास्थ्य बीमा गरिने उनले बताए।

अध्यक्ष भण्डारीका अनुसार कार्यक्रममा छुटेकालाई पनि चाँडै समेटिने छ। आगामी आर्थिक वर्षबाट सूचीकृत भएका दीर्घरोगी पुरुष र महिलालाई पनि निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराउने गाउँपालिकाको योजना छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img