राशिफलमाघ १६ गते देखी माघ २२ सम्म निकै राम्रो छ यी राशिको...

माघ १६ गते देखी माघ २२ सम्म निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल

ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको यो साता कस्तो रहनेछ ?माघ १६ गते देखी माघ २२ सम्म निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रारम्भमा स्वास्थ्य कमजोर रहनेछ र काममा पनि बाधा हुन सक्छ। सोमवारदेखि स्थिति अनुकूल हुनाले विभिन्न अवसर पाइनेछ। मिहिनेतले प्रतिष्ठित काम गर्ने अवसर दिलाउन सक्छ। राजनीति तथा नोकरीमा विशेष जिम्मेवारी प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नाम, दाम र इनाम हातलागी हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। बुधवारदेखि आयस्रोत सबल बन्नुका साथै प्रशस्त आम्दानी हुनेछ। उठ्नुपर्ने रकम पनि लाभांशसहित हातलागी हुनेछ। सप्ताहान्तमा भने फजुल खर्च बढ्न सक्छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रारम्भमा केही चुनौतीसँग लड्नुपर्ला। अस्वस्थताबीच कामको बोझ थपिन सक्छ। नियमित काममा बाधा पुग्नेछ। ईर्ष्या गर्नेहरू बढ्नेछन् भने काम गरेर पनि जस नपाइने समय छ। अरूका लागि समय खर्चनुपर्ला। बुधवारदेखि स्थितिमा सुधार आउनाले धेरै समस्या समाधान हुनेछन्। नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने मिहिनेतले नाम, दाम र इनाम हातपार्न सकिनेछ। मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। सप्ताहान्तमा मनग्य आम्दानी हुनेछ तर लगानीमा खर्चनुपर्ने देखिन्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रियजनसँगको भेटघाटले सुरुआत रमाइलो रहे पनि यो साता केही उतारचढावमय रहने देखिन्छ। खर्चिलो यात्रा हुनेछ। अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्ला। श्रमपूर्वक काम गर्दा समेत जस नपाइनाले मन खिन्न रहनेछ। बिहीवारपछि समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन्। लगनशीलताले अवसर पनि दिलाउनेछ। स्वास्थ्य कमजोर रहे पनि मिहिनेतले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। परिबन्धले केही झमेला निम्त्याए पनि सप्ताहान्तमा स्थितिमा सुधार आउन सक्छ। तारिफयोग्य काम थालनी गर्न सकिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आँटले काम बन्नेछन् भने मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि हिम्मतले काम लिँदा लाभ मिल्नेछ। पुरुषार्थी काम बन्नाले जोश–जाँगर पनि बढ्नेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। बुधवारपछि काम, दाम र स्वास्थ्यमा बाधा हुने देखिन्छ। दाम्पत्यमा पनि असमझदारी बढ्न सक्छ। भैपरी आउने समस्याले सताउनेछ भने परिबन्धले पनि झमेला निम्त्याउन सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सुरुमा पेटको मौसमी गडबडीले सताउन सक्छ, खानपानमा सजग रहनुहोला। व्यावहारिक चुनौती देखिए पनि अनुभवले ज्ञान बढ्नेछ। सोमवारपछि स्थितिमा सुधार आउनेछ भने आँटले काम लिन सकिनेछ। मेहनतले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। प्रतिभाद्वारा धेरैलाई उछिन्न सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्नुपर्ला। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो कसिने सम्भावना छ। साताको अन्त्यमा भने स्वास्थ्य कमजोर रहनुका साथै काम बिग्रने डरले सताउन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मंगलवारसम्म केही उतारचढावको समय रहेको हुँदा सावधान रहनुपर्ला। पहिले दिएको वचनले व्यवहारमा समस्या निम्त्याउन सक्छ। साथीभाइ टाढिनेछन्। स्वास्थ्य कमजोर रहनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। बुधवारदेखि स्थितिमा सुधार आउनाले कामका बाधाहरू हट्नेछन्। आर्थिक पक्ष सबल बन्नाले भौतिक साधन जुटाउन सफल भइनेछ। व्यापारमा मनग्य फाइदा हुने समय छ। आतिथ्यपूर्ण सम्मान पाइनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। प्रेमको गाँठो समेत कसिने सम्भावना छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रारम्भमा रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। नयाँ उद्योग वा विशेष काम सुरु गर्ने अवसर जुट्नेछ। आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ। सोमवारदेखि परिवारमा असमझदारी बढ्नाले केही समस्यामा परिनेछ। आफन्तजनमै ईर्ष्यालु मनोवृत्ति बढ्न सक्छ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा समेत ध्यान दिन नसकिएला। आँट गर्न नसक्दा काममा पनि पछि परिनेछ। सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ भने बुद्धिले लक्ष्यमा पुर्याउनेछ। पहिलेका कमजोरीमा पनि सुधार हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रारम्भमा आलोचकहरूले बाधा पुर्याए पनि सोमवारदेखि सहयोगीले साथ दिनेछन्। विशेष अवसर प्राप्त हुनाले दिगो फाइदा हुने काम शुभारम्भ हुनेछ। पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम हातपार्न सकिनेछ। बुधवारदेखि पारिवारिक समस्याले सताउन सक्छ। घरमा सहमति नजुट्नाले लक्ष्यमा बाधा पर्नेछ। साइनो गाँस्नेहरूबाट पनि सजग रहनुपर्ला। स्वास्थ्य र अध्ययन कमजोर रहनेछ। शुभचिन्तकहरू टाढा हुनाले पनि दु:ख पाइनेछ। सप्ताहान्तमा स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सुरुमा पारिवारिक भेटघाटले रमाइलो माहोल रहनेछ। तारिफयोग्य काम गर्दै समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। मिहिनेतले गुमेको प्रतिष्ठा दिलाउनेछ। सोमवार र मंगलवार भने वादविवादमा परिएला। विगतका कमजोरी बाहिर आउनाले आलोचकहरू बढ्न सक्छन्। फजुल खर्च पनि बढ्नेछ। बुधवारदेखि स्थितिमा सुधार आउनाले प्रतिष्ठित काम गर्ने मौका प्राप्त हुनेछ। विगतका कमजोरी सच्याउन सकिनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। सप्ताहान्तमा पारिवारिक असमझदारी बढ्न सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। सोमवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। विभिन्न कामका अवसर प्राप्त हुनेछन्। रमाइलो भेटघाट र खानपानको आनन्द प्राप्त हुनेछ। बुधवारदेखि लाभप्रद कामको जिम्मेवारी आउन सक्छ। आलोचकहरूको चलखेल भने बढ्न सक्छ। तापनि सप्ताहान्तमा विभिन्न अवसर पाइनेछ। विशेष उपहारका साथै धनलाभ हुने सम्भावना छ। स्राेत–साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुने देखिन्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रारम्भमा विशेष अवसर जुट्नुका साथै मनग्गे आम्दानी हातलागी हुनेछ। पछिसम्म फाइदा हुने काम प्रारम्भ हुन सक्छ। सोमवारदेखि अत्यधिक खर्च बढ्नेछ। परिस्थितिवश अर्थ अभाव देखा पर्नाले चिताएको काममा पनि बाधा पुग्न सक्छ। तर टाढाका साथीसँग सम्बन्ध विस्तार गर्न सकिनेछ। बुधवारदेखि स्थितिमा सुधार आउनाले प्रतिष्ठित कामको अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्न सक्छ। रमाइलो जमघटमा सहभागी भइनेछ। मनग्य अर्थलाभ हुनाले भौतिक साधन जुटाउन सकिनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रारम्भमा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आफन्त र साथीभाइबाट काममा सहयोग मिल्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्य धन संग्रह हुनेछ। पछिसम्म फाइदा हुने काम सुरु गर्ने अवसर प्राप्त हुनेछ। बुधवारदेखि भने फजुल खर्च बढ्नाले ऋणभार समेत बढ्न सक्छ। समयमा होसियार नबन्दा काममा बाधा पुग्नेछ। तापनि सप्ताहान्तमा विशेष अवसर जुट्न सक्छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img