काठमाडौं: ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ साप्ताहिक फलादेश
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रारम्भमा अवसरका लागि केही दौडधुप गर्नु परे पनि चाँडै लाभ उठाउन सकिनेछ। टाढिएका आफन्त नजिकिनाले हर्ष बढ्नेछ। श्रम र मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। अध्ययनमा प्रगति हुनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। बीचमा सामान्य वादविवादको योग समेत रहेकाले सजग रहनुहोला। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो कसिने सम्भावना छ। आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। घरेलु समस्या थपिनाले काम राेकिने सम्भावना देखिन्छ। समयमा लाभ उठाउन नसकिएला। बुधवारदेखि स्थितिमा सुधार आउनाले मनको डर उत्साहमा रूपान्तरित हुनेछ र दिगो काम प्रारम्भ हुनेछ। अध्ययनमा प्रगति हुनेछ। पुरुषार्थी कामले धन र मानसमेत दिलाउनेछ। जुझारु कार्यशैलीले प्रतिस्पर्धीहरू पछि पर्नेछन्। विभिन्न भौतिक साधन जुटाउन सफल भइनेछ। शत्रुहरूले समेत मित्रताका हात अघि बढाउनेछन्।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
बोलीको प्रभावले काम बन्नेछ। तर्कशक्ति बढ्नेछ भने अध्ययनमा प्रगति हुनेछ। दिगो फाइदा हुने काम सुरु हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ। बुद्धिको उपयोगले प्रतिद्वन्द्वीहरूलाई वशमा ल्याउन सकिनेछ। सञ्चित कर्मफल प्राप्त हुनाले नयाँ कर्म गर्न मन उत्साहित हुनेछ। शुभचिन्तकहरूले साथ दिनाले चिताएका काम सजिलै बन्नेछन्। मेहनतीहरूलाई समयले पनि साथ दिनेछ। तर अरूको मात्र भर पर्नाले आफ्नो महत्त्वाकांक्षा पूरा नहुन सक्छ। टाढिएका आफन्तहरू नजिकिनेछन्। घरबाटै काम बनाउन सकिनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। नयाँ काम थाल्न सकिनेछ र व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ। साेमवारदेखि आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुनेछ। बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। शुक्रवारदेखि केही विवादास्पद जिम्मेवारी पनि वहन गर्नुपर्ला। अरूको बहकाउ र भौतिक साधनकाे कमीले केही अप्ठ्याराे पर्न सक्छ। गोपनीयतामा ध्यान पुर्याउनुहोला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रारम्भमा खर्चिलो काम गर्नुपरे पनि शुभचिन्तकहरूले सहयोग जुटाउनेछन्। मिहिनेत गर्दा दिगो कामको जग बसाउन सकिनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। साेमवारदेखि परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। अध्ययनमा ध्यान केन्द्रित हुनेछ। रोकिएका काम बन्नेछन् र नयाँ काम प्रारम्भ गर्न सकिनेछ। बुधवार र बिहीवार काम बिग्रने भयले सताउन सक्छ। आफ्ना योजना सार्वजनिक नगर्नुहोला। सप्ताहान्तमा ठूलो काम बन्नेछ र मनग्य धन आर्जन हुनेछ। तारिफयोग्य काम बन्नाले प्रशंसकहरू पनि बढ्नेछन्।
कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रारम्भमा राम्रै आम्दानी भए पनि तत्काल रकम बाहिरिन सक्छ। पछिका लागि लगानी गर्नुपर्ने समय छ। खर्चिलाे काम थाल्नाले माेटाे रकम जुटाउनुपर्ने हुन सक्छ। आफ्नाले धोका दिनेछन् भने नजिकका साथीभाइसँग दूरी बढ्न सक्छ। विदेश ताक्नेहरूलाई यात्रा गर्ने अवसर प्राप्त हुनेछ। बुधवारदेखि स्वास्थ्यमा मौसमी गडबडी देखापर्ने समय रहेकाले खानपानमा सजग रहनुहोला। आगन्तुकहरूले अलमल्याउने हुँदा काम राेकिन सक्छ। सप्ताहान्तमा नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। लेखन र अभिव्यक्ति कलामा निखारता आउनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
सुरुमा अवसर प्राप्त भए पनि परिबन्धले समस्या निम्त्याउन सक्छ। अधिकार र गोपनीयताका लागि सजग बन्नुपर्नेछ। साेमवारदेखि स्थितिमा सुधार आउनाले दिगो काम प्रारम्भ गर्न सकिनेछ। परिश्रमअनुसार राम्रै फल पाइनेछ। आम्दानी बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। तर, लगत्तै खर्च पनि हुनेछ। बुधवार र बिहीवार धन बाहिरिनाले अभाव अनुभूति हुनेछ। तापनि विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्न सक्छ। सप्ताहान्तमा काम बन्नाले उत्साह जाग्नेछ। भेटघाटकाे अवसरमा स्वादिष्ट भोजनले मन आनन्दित हुनेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। काम देखाएर उपलब्धि हातपार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। सानो प्रयत्नले काम बन्नेछ भने अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। नाम, दाम र इनाम हातलागी हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। आम्दानी बढ्नेछ भने श्रमअनुसार राम्रै फल प्राप्त हुनेछ। तर सप्ताहान्तमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ।
धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रारम्भमा स्वास्थ्य चिन्ताले सताउन सक्छ। जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। तापनि साेमवारदेखि विशेष उपलब्धि हातपार्न सफल भइनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ। समुदायको हक हितको संरक्षण गर्न सकिनेछ र आफ्नो प्रसिद्धि पनि बढ्नेछ। नाम, दाम र इनाम हात पार्ने समय छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। आम्दानीको स्रोत सबल बन्नुका साथै दिगो फाइदा हुने काम सुरु होला। अरूलाई प्रभावित पारेर उपलब्धि हातपार्ने समय छ। मनग्य रकम सञ्चय गर्न सकिनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। चिताएका काम बन्नाले प्रशस्तै धनलाभ हुनेछ। साेमवार र मंगलवार भने अप्ठ्यारा कामको बोझ थपिन सक्छ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि सजग रहनुहोला। परिस्थितिले संघर्षको मैदानमा उतार्न सक्छ। बुधवारदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले फाइदा दिलाउनेछ। पुराना कामको चर्चा हुनेछ र उपलब्धिको स्रोत प्राप्त हुनेछ। सप्ताहान्तमा भने कामले वादविवाद निम्त्याउन सक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
चिताएकाे काम राेकिनाले अवसरका लागि दौडधुप गर्नुपर्ला। सुरुकाे विवादास्पद कामले साताभरि अलमल्याउन सक्छ। जिम्मेवारी आए पनि संघर्षले मात्र काम बन्नेछ। खानपान र मनाेरञ्जनमा खर्च बढ्नेछ। निम्ताे आए पनि आतिथ्य खर्चिलाे हुनेछ। यात्राका क्रममा विवादमा परिने सम्भावना देखिएकाले सजग रहनुहाेला। व्यापार बढ्नाले आम्दानी भने भइरहनेछ। स्वास्थ्य कमजाेर हुनाले काम राेकिन सक्छ। सप्ताहान्तमा भने अवराेध हट्नाले स्थितिमा सुधार आउनेछ। सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन्। दिगो काम प्रारम्भ गर्न सकिनेछ।
मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
साताकाे प्रारम्भ उत्साहवर्द्धक रहनेछ। अध्ययनमा प्रगति हुनेछ भने काम देखाएर उपलब्धि हातपार्ने समय छ। मिहिनेतले सफलता दिलाउनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। मंगलवारदेखि यात्रा गर्ने अवसर जुट्नेछ भने प्रियभेटले मन प्रसन्न हुनेछ। तर अनावश्यक वादविवादले सुल्झिएकाे समस्या पुनः बल्झिन सक्छ, सजग रहनुहाेला। घरायसी काम बिग्रनाले दु:ख पाइएला। परिबन्धले स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ, गोपनीयतामा ध्यान दिनुहोला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्।