राशिफलकार्तिक ६ देखि कार्तिक १२ गतेसम्मको साप्ताहिक राशिफल

कार्तिक ६ देखि कार्तिक १२ गतेसम्मको साप्ताहिक राशिफल

 

कार्तिक ६ देखि कार्तिक १२ गतेसम्मको साप्ताहिक राशिफल – योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आँटले काम बन्नेछन् भने मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि हिम्मतले काम लिँदा लाभ मिल्नेछ। पुरुषार्थी काम बन्नाले जोश–जाँगर पनि बढ्नेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ भने पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनुहोला। पति-पत्नीमा असमझदारी बढ्न सक्छ। विलासितामा धन खर्च हुनेछ। सप्ताहान्तमा भैपरी आउने समस्याले सताउला। परिबन्धले झमेला निम्त्याउन सक्छ।

वृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
समयमा आँट गर्न नसक्दा काममा केही चुनौती देखा पर्नेछन्। पठनपाठनमा त्यति ध्यान दिन नसकिएला। स्वास्थ्यमा समस्या देखिन सक्छ। मंगलबारदेखि स्थिति अनुकूल बन्नुका साथै प्रयत्न गर्दा लक्ष्य पूरा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई तह लगाउन सकिनेछ। व्यापारमा फाइदा होला। कामले अरूलाई आकर्षित गर्न सकिनेछ। अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउने समय छ। रोकिएका धेरै काम बन्नेछन्। मिहिनेतले आम्दानीको दिगो स्रोत जुटाउन सफल भइनेछ। सप्ताहान्तमा स्वास्थ्यमा ध्यान पुर्याउनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रारम्भमा घरेलु समस्या देखापर्न सक्छन्। बेसुरमा वचन दिने बानीले काममा समस्या उत्पन्न होला। विश्वासपात्रबाटै धोका हुने सम्भावना देखिएकाले सजग रहनुपर्ला। पेटको खराबीले पनि सताउन सक्छ। पढाइलेखाइमा ध्यान दिन नसकिएला। आँटेको काम रोकिनाले पछि परिनेछ। तापनि अन्त्यमा पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ भने आर्थिक पक्ष सबल बन्नेछ। चुनौतीहरू पार लाग्नेछन्। बुद्धिको उपयोगले गुमेको प्रतिष्ठा प्राप्त हुनेछ। नयाँ काम प्रारम्भ हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। तर मंगलवारदेखि पारिवारिक असमझदारीले समस्या निम्त्याउन सक्छ। अरूको भर पर्दा महत्वाकांक्षा अधुरो रहनेछ। ईर्ष्या गर्नेहरूले सताउनेछन्। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा मन एकाग्र नहुन सक्छ। आँट गर्न नसक्दा काममा पछि परिनेछ। अप्रिय समाचारले मन भारी हुनेछ। तापनि धैर्यले काम लिन सकिनेछ। मिहिनेत गर्दा सप्ताहान्तमा पहिलेका कमजोरी सुधार्न सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अध्ययनमा समय दिन नसकिएला। आफ्नो लाभांश तत्काल हातलागी नहुन सक्छ। पहिलेको सम्झौताले समस्या निम्त्याउने देखिन्छ। कुरा लगाउनेहरूबाट सजग रहनुपर्ला। मंगलवारदेखि स्थितिमा सुधार आउनुका साथै सहयोगीहरूले मनग्गे फाइदा दिलाउनेछन्। मिहिनेतले अवसर दिलाउनेछ भने प्रतिस्पर्धीहरूले हार खानेछन्। बिहीवारपछि पारिवारिक असमझदारीले काममा बाधा होला। अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। बुद्धिको उपयोगले काम लिने कोसिस गर्नुहोला।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रारम्भमा शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। पढाइलेखाइमा पनि ध्यान केन्द्रित नहुन सक्छ। फजुल खर्च बढ्नुका साथै वादविवादमा परिने सम्भावना छ। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। विगतका कमजोरी बाहिर आउनाले समस्या पर्ला। तापनि, सप्ताहान्तमा शुभचिन्तकहरू जुट्नाले स्थितिमा सुधार आउनेछ। मिहिनेतले गुमेको प्रतिष्ठा दिलाउनेछ। प्रयत्न गर्दा समस्या पनि सुल्झनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रारम्भमा खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। काम बिग्रने भयले पनि सताउनेछ। सहयोग जुटाउँदैमा समय व्यतीत हुनेछ। आलोचकहरूले आफ्ना छिद्र खोतल्ने प्रयत्न गर्लान्, गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। मंगलवार र बुधवार भने स्थितिमा सुधार आउनाले विभिन्न अवसर पनि पाइनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। मिहिनेत गर्दा आँटेको काम बन्नेछ। बिहीवारदेखि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्दा दु:ख पाइनेछ। अर्थअभावले पनि चुनौती निम्त्याउन सक्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
विशेष अवसर जुट्नुका साथै मनग्गे आम्दानी हातलागी हुनेछ। पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। पहिलेका कामबाट राम्रै उपलब्धि हातपार्ने समय छ। तर, मंगलबारदेखि केही अनियन्त्रित खर्च पनि हुनेछ। अर्थ अभावले चिताएको काममा बाधा पुग्नेछ। नजिकका साथीभाइ टाढिनेछन् भने टाढाका साथीसँग सम्बन्ध विस्तार गर्न सकिनेछ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। सप्ताहान्तमा स्थितिमा सुधार आउनाले प्रतिष्ठित कामको अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्न सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रारम्भमा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आफन्त र साथीभाइबाट काममा सहयोग मिल्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्गे धन संग्रह हुनेछ। पछिसम्म फाइदा हुने काम सुरु गर्ने अवसर प्राप्त हुनेछ। सप्ताहान्तमा फजुल खर्च बढ्न सक्छ। समयमा होसियार नबन्दा काममा बाधा पुग्नेछ। केही नोक्सानी देखिए पनि प्रयत्न गर्दा यात्राको अवसर जुट्नेछ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सुरुमा अस्वस्थताका बीच कामको जिम्मेवारी बढ्न सक्छ। काममा बाधा र चुनौती देखिनेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। अरूको स्वार्थमा उपयोग भइनेछ, सजग रहनुहोला। मंगलवारदेखि स्थितिमा सुधार आउनुका साथै राजनीति र नोकरीमा पनि प्रसिद्धि बढ्नेछ। व्यवसायबाट सोचेको लाभ मिल्नेछ। अरूको मन जितेर लाभ उठाउन सकिनेछ। कीर्तिमानी काम गर्ने अवसर जुट्नुका साथै आम्दानीसमेत बढ्नेछ। सप्ताहान्तमा भने फजुल खर्च बढ्ने सम्भावना छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रारम्भमा नियमित काममा बाधा पुग्न सक्छ। ईर्ष्या गर्नेहरू बढ्नेछन् भने काम गरेर पनि जस नपाइने समय छ। अरूका लागि समय खर्चनुपर्ला। बीचमा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। तर अवसरका लागि चुनौतीसँग लड्नुपर्ला। विरोधीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। साताको अन्त्यतिर स्थितिमा सुधार आउनुका साथै गुमेको स्थान प्राप्त हुन सक्छ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने मेहनत गर्दा चिताएको काम सम्पादन हुनेछ। व्यवसायमा आयस्राेत सबल बन्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रियजनसँगको भेटघाटले सुरुआत रमाइलो रहनेछ। लगनशीलताले राम्रै फाइदा दिलाउनेछ। विशेष उपहार प्राप्त हुने समय छ। यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान पाइएला। तर मंगलवारदेखि अस्वस्थताको साथै र व्यावहारिक झमेला समेत आइलाग्न सक्छ। आकस्मिक खर्च बढ्नेछ भने विरोधीहरू बढ्नाले काममा चुनौती देखापर्न सक्छ। नजिकका साथीभाइ टाढिनाले अप्ठ्यारो पर्ला। स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ। अर्थ अभावले आँटेको काम समयमा सम्पादन गर्न नसकिएला।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img