Wednesday, February 12, 2025
राशिफलभाद्र ३ गतेदेखी ९ गते सम्मको साप्ताहिक राशिफल

भाद्र ३ गतेदेखी ९ गते सम्मको साप्ताहिक राशिफल

२०८० भाद्र ३ गतेदेखी ९ गते सम्मको साप्ताहिक राशिफल– ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार साप्ताहिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको सप्ताह कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो साता लुकेको प्रतिभाको सहज विकास हुनेछ । बोलीको प्रभाव बढ्नेछ। आर्थिक अवस्था सबल रहनेछ। साथीभाईको साथ र सहयोगले अप्ठ्यारा काम समेत बन्नेछन । यो साता व्यापार व्यावसाय मा सकारात्मक अवस्था रहनेछ । सञ्चार तथा प्रविधि जस्ता क्षेत्रको व्यवसाय बाट बढि सफलता मिल्नेछ । साताको मध्यभाग तिर केहि उतार चढाव आउन सक्नेछ । तर पनि साताको अन्त्य तिर भने आम्दानी बढ्नेछ । परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । आफ्नो प्रेमी सँग देखिने मनमुटावहरु छिटै समाधान हुनेछन । विद्यार्थी वर्गका लागि पनि यो साता शुभ रहेको छ । यो साता तुलनात्मक रुपमा बिहिबार र शुक्रबार कमजोर दिन रहेका छन ।यो साताका लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व इष्टदेवताको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वृष राशिका लागि यो साता शुभ रहेको छ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । साताको शुरुवातमा नै चन्द्रमा को गोचर पञ्चम भावमा रहने हुनाले तपाईको बौद्धिक क्रियाकलापमा मन जानेछ भने तपाईको सिर्जनात्मक क्षमता को उच्च कदर हुनेछ। आर्थिक अवस्था सकारात्मक रहनेछ । व्यापार व्यवसायबाट पनि उचित लाभ मिल्नेछ । विशेष गरि कृषि तथा पशुजन्य वस्तुको व्यापार व्यवसायबाट सोचे अनुरुप लाभ मिल्नेछ । नोकरी गर्ने हरुका लागि पनि शुभ समय रहने देखिन्छ । सन्तान बाट सुख हुनेछ । त्यसैगरि धन वचत हुनेछ । विद्यार्थीको पढाईका लागि उत्तम साता रहेको छ । प्रेम तथा पारिवारिक जीवन पनि सुखद रहनेछ । शनिबार भने तुलनात्मक रुपमा कमजोर दिन रहेका छ। यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग आकाशे वा गुलाबी हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिथुन राशिका लागि यो साता मिश्रित रहने देखिन्छ । प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन् । साताको शुरुमा चन्द्रमाको गोचर चतुर्थ भावमा रहने हुनाले पारिवारिक समस्या, अनावश्यक झण्झट एवं कार्यमा वाधा आउन सक्नेछ । तर मङ्गलबार देखि भने अवस्था सकारात्मक हुँदै जानेछ। मिष्ठान्न भोजन प्राप्त हुनेछ । साथीभाई सँग रमाईला पल हरु व्यतित हुनेछन । नोकरीमा सफलता मिल्नेछ । सहकर्मी साथी बाट साथ र सहयोग प्राप्त हुनेछ । ब्यापार व्यावसाय बाट उचित लाभ मिल्नेछ । पारिवारिक जिवन सुखद रहने छ । यो साता प्रेम सम्बन्ध सुमधुर रहनेछ । एक आपसमा विश्वास बढ्नेछ भने आपसी समझदारी कायम रहनेछ । अध्ययन कार्यमा मन जानेछ । प्रतिस्पर्धिलाई चुनौती दिन सक्नुहुनेछ।यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग पहेँलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक राम्रो हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्कट राशिका लागि यो साता तृतीय भावमा चन्द्रमाको गोचर रहने हुनाले साहस तथा पराक्रम बढ्नेछ। आफ्ना साथिभाई बाट महत्वपुर्ण साथ र सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसाय मा विस्तार हुनेछ । आम्दानीका क्षेत्रहरु बढ्दै जानेछन । नोकरी गर्ने हरुका लागि पनि सकारात्मक रहनेछ ।नोकरी गर्ने हरुका लागि नयाँ काम सिक्न पाईने अवसर हुनेछ । प्रेम तथा पारिवारिक जिवन सुखद रहनेछ । आफ्नो प्रेमीको हरेक सुख दुखमा साथ र सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाई सकारात्मक रहनेछ मङ्गलबार र बुधबार तुलनात्मक रुपमा कमजोर दिन रहेका छन्। यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग गुलाबी वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भोलेबाबालाई स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशिका लागि यो साता शुभ रहेको छ। धन स्थानमा चन्द्रमाको गोचर बाट साताको शुरुवात हुने हुनाले तपाई बोलीको प्रभाव बढ्ने छ । सिर्जनात्मक एवं अभिव्यक्ति क्षमता बढनाले महत्वपुर्ण कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसाय बाट उचित लाभ हुनेछ । आफ्ना दाजुभाईको साथ र सहयोग बाट व्यापार व्यवसायमा सफलता मिल्नेछ । विद्यार्थीको पढाईमा मन जानेछ । परिवारमा मेलमिलाप र शान्ति बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । बिहिबार र शुक्रबार भने तुलनात्मक रुपमा कमजोर दिनहरु देखिएका छन्। यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग रातो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुवातमा चन्द्रमाको प्रभाव प्रथम भावमा रहने हुनाले मान प्रतिष्ठा बढ्ने साता रहनेछ । मन प्रफुल्ल रहनेछ भने विभिन्न रमाइला कार्यक्रममा सरिक हुने अवसर जुट्नेछ । त्यसैगरि आत्मविश्वास उच्च हुनेछ भने तपाईको विचारको सर्वत्र प्रशंसा हुनेछ । आर्थिक अवस्था सबल रहनेछ । व्यापार व्यवसाय बाट उचित मुनामा आर्जन हुनेछ । नोकरिमा तपाईको कार्यको उचित कदर हुनेछ । आफ्ना दाजुभाई तथा परिवारका अन्य सदस्य सँग सल्लाह लिएर कार्य गर्नु उत्तम हुनेछ । अप्ठ्यारो अवस्थामा परिवार को साथ र सहयोग प्राप्त हुनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । प्रेम सम्बन्धमा सामान्य मनमुटावहरु देखिए पनि ठुलो समस्या हुने छैन । यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग गुलाबी वा घिउ रङ्ग हो । शुभकर्म गर्नु पूर्व दुर्गाजीलाई स्मरण गरि यात्रा गर्दा सफलता प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशिका लागि यो साताको आईतबार र सोमबारअनावश्यक यात्रा हुने, धन खर्च हुने एवं चिन्ता बढ्ने देखिन्छ । तर मङ्गलबार देखि भने अवस्थामा सुधार हुनेछ । तपाईको परिश्रम को उचित मुल्य प्राप्त हुनेछ । धन आर्जन हुनेछ । शत्रु पराजित हुनेछन भने स्वास्थ्य अवस्था पनि यो साता सबल रहनेछ। मंगलबार र बुधवार तपाईका लागि विशेष दिन रहेका छन। आफ्ना नातेदार सँग रमाइलो कुराकानी हुने, मिष्ठान्न भोजन प्राप्ती हुनेछ । यो साता प्रेम तथा पारिवारिक सम्बन्ध पनि सुमधुर रहनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । विद्यार्थी वर्गका लागि पनि यो साता उत्तम रहेको छ । यो साताका लागि शुभ अङ्क ३,४ र शुभ रङ्ग सिन्दुरे वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य गर्दा राम्रो हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृश्चिक राशिका लागि यो साताको शुरुवातमा लाभ स्थानमा चन्द्रमा को गोचर रहने हुनाले व्यापार व्यावसाय बाट प्रशस्त धन आर्जन हुनेछ । आफ्ना दाजुभाई बाट साथ र सहयोग प्राप्त हुनेछ । आम्दानी बढनेछ । मङ्गलबार र बुधबार भने विना अर्थका यात्राहरु हुन सक्नेछन। अचानक खर्चको मात्रा पनि बढ्न सक्नेछ । आफ्ना बालबच्चाको विषयलाई लिएर केहि चिन्ता बढ्न सक्नेछ । तर बुधबार देखि भने चन्द्रमाको गोचर शिरमा रहने हुनाले दिनहरु शुभ रहनेछन । परिवार मा मेल मिलाप हुनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । विद्यार्थीका लागि हेर्दा सकारात्मक समय रहनेछ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरि कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साताको शुरुमा चन्द्रमा को गोचर कर्म भावमा रहने हुनाले यो साता उपलब्धि मुलक हुने देखिन्छ । नोकरी एवं व्यापार व्यावसायमा सफलता मिल्ने देखिन्छ । तर साताको उत्तरार्ध दिनहरु भने केहि कमजोर देखिए पनि समग्रमा हेर्दा साझेदारीका कार्यबाट समेत उचित मुनाफा आर्जन हुनेछ । सामाजिक कार्यमा सरिक भइनेछ । आध्यात्मिक कार्यबाट मन प्रशन्न रहनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । कार्य स्थलमा सहयोगी बातावरण प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ । विद्यार्थीका लागि अनुकुल रहेको छ तपाईको परिश्रमको पुरा मुल्य प्राप्त हुनेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको ध्यान गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मकर राशिका लागि यो साता शुभ रहेको छ । नवम भावमा चन्द्रमाको गोचर रहने हुनाले सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ । सामाजिक ईज्जत र प्रतिष्ठा बढ्नेछ । यो साता विशेष गरि व्यापार व्यवसाय बाट आर्थीक अवस्था सबल रहने देखिन्छ । सामाजिक क्षेत्र बाट समेत साथ र सहयोग प्राप्त हुने देखिन्छ । व्यापार व्यवसायमा लगानी अनुसार प्रतिफल मिल्नेछ । जसले मनमा जाँगर र उत्साह कायम रहनेछ । प्रेम तथा पारिवारिक जिवनमा सामान्य समस्या हरु देखिन सक्नेछन । जिम्मेवार भएर आफ्नो दायित्व पुरा गर्नु उत्तम हुनेछ । विद्यार्थीको पढाईमा विभिन्न कारण बस उतारचढावहरु आउन सक्नेछन । आफ्नो पढाईमा सचेत हुनु आवश्यक छ। तुलनात्मक रुपमा शनिबार भने कमजोर दिनहरु रहेका छ । यो साताका लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व इष्टदेवताको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुम्भ राशिका लागि साता मिश्रित रहनेछ। साताको शुरुमा चन्द्रमाको गोचर आठौं भावमा रहने हुनाले स्वास्थ्य कमजोर हुने। खर्च बढ्ने एवं अनावश्यक विवाद आईलाग्न सक्नेछ । आफ्ना बिरोधिहरुले शिर उठाउन सक्नेछन । व्यापार व्यवसायमा विभिन्न उतारचढावहरु देखिन सक्नेछन । तर मङ्गलबारदेखि भने दिनहरु शुभ रहनेछन । प्रेम तथा पारिवारिक जिवन सकारात्मक रहनेछ । आफ्ना बालबच्चा सहित पारिवारिक भ्रमण मा गएर रमाइलो वातावरण कायम हुन सक्नेछ । विद्यार्थीको पढाईमा मन जानेछ। यो साताका लागि शुभ अङ्क ७,९ र शुभ रङ्ग गुलाबी वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक राम्रो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साताको शुरुमा सप्तम भाव मा चन्द्रमाको प्रभाव रहने हुनाले आत्मविश्वास एवं आत्मसम्मान उच्च रहनेछ । सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा बढ्नेछ । आर्थिक अवस्था सबल रहनेछ । व्यापार व्यवासाय बाट उचित मुनाफा आर्जन हुनेछ ।आफ्ना दाजुभाईको साथ र सहयोग प्राप्त हुनेछ । छोटा एवं रमाईला यात्राहरु ले गर्दा मन प्रफुल्ल रहनेछ । परिवारमा मेलमिलाप र एकता कायम हुनेछ । आफ्नो जिवन साथि बाट उचित साथ र सहयोग प्राप्त हुनेछ । पढाई कमजोर हुन सक्ने देखिन्छ त्यसकारण विद्यार्थी ले पढाईमा बढि ध्यान दिनु आवश्यक छ । मङ्गलबार र बुधबार भने तुलनात्मक रुपमा कमजोर दिन रहेका छन् । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक शुभ फल मिल्नेछ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस