Sunday, September 8, 2024
राशिफलअसोज २८ गतेदेखी कार्तिक ४ गते सम्मको साप्ताहिक राशिफल
spot_img

असोज २८ गतेदेखी कार्तिक ४ गते सम्मको साप्ताहिक राशिफल

२०८० असोज २८ गतेदेखी कार्तिक ४ गते सम्मको साप्ताहिक राशिफल- ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार साप्ताहिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको सप्ताह कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशिका लागि यो साता शुभ रहेको छ ।साताको प्रारम्भ उत्साहवर्द्धक रहनेछ। रमाइलो यात्राको साइत जुर्नेछ भने चिताएको काम पनि बन्नेछ। व्यापारमा विशेष फाइदा हुनेछ। पुरुषार्थी काम बन्नाले जोश–जाँगर पनि बढ्नेछ। मंगलवारदेखि अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। कामको बोझ थपिनेछ भने सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ। आफ्ना कमजोरीबाट फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। तापनि, शुक्रवारदेखि स्थतिमा सुधार आउनेछ। काम बन्नाले उपलब्धि प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। यो साताका लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग रातो वा सुन्तला रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शन गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक रुपमा सम्पन्न हुने समय रहेको छ । पढाई लेखाई विभिन्न कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । बेसुरमा हौसिनाले अर्थक्षय हुन सक्छ। यात्रामा समस्या आउन सक्छ। काममा शुभचिन्तकहरूकाे सहयाेग लिनुहाेला। प्रयत्न गर्दा चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। मंगलवारदेखि स्थितिमा सुधार आउनाले प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। टाढिएका साथीभाइ नजिकिनेछन्। प्रेम र मित्रताकाे बन्धन कसिलाे हुनेछ। सप्ताहान्तमा मालमत्ता हराउने, स्वास्थ्यबाधा र मनको डरले सताउने याेग छ। यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग रातो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यनारायणको दर्शन गरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वादविवाद तथा प्रतिस्पर्धामा तपाईको जित निश्चित हुनेछ । मुद्दा मामिलामा तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । अध्ययनमा धेरै समय जुट्न नसकिए पनि सामान्य प्रगति हुनेछ। आफ्नो अभियानबाट धेरैले फाइदा उठाउन सक्छन्। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ भने नयाँ अवसर प्राप्त हुनेछ। व्यवसायमा लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। देश–विदेश यात्रा गर्ने साइत जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै मित्रता र प्रेमकाे बन्धन कसिलाे हुने सम्भावना छ। महत्त्वाकांक्षी निर्णय लिन उपयुक्त समय पर्खनुहोला। यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

-Google Ads-

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साता राम्रो रहेकोले पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेको छ भने वौद्धिक,साहित्यिक तथा सिर्जनात्मक क्षेत्रमा समय लगानी गरी आम्दानी बढाउन सकिनेछ । प्रारम्भमा घरेलु समस्या वा वादविवाद सुल्झाउन जुट्नुपर्ला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा अलि दु:ख पाइनेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। मंगलवारदेखि स्थिति अनुकूल बन्नाले काम बन्नेछ। नयाँ अवसर प्राप्त हुनेछन्। पेसा–व्यवसायमा फाइदा हुनेछ। अनुभवले ज्ञान बढ्नेछ भने मेहनतले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग गुलाबी वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीलाई स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रयत्न गर्दा ठूलै उपलब्धि हातलागी हुने समय छ। सञ्चित कर्मफल प्राप्त हुनाले नयाँ कर्म गर्न मन उत्साहित हुनेछ। शुभचिन्तकहरूले साथ दिनाले चिताएका काम बिस्तारै बन्नेछन्। मंगलवार, बुधवार र बिहीवार भने घरायसी समस्याले अल्झाउन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूबाट सतर्क रहनुहोला। समयमा जुट्न नसक्दा चिताएका काममा केही बाधा पर्नेछ। सप्ताहान्तमा परिस्थिति अनुकूल बन्न सक्छ। सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ। अध्ययनमा राम्रै प्रगति हुनेछ। मेहनतले मनग्य फाइदा दिलाउनेछ। यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । अरूका लागि जुट्नुपरे पनि बिस्तारै फाइदा हुनेछ। मंगलवारदेखि व्यापार र उद्योगमा फाइदा हुनेछ। प्रतिस्पर्धीहरू पनि पछि पर्नेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। खर्च लागे पनि व्यवसायका लागि रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ। सप्ताहान्तमा परिबन्धले अलमल्याउन सक्छ। गोपनीयता बाहिरिनाले पनि व्यावहारिक समस्या थपिएला। अरूलाई दिएको वचन पूरा नहुन सक्छ। यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेंलो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रारम्भमा व्यावहारिक समस्याले चिताएको काम रोकिन सक्छ। स्वास्थ्य कमजाेर रहनेछ। अरूका काममा समेत अलमलिनुपर्ला। मंगलवारदेखि स्थितिमा सुधार आउनुका साथै बोलीको प्रभावले फाइदा उठाउन सकिनेछ। तर्कशक्ति बढ्नेछ भने अध्ययनमा प्रगति हुनेछ। दिगो काम सुरु हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ। बुद्धिको उपयोगले प्रतिद्वन्द्वीहरूलाई वशमा ल्याउन सकिनेछ। मेहनतीहरूलाई समयले पनि साथ दिनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। पराक्रम बढ्नाले नयाँ याेजना थालनी गर्न सकिनेछ। यो साताका लागि शुभ अङ्क ४,६ र शुभ रङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरी गरेको कार्यबाट सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सोमवारसम्मको समय मध्यम रहेकोले स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउन सक्छ खानपानमा ध्यान दिनुहोला । मंगलवारदेखि स्थितिमा सुधार आउनेछ र नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। उपहारका साथै स्वादिष्ट खानपानकाे आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ। मेहनतले पहिले रोकिएको प्रतिफल पनि दिलाउन सक्छ। मान-सम्मानका साथै विशेष उपलब्धि प्राप्त हुने समय छ। यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व शिव भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आम्दानी बढ्नुका साथै दिगो काम प्रारम्भ हुनेछ। प्रशस्त दाम पनि हातलागी हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। मंगलवारदेखि भने खर्चको मात्रा बढ्नेछ। समयमा रकम हातलागी नहुँदा काममा पनि समस्या पर्नेछ। एउटै कामलाई दोहोर्याएर प्रयत्न गर्नुपर्ला। साथीभाइ समयमा नजुट्नाले दुःख पाइनेछ। शुक्रवारदेखि विभिन्न अवसर प्राप्त हुनाले मनमा आनन्द मिल्नेछ। पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनमा मन रमाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै आँटेको काम सम्पादन हुनेछ। यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग घ्यू रङ्ग वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ईमान्दारिता पूर्वक गरीएको प्रयासबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । सरकारी धन तथा पैत्रिक सम्पत्तीको प्रयोग मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा पतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ भने वित्तिय क्षेत्रसँग सम्बन्धीत कामहरु फस्टाएर जानेछन् । चाहको वस्तु तथा मनोकामनाहरु पूरा हुनाले मन प्रफुल्लीत हुनेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ । बिहीवारबाट समय मध्यम रहेकोले कामगर्दा बिशेष सावधानी अपनाउनुहोला, समयमा नसकिने हुँदा मान सम्मानमा कमी हुनेछ । बाहिरी वातावरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । व्यापार व्यवसायमा मन्दी आउनेछ भने विदेशी लगानी बाट सञ्चालित उद्योग तथा व्यवसाय फस्टाएर जानेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तम रहेकोले व्यापार व्यवसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पत्ती परिचालन गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने बैंकिङ क्षेत्रको लगानी फस्टाएर जानेछ । प्रेम प्रशङ्गमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । दाजुभाई तथा आफन्तबाट काममा सहयोग हुने हुनाले लगानी बढाउन सकिनेछ । सवारी साधन प्राप्तीको योगलाई नकार्न सकिदैन । शुभचिन्तक तथा परिचित व्यक्तीबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ । कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ । लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। आध्यात्मिक ज्ञानको प्रेरणाले मानसिक सुख प्राप्त हुनेछ। यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग गुलाबी वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरी कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सोमवारसम्मको समय मध्यम रहेकोले परिवार तथा आफन्त जनसँग मनमुटाव बढ्नेछ भने पति पत्नी तथा माया प्रेममा अविस्वास सिर्जना हुनेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। काम बिग्रने चिन्ताले पनि सताउन सक्छ। जिम्मेवारी बढ्नेछ र अरूका लागि समय खर्च हुनेछ। तापनि आध्यात्मिक ज्ञानले दुर्भावनाका तरंगहरू समाप्त हुनेछन्। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ भने सप्ताहान्तमा रोकिएको काम बन्नाले उत्साह जाग्नेछ। विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले फाइदा दिलाउनेछ। यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सुन्तला वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व पितृहरूको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

४० उत्कृष्ट सरकारी कर्मचारी पुरस्कृत

स्वदेशमै बसौं कि विदेश जाऊँ?

आज गणेश चतुर्थी पर्व

भदौ २२ गते शनिवारको भाग्यफल

spot_img