राशिफलपुष ७ देखि १३ गतेसम्मको साप्ताहिक राशिफल

पुष ७ देखि १३ गतेसम्मको साप्ताहिक राशिफल

पुष ७ देखि १३ गतेसम्मको साप्ताहिक राशिफल- ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार साप्ताहिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको सप्ताह कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रारम्भमा बोलीको प्रभावले विशेष अवसर दिलाउनेछ। वादविवादमा अघि नसर्नुहोला, सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सम्पादन हुनेछ। मंगलवार र बुधवार प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। सोखले खर्च बढाए पनि भौतिक साधन जुटाउन सकिनेछ। घरेलु समस्यामा अलि सावधान रहनुहोला। बिहीवारपछि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अरूको बहकाउ र भौतिक साधनकाे कमीले अप्ठ्याराे पर्न सक्छ। गोपनीयतामा ध्यान पुर्याउनुहोला। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्, तर स्वास्थ्य मापदण्ड भने पूरा गर्नु पर्नेछ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
यो साता चन्द्रमाले तपाईको राशिबाट प्रथम, द्वितीय र तृतीय भावको गोचर गर्नेछन् । पहिलो घरको चन्द्रमाको प्रभावले तपाईको ईज्जत र प्रतिष्ठा बढ्नेछ । यो तपाईको आत्मसम्मान उच्च रहनेछ तर कतिपय कार्यमा हतारमा निर्णय हुनसक्छ र पछि समस्या आउन सक्छ । परिवारमा उचित सल्लाह एवं छलफल गरि निर्णय गर्नु उत्तम हुनेछ । आर्थिक अवस्था सामान्य रहनेछ । व्यापार व्यवसाय बाट पनि मिश्रित लाभ मिल्नेछ । विशेष गरि सञ्चार तथा प्रविधिसँग सम्बन्धित क्षेत्रको कारोबार बाट लाभ हुनेछ । नोकरी गर्नेहरुका लागि पनि शुभ समय रहने देखिन्छ । कार्यस्थलमा तपाईको कार्यको सराहना हुनेछ । विद्यार्थीको पढाईका लागि उत्तम साता रहेको छ । प्रेम तथा पारिवारिक जीवन पनि सुखद रहनेछ । विशेष गरि आफ्नो जीवनसाथीबाट भरपुर साथ र सहयोग हुनेछ । प्रेमीसँग सामान्य मतभेद देखिन सक्नेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानलाई स्मरण गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिथुन राशिका लागि यो साता चन्द्रमाले तपाईको राशिबाट व्यय स्थान, प्रथम र धन स्थानको गोचर गर्नेछन् । साताको शुरुका दिन आईतबार र सोमबार विना कारण दौडधुप हुन सक्नेछ । खर्च बढ्नेछ भने मानसिक चिन्ता देखिन सक्नेछ । काम विग्रनाले नैराश्यता बढ्नेछ । तर मंगलबार देखि चन्द्रमाको गोचर प्रथम भावमा पर्ने हुनाले अवस्थामा सुधार आउनेछ । सिर्जनात्मक एवं तार्किक क्षमता बढ्नेछ । अप्ठ्यारो परिस्थितीसँग जुध्न सक्नुहुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । प्रशस्त धन आर्जन हुने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । साथीभाईसँग रमाईला पलहरु व्यतित हुनेछन । सहकर्मी साथीबाट सहयोग प्राप्त हुनेछ । यो साता परिवारका सदस्य बीच एकआपसमा विवाद देखिन सक्नेछ । जीवनसाथीसँग सामान्य सम्बन्ध रहनेछ । सुमधुर सम्बन्धका लागि जिम्मेवार हुनु आवश्यक देखिन्छ । यो साता प्रेम सम्बन्ध सुमधुर रहनेछ । एक आपसमा विश्वास बढ्नेछ भने आपसी समझदारी कायम रहनेछ । विद्यार्थीका लागि अध्ययन कार्यमा मन जानेछ । तपाईको परिश्रम अनुसार नै सफलता मिल्ने योग छ । यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो साता चन्द्रमा ले तपाईको राशिबाट लाभ स्थान, द्वादश स्थान र प्रथम स्थान गोचर गर्नेछन । आंशिक कर्मफल प्राप्त हुनाले साताको प्रारम्भ उत्साहवर्धक रहनेछ। आम्दानीले विभिन्न आवश्यकता पूरा हुनेछन् तर धन बाहिरिनाले चिताएका काम पूरा गर्न कर्जा वा सरसापट लिनुपर्ने हुन सक्छ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। सोखले विलासी मालसामान जोड्न प्रेरित गर्नेछ। बिहीवार र शुक्रवार आफन्त र साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। अवसरले उत्साह जगाउनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। मिहिनेत गर्दा अभीष्ट पूरा हुनेछ। सप्ताहान्तमा अलि विवादास्पद काममा जुट्नुपर्ला। साताको अन्त्यमा दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला । यो साताका लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शन गरि यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशिका लागि यो साता चन्द्रमाले दशम, एकादश र द्वादश स्थानको गोचर गर्नेछन् । कर्म स्थानमा चन्द्रमाको गोचरले तपाईलाई कार्यक्षेत्रमा सफलता दिलाउनेछ । नयाँ क्षेत्रका कार्य गर्ने अवसर आउन सक्नेछ । व्यापार व्यवसायबाट पनि सफल साता रहनेछ । पारिवारमा सकारात्मक वातावरण हुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । सामाजिक एवं राजनीतिक क्षेत्रमा समेत तपाईको उचाई बढ्नेछ। तपाईका विरोधीहरुको मनोवल कमजोर रहने देखिन्छ । विद्यार्थीको पढाईमा मन जानेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । आफ्नो सुखदुखमा प्रेमीको साथ र सहयोग प्राप्त हुनेछ । साताका अन्त्य तिरका दिनहरु शुक्रबार र शनिबार भने अनावश्यक धन खर्च हुने एवं चिन्ता बढ्ने योग छ । यी दिनहरुमा कुनैपनि महत्वपुर्ण कार्यको शुरुवात नगर्नु उत्तम हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग पर्पल वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशिका लागि यो साता उत्तम रहनेछ । यो साता चन्द्रमाले तपाईको नवम, दशम र एकादश भावमा गोचर गर्नेछन् । यो साता तपाईको व्यस्तता बढ्नेछ । परिश्रम अनुसार सफलता हात लाग्दा मन प्रफुल्ल बन्नेछ । प्रशस्त धन आर्जन हुनेछ । व्यापार व्यवसायबाट उचित लाभ हुनेछ। नोकरी गर्नेहरुका लागि साता सफल रहनेछ । कामको जिम्मेवारी बढ्न सक्नेछ । पारिवारिक जीवन सुमधुर रहनेछ । सुख दुखमा जीवनसाथीको सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाईमा प्रतिकुल समय देखिन्छ । मन चञ्चल भएर पढाईमा ध्यान केन्द्रित नहुन सक्छ । सचेत रहनुहोला । प्रेम सम्बन्ध सुमधुर रहनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व भगवानलाई स्मरण गरि आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो साता चन्द्रमा ले तपाईको अष्टम, नवम, र दशम स्थानमा गोचर गर्नेछन । प्रारम्भमा अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा केही चुनौती पनि देखिनेछन्। अरूको स्वार्थमा उपयोग भइने हुँदा व्यवहारमा सजग रहनुहोला। मंगलवारदेखि सानो प्रयत्नले काम बन्नेछ भने अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि सप्ताहान्तमा मनग्य फाइदा हुनेछ। स्वास्थ्य प्रतिकूल पनि हुनसक्छ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गर्नाले सफलता हात पर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो साता चन्द्रमाले तपाईको राशिबाट सप्तम स्थान, अष्टम, र नवम भावको गोचर गर्नेछन् । प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। अलि मिहिनेत परे पनि चिताएको काम बन्नेछ। आतिथ्य भने खर्चिलो हुनेछ। मंगलवार र बुधवार अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले पनि आँटेको काम स्थगित हुन सक्छ। कामको बोझ थपिनेछ भने परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। तापनि सप्ताहान्तमा स्थितिमा सुधार आउनेछ। भाग्यले पनि साथ दिनेछ र शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्ति हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरि कार्य आरम्भ गर्नाले सफलता हात पर्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
यो साता चन्द्रमाको गोचर तपाईको राशिबाट षष्टम, सप्तम र अष्टम भावमा हुनेछ । समग्रमा तपाईका लागि यो साता मिश्रित रहेको छ । तपाईका विरोधीहरु पछि पर्नेछन् । तपाईको कार्य क्षमता घट्न सक्नेछ । कुनै पनि कार्यमा एकाग्रताका साथ लगनशील भएर कार्य गर्न कठिन हुने देखिन्छ । तर मंगलबार, बुधबार र बिहिबार भने तपाईका लागि सबल रहेका छन । नोकरी एवं व्यापार व्यवसायमा सफलता मिल्ने देखिन्छ । साझेदारीका कार्यबाट समेत उचित मुनाफा आर्जन हुनेछ । सामाजिक कार्यमा सरिक भइनेछ । आध्यात्मिक कार्यबाट मन प्रशन्न रहनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ अध्ययन अध्यापन कार्य सफल रहनेछ । प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ । यो साता कुटुम्ब पक्षबाट समेत साथ र सहयोग प्राप्त हुन सक्नेछ । विद्यार्थीका लागि अनुकुल रहेको छ तपाईको परिश्रमको पुरा मुल्य प्राप्त हुनेछ । शुक्रबार र शनिबार भने स्वास्थ्य कमजोर हुने एवं धनखर्च बढ्न सक्नेछ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
यो साता चन्द्रमाको गोचर तपाईको राशिबाट पञ्चम , षष्टम र सप्तम भावमा हुनेछ । समग्रमा तपाईका लागि यो साता सबल रहनेछ । सन्तान बाट सुख प्राप्त हुनेछ । कलात्मक एवं सिर्जनात्मक कार्यमा तपाईको मन जानेछ । उच्च स्तरकमा बौद्धिक व्यक्तित्वहरु सँग सहकार्य गर्न अवसर जुट्नेछ । सामाजिक ईज्जत र प्रतिष्ठा बढ्नेछ । व्यापार व्यवसायबाट आर्थिक अवस्था मिश्रित रहने देखिन्छ । मनमा जाँगर र उत्साह कायम रहनेछ । प्रेम तथा पारिवारिक जीवनमा सामान्य समस्याहरु देखिन सक्नेछन् । जीवनसाथीबाट भने सुखदुखमा राम्रो साथ र सहयोग प्राप्त हुनेछ। विद्यार्थीको पढाईमा विभिन्न कारणले उतारचढावहरु आउन सक्नेछन् । आफ्नो पढाईमा सचेत हुनु आवश्यक छ। शुभकार्यको चर्चा चल्नेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग गुलाबी वा सुन्तलारङको हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
यो साता चन्द्रमाले तपाईको राशिबाट चतुर्थ, पञ्चम र षष्टम भावमा गोचर गर्नेछन् । आइतबार र सोमबार घरपरिवारका कारण केहि चिन्ता बढनेछ । आफ्नो बोलीका कारण परिवारका सदस्यसँगको दुरी बढ्न सक्नेछ । तर मंगलबार देखि भने अवस्थामा सुधार हुनेछ । तपाईको रचनात्मक विचार एवं सिर्जनशीलताको प्रतिष्ठित व्यक्तित्वहरु बाट सराहना हुनेछ । धार्मिक एवं सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठामा वृद्धि हुनेछ । नोकरी गर्नेहरुका लागि पनि शुभ समय रहनेछ । प्रेम तथा पारिवारिक जीवन सुमधुर रहनेछ। विद्यार्थीको पढाई मन जानेछ । तपाईको परिश्रम अनुसार नै अंक प्राप्त हुने योग छ । आईतबार र सोमबार तपाईका लागि कमजोर दिनहरु भएकाले कुनैपनि महत्वपूर्ण कार्यको शुरुवात यी दिनहरुमा नगर्न उत्तम हुनेछ । मन दुखी र खिन्न हुने स्थिति आउनसक्छ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्छ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग खैरो या पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गरि कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
यो साता चन्द्रमाले तपाईको राशिबाट तृतीय, चतुर्थ र पञ्चम भावमा गोचर गर्नेछन् । पुरुषार्थ देखाएर दाम समाउने अवसर प्राप्त हुनेछ। मंगलवार र बुधवार साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। प्रयत्न गर्दा आफन्तका माध्यमबाट लाभ उठाउन सकिनेछ। कृषि, पशुपालनमा फाइदा हुनेछ। शुभचिन्तकहरूले पनि साथ दिनेछन्। घरेलु काम सम्पादन हुनाले मनको डर उत्साहमा रूपान्तरित हुनेछ। यो साता प्रेम सम्बन्ध मिश्रित रहनेछ । विद्यार्थीको पढाईमा पनि मध्यम अवस्था रहनेछ । सहि योजनाका साथ निरन्तर परिश्रम आवश्यक देखिन्छ । साताको मध्यमा स्वास्थ्य बिग्रन सक्छ । वैचारिक मनमुटाव पनि बढ्नेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग गुलाबी वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img