२०८० माघ महिनाको मासिक राशिफल – ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार मासिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको यो महिना कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशिका लागि माघ महिना फलदायी रहनेछ । महत्त्वाकांक्षी काम प्रारम्भ गर्ने समय छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। लामाे समयदेखि चिताएकाे काम सम्पादन गर्न सकिनेछ। सामाजिक कामले लोकप्रियता दिलाउनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्ति हुने सम्भावना छ। दाम, इनाम र पुरस्कार प्राप्त गर्ने समय छ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। व्यापार तथा उद्योगतर्फ मनग्गे फाइदा हुनेछ भने काममा थप लगानी बढाउन सकिनेछ। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। स्वास्थ्यमा भने केही कमजोरी देखा पर्नसक्छ। चोटपटक लाग्ने योग देखिएकाले सवारी र हातहतियारको उपयोग गर्दा सावधानी अपनाउनुहोला। यो महिनाको लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग पहेँलो वा नीलो हो । कुनै शुभकर्म गर्नु अघि भैरवजीको स्मरण गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशिका लागि यो महिना मध्यम फलदायी रहनेछ । यो महिनामा केही चुनौतीहरूसँग संघर्ष गर्नुपर्ने स्थिति आउन सक्छ। व्यावहारिक दायित्वको बन्धनले स्वतन्त्रतामा बाधा पुर्याउनेछ। बन्धुबान्धव तथा गुरुजनसँग मतभेद देखापर्न सक्छ। प्रचलित ऐन तथा वैधानिक अड्चनले समेत बाधा पुर्याउनेछ। आपसी मतभेदले प्रेम र दाम्पत्यमा खटपटी निम्त्याउन सक्छ। तापनि सहयोगीहरूकाे साथ–सहयाेग प्राप्त हुनेछ। केही थकान, आलस्य र अस्वस्थताले पनि लक्ष्यप्राप्तिमा विलम्ब हुनेछ। प्रेममा असमझदारी बढ्नेछ भने काममा आफन्तको अवरोध देखापर्न सक्छ। तर, अनुभव, चुनौती र आवश्यकता नै कर्मयोगका प्रेरक बन्नेछन्। लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउनेछ। पहिले टाढिएका आफन्तहरू नजिकिनेछन्। समाजमा गुमेको स्थान प्राप्त हुनुका साथै आफ्नो वर्चस्व बढ्नेछ। अचल सम्पत्तिले उब्जाएको वादविवाद सम्झौतामा टुंगिनेछ। अर्थ अभावले सताए पनि गृहस्थी सुखद रहनेछ। यो महिनाको लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शन गरि कार्य प्रारम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशिका लागि यो महिना सामान्य रहनेछ । महिनाभरि कष्टभावमा रहने सूर्यको प्रभावले केही चुनौतीहरू देखापर्न सक्छन्। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। व्यवसाय र नियमित आयमूलक काम भने बन्नेछन्। सञ्चित रकम पनि खर्च हुने समय छ। भएकाे आम्दानी बाहिरिनाले अर्थ अभाव देखापर्ने छ। राजनीतिक तथा सामाजिक प्रभाव समेत कमजाेर बन्ने समय छ। परिस्थितिवश चिताएको लाभांश नउठ्नाले अर्थ अभाव देखापर्न सक्छ। दुर्भावना राख्नेहरूले दुःख दिनेछन्। लामो सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ। कब्जियत वा ढाड–कम्मर सम्बन्धी समस्याले सताउने समय छ। चोटपटकको योग देखिएकाले सवारी एवं हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। आँटेका काममा वैधानिक हस्तक्षेप हुने समय रहेकाले सजग रहनुहोला। शुभचिन्तकहरूको साथले मात्र चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ। यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु सूर्य भगवानको उपासना गरि कार्य आरम्भ गर्नाले शरीरमा आरोग्यता मिल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशिका लागि यो महिना शुभफलदायी रहनेछ। सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन, सवारी आदि जोड्ने समय छ। व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ। व्यापारमा मनग्गे लाभ हुनाले आर्थिक स्थितिमा सुधार आउनेछ। घर–गृहस्थीमा आइपर्ने समस्यालाई विशेष ध्यान दिनुहाेला। कार्यक्षेत्रमा जटिल समस्या सुल्झाउनैपर्ने चुनाैती आउन सक्छ। तापनि कर्मयाेगले विशेष उपलब्धि हासिल गर्ने माैका दिलाउनेछ। आस मारेको काम सम्पादन हुनाले उत्साह जाग्नेछ। विभिन्न अवसर प्राप्त हुनाले जोस–जाँगर बढ्नेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने साइत जुर्नेछ। अध्ययनको सफलताले विदेश जाने अवसर दिलाउन सक्छ। मित्रताको बन्धन अझ प्रगाढ हुनेछ। प्रेमसम्बन्धले वैवाहिक मार्ग अवलम्बन गर्ने समय छ। तर, अरूका विषयमा चासो राख्ने बानीले आत्मसम्मानमा चोट पुर्याउन सक्छ, सजग रहुनुहोला। यो महिनाको लागि शुभ अङ्क २,८ र शुभ रङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महाकालीजीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशिका लागि यो महिना विशेष फलदायी रहनेछ। पुरुषार्थी कामले उत्साह जगाउनेछ। नयाँ उद्योग वा व्यवसाय सुरु हुनेछ। आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ। आँटले काम लिँदा मनग्गे फाइदा हुनेछ। सानो प्रयत्नले महत्त्वाकांक्षी योजना, दिगो काम तथा नयाँ पेसा–व्यवसाय प्रारम्भ हुने समय छ। स्थापित पेसा–व्यवसायले नयाँ उचाइ तय गर्नेछ।अर्थ उपार्जनका विभिन्न स्रोत प्राप्त हुनेछन्। पहिलेका प्रतिस्पर्धीहरू नै सहयोगीका रूपमा देखा पर्नेछन्। विभिन्न अवसर प्राप्त हुनेछन्। वर्गीय हक–हितका लागि गरिएको प्रयत्नले दिगो फाइदा दिलाउनेछ। शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। साझेदारी तथा सगोलको सम्पत्तिमा केही विवाद आउन सक्छ। आफन्तसँग असमझदारी बढ्ने हुँदा व्यवहारमा सजग रहनुपर्ला। यो महिनाको लागि शुभ अङ्क २, ६ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशिका लागि यो महिना मिश्रित फलदायी रहनेछ । स्वास्थ्यमा मौसमी समस्या देखापर्न सक्छ। आँटेका काममा केही विलम्ब भए पनि शुभचिन्तकहरूको साथ जुट्नेछ। सन्तानका माध्यमबाट पनि लाभ मिल्ने समय छ। अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ। अज्ञानता र बलजफ्ती गर्ने प्रवृत्तिले काम बिग्रनेछ। आफ्ना बाध्यता र कमजाेरीबाट अरूले फाइदा उठाउन सक्छन्, सजग रहनुहाेला। टाढिएका आफन्तसँग भेटघाट तथा मेलमिलाप हुनेछ। गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला प्राप्त हुनेछ। परिस्थितिले साथ दिनेछ भने मनको डर उत्साहमा रूपान्तरित हुनेछ। बौद्धिक क्षमता बढ्नुका साथै अध्ययनमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। सानो प्रयत्नले आर्थिक स्थितिमा सुधार आउनेछ भने अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन्। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर पनि प्राप्त हुनेछ। यो महिनाको लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यान गरि आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशिका लागि यो महिना सामान्य रहनेछ । उच्च महत्त्वाकांक्षाले प्रश्रय पाउने हुँदा बुद्धि–विवेकले काम लिन नसकिएला। भूमिबाट प्रशस्त लाभ मिले पनि घर–जग्गा वा स्थायी सम्पत्तिमा केही विवाद आउन सक्छ। आमाको स्वास्थ्य बिग्रनाले त्यसप्रति चिन्ता बढ्नेछ। आफ्ना कमजोरीप्रति दाजुभाइले गुनासो गर्नेछन्। तर लचिलो व्यवहारले समस्याको गाँठो फुकाउन सकिनेछ। कृषि तथा व्यवसायमा सम्भावनाका नयाँ क्षेत्र फेला पर्नेछन्। अरूको भरपर्दा चिताएको काम रोकिन सक्छ। असंयम व्यवहारले समस्या निम्त्याउनेछ भने निकटजनहरूसँग बिनाकारण विवाद हुन सक्छ। तापनि, साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले परिस्थिति अनुकूल बनाउन सफल भइनेछ। मिहिनेत गर्दा व्यवसायमा फाइदै हुनेछ। लगनशीलताले अप्ठ्यारो ठानिएका काम पनि सम्पादन हुनेछन्। कृषितर्फ पछि फाइदा हुने कामे थालनी हुनेछ। भाग्यले मन मिल्ने प्रेमपात्र जुराउन सक्छ। यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग घ्यू रङ्ग वा खैरो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको स्मरण गर्नाले शरीरमा आरोग्यता मिल्नेछ ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशिका लागि माघ महिना विभिन्न अवसर जुट्नाले निकै लाभदायक रहनेछ । लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्नेछ। उद्योग–धन्दामा विशेष सफलता पाइनेछ।नयाँ कार्य थालनी हुनुका साथै उद्योग–धन्दा र व्यापारमा प्रशस्त लाभ हुनेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई पनि पद–प्रतिष्ठा प्राप्त हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन्। राजनीतिक क्षेत्रमा पनि पद–प्रतिष्ठा प्राप्त हुने ग्रहयोग छ। प्रतिस्पर्धीहरूले हार खानेछन्। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। घरमा सुख–समृद्धि बढ्नेछ। भूमिलगायत स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ। दाजुभाइबीच सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ। तापनि प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन्। प्रतिष्ठित काम शुभारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। यो महिनाको लागि शुभ अङ्क ७,८ र शुभ रङ्ग रातो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
धनु राशिका लागि माघ महिना मिश्रित रहनेछ । मिहिनेत गर्दा सामाजिक प्रतिष्ठा प्राप्त हुन सक्छ। व्यवसायले नयाँ गति लिनेछ। प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्न सकिनेछ। तर बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अप्ठ्यारा काममा हात हाल्नाले समस्याबाट बाहिरिन समय लाग्नेछ। पदकाे माेहले व्यर्थैमा श्रम, समय र धन खर्च हुनेछ। बोलीको लयमा कठोरताको आभास हुनाले सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन्। परिस्थितिले गलत मार्गमा अग्रसर गराउने सम्भावना देखिएकाले व्यवहारमा सजग रहनुपर्ला। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्नेछ। आँटेका काममा अनायासै चुनौती देखापर्न सक्छ। ठूलो आशा देखाउनेहरूबाट पनि धोका पाइनेछ। ठगीमा परिने समय रहेकाले धनमाल सुरक्षामा सजग रहनुपर्ला। टाउको र आँखासम्बन्धी समस्याले सताउन सक्छ। आफ्ना कमजोरीमाथि गुनासो बढ्न सक्छ। शुभचिन्तकहरूको सुझावलाई विशेष ध्यान दिनुहोला। यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग पर्पल वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ शरीरमा आरोग्यता मिल्नेछ ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
मकर राशिका लागि यो महिना मध्यम रहनसक्ने देखिन्छ । काममा आलस्य बढ्नेछ भने समयमा काम गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ। परिस्थिति संघर्षमय रहनाले चिताएको फाइदा नउठ्न सक्छ। अध्ययन तथा लेखनमा बाधा हुनेछ। अरूको सुझावविपरीत आफ्नो निर्णय लिँदा समस्यामा परिनेछ। आत्मसम्मानकाे बहानामा सहयाेगीहरू टाढिन सक्छन्। आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्नेछ। उच्च रक्तचाप, टाउको दुखाइ वा आँखाको समस्याले पनि सताउन सक्छ। आफन्तसँग असमझदारी बढे पनि समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। वस्त्र, भोजन वा सामान्य उपहार हातलागी हुने समय छ। कृषि तथा पशुधनबाट फाइदा पुग्नेछ। खर्च लागे पनि देश–विदेशको यात्रा गर्ने अवसर जुट्न सक्छ। तर, आम्दानी र खर्चको सन्तुलन मिलाउन नसक्दा अर्थअभावले सताउन सक्छ। यो महिनाको लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग सेतो या गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्यादि नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
कुम्भ राशिका लागि माघ महिना सामान्य रहनेछ । यस महिनामा केही व्यावहारिक उतारचढाव आउन सक्छन्। सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइनेछ। आम्दानीको तुलनामा बढी खर्च हुनाले आर्थिक समस्या देखा पर्न सक्छ। सामान्य किनमेलमा सञ्चित रकम खर्च हुनेछ। सरसापटमा गएको नगद, उठ्नुपर्ने रकम र लगानी अड्किनाले व्यवहारमा समस्या पर्न सक्छ। विदेश ताक्नेहरूलाई खर्च मात्र हुने समय छ। दौडधुप र लगनशीलताले मात्र काम सम्पादन हुनेछ। आश्वासन बाँड्नेहरूबाट सहयोगको आशा नराख्नुहोला। तापनि, शुभचिन्तकहरूको सहयोग र सद्भाव प्राप्त हुनाले चिताएको काम प्रारम्भ हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी केही फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा विदेश जाने अवसर प्राप्त हुनेछ। आफन्तजन बिनाकारण टाढिने सम्भावना रहेकाले संयमतापूर्वक व्यवहार गर्नुहोला। यो महिनाको लागि शुभ अङ्क १,८ र शुभ रङ्ग पर्पल वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महामृत्युञ्जय भगवानको ध्यान गरि आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
मीन राशिका लागि माघ महिना कार्यदायी रहनेछ । प्रारम्भमा केही समस्या देखिए पनि यो महिना उत्साहवर्धक रहनेछ। रोकिएका काम बन्नुका साथै आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। नोकरी तथा राजनीतिमा सम्मानित स्थान प्राप्त हुनेछ। चिताएकाे काम सजिलै सम्पादन हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ र आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। मानसम्मानका साथ आम्दानी बढ्नेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। सोख तथा विलासी मनोवृत्तिले खर्च बढाए पनि उत्साहजनक समाचार सुन्न पाइनेछ। भाग्यले असल प्रेमपात्र जुराउन सक्छ। कृषि, पशुधनबाट पनि यथेष्ट लाभ हुनेछ। घर–गृहस्थीमा मन रमाउनेछ। परिवारजनमा आत्मीय भाव र विलासिता बढ्नेछ। एकपछि अर्को गर्दै महत्त्वाकांक्षा पूरा हुन सक्छ। यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग हरियो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट लाभ मिल्नेछ ।