राशिफलमाघ २१ देखि माघ २८ गतेसम्मको साप्ताहिक राशिफल

माघ २१ देखि माघ २८ गतेसम्मको साप्ताहिक राशिफल

यस साताको लागि मेष, कर्कट, सिंह, कन्या, तुला, धनु र मकर राशिहरूले सकारात्मक परिणाम देख्ने अनुमान गरिएको छ। त्यसैगरी वृष, मिथुन, कुम्भ र मीन राशिहरूले मध्यम परिणाम देख्ने अनुमान गरिएको छ भने वृश्चिक राशिहरूको लागि यो साता मिश्रित परिणाम ल्याउने देखिएको छ। सबै राशिहरूलाई सल्लाह दिइएको छ कि शुभ कार्य गर्नुअघि आ-आफ्नो इष्ट देवताको आराधना गर्नुपर्छ। शुभ अंक र शुभ रंगको प्रयोग गर्दा पनि कार्य सफल हुन्छ। यस सातामा सबै राशिले आफ्नो क्षेत्रअनुसारका उतारचढाव भोग्नुपर्ने देखिन्छ। तर, सकारात्मक सोच, परिश्रम र इष्टदेवताको कृपाले सबैलाई सफलता मिल्ने ज्योतिषीय विवरणले देखाएको छ।

मेष –पढाइमा रुचि बढ्नेछ । प्रारम्भमा स्वास्थ्य चिन्ताले सताउन सक्छ। व्यावहारिक कठिनाइ देखा पर्नाले चिताएको काम रोकिन सक्छ। आशा देखाउनेहरूले धाेका दिनेछन्। आफ्ना कमजाेरीकाे फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। अरूकै काममा समय बित्नेछ र अपजस पाइनेछ। बिहीवारदेखि स्थितिमा सुधार आउनाले राेकिएका काम बन्न थाल्नेछन्। टाढिएका साथीभाइ नजिकिनेछन्। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग हरियो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व जानु अघि शिव भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृष –कार्य क्षेत्रमा सुधार आउनेछ । प्रियजनसँगको भेटघाटले सुरुआत रमाइलो रहे पनि यो साता केही उतारचढावमय रहनेछ। मंगलवारदेखि स्वास्थ्य कमजाेर हुने, खर्च बढ्ने र काम राेकिने सम्भावना देखिन्छ। श्रमपूर्वक काम गर्दा समेत जस नपाइनाले मन खिन्न रहनेछ। आफन्तसँग मनमोटाव बढ्नेछ र काम बिग्रने डरले सताउन सक्छ। तापनि मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। समस्या दर्साउँदा सहयोगीहरूकाे साथ–सहयाेग जुट्नेछ। सप्ताहान्तमा समस्या सुल्झाउँदै उपलब्धि प्राप्त गर्न सकिनेछ। काममा सफलता मिल्नेछ। यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सुन्तला वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

मिथुन – वैदेशिक यात्रामा शुभ फल देखिन्छ । पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउनेछ भने आँटले लक्ष्यमा पुर्याउन सक्छ। भौतिक साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। अध्ययनका सन्दर्भमा रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ। बिहीवारदेखि काम, दाम र स्वास्थ्यमा केही समस्या आउने सम्भावना देखिन्छ। आफ्नो क्षेत्राधिकार संकुचित बन्न सक्छ। अधिकार र प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान पुर्याउनुहोला। काम राेकिए पनि आम्दानी भइरहनेछ। यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो इष्ट देवताको स्मरण गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कर्कट – नयाँ सवारी साधनको योग छ । अग्रजको सल्लाहमा कार्य गरेमा सफलता मिल्नेछ । प्रारम्भमा कामको बोझले अध्ययनमा बाधा हुन सक्छ। खानपानकाे असावधानीले स्वास्थ्य कमजोर हुनेछ। अप्ठ्यारो बेलामा आफ्नैले दुःख दिनेछन्। मंगलवारदेखि स्थितिमा सुधार आउनुका साथै चुनौतीहरू सुल्झनेछन्। आँट र प्रतिभाद्वारा अरूलाई उछिन्न सकिनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। व्यवसायले रमाइलो यात्राको अवसर जुटाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। सप्ताहान्त भने अलि निराशाजनक रहनेछ। यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग गुलाबी वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

सिंह –सुरुमा पारिवारिक उल्झनले काममा बाधा पुग्नेछ। साइनो गाँस्नेहरूले केही दु:ख दिन सक्छन्। स्वास्थ्य चिन्ताले सताउनेछ भने पढाइको लक्ष्य प्राप्त नहुन सक्छ। चुनौतीपूर्ण कामको जिम्मेवारी एक्लै वहन गर्नुपर्ने हुन सक्छ। तापनि बिहीवारदेखि स्थितिमा सुधार आउनाले कामका बाधाहरू हट्नेछन्। प्रतिस्पर्धीहरूले हार खानेछन् र सफलताले उत्साह जगाउनेछ। मिहिनेत गर्दा लक्ष्यमा पुग्न सकिनेछ। रमाइलो यात्राको साइत जुर्नेछ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। सप्ताहान्तमा नाम र दाम हातपार्न सफल भइनेछ। यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग कालो वा सुन्तला रङ्ग हो । कुनै शुभकर्म गर्नु अघि शिवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कन्या – दाम्पत्य जीवनमा सफलताको योग देखिन्छ । तारिफयाेग्य काम गर्दै नाम, दाम र प्रतिष्ठा कमाउन सकिनेछ। प्रतिस्पर्धीहरूले सम्झौताको ढोका खोल्नेछन्। प्रारम्भ उत्साहपूर्ण देखिए पनि बीचमा केही व्यवधान देखापर्नेछन्। बेसुरमा निर्णय लिने बानीले समस्या निम्त्याउनेछ। काम बिग्रने डरले सताउन सक्छ। आफ्नैले धोका दिनेछन्। नजिकका साथीभाइसँग दूरी बढ्ने सम्भावना छ। साइनो–सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। सप्ताहान्तमा स्थिति अनुकूल बन्दै जानेछ। पहिलेका कमजोरीमा सुधार ल्याउन सकिनेछ। गुरुजनको प्रेरणाले अध्ययनमा हौसला मिल्नेछ। यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

तुला – अध्ययनमा सफलता मिल्ने छ । यो साता अलि संघर्षमय रहला। विद्यार्थीलाई भने उपलब्धिमूलक रहनेछ। धेरै बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। आँटेका काममा विभिन्न क्षेत्रबाट बाधा हुनेछ। तापनि मंगलवारदेखि भाग्यले साथ दिने हुँदा नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। दिगो काम बन्नाले लक्ष्य प्राप्ति हुनेछ। हिम्मत गर्दा भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। बिहीवार र शुक्रवार घरेलु समस्यामा अल्झनुपर्ला। आफन्तहरूको सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। अरूको भर पर्दा काममा धोका पाइनेछ। यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग पर्पल वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

वृश्चिक – सवारी साधन क्रयको योग रहेको छ । प्रारम्भमा स्राेत–साधन जुट्नाले काम बन्नेछन् र मिहिनेतले उपलब्धि प्राप्त गर्न सकिनेछ। रमाइलाे जमघट र भेटघाटमा मन रमाउनेछ। मंगलवार र बुधवार विवादास्पद जिम्मेवारी आउन सक्छ। ठूलो भागको आशा राख्दा प्रतिफल गुम्न सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। बिहीवार र शुक्रवार स्थिति अनुकूल बन्नेछ। विशेष उपहार तथा सुविधाका वस्तुहरू जुट्नेछन्। सहयोगीहरूले राम्रो साथ दिनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। सप्ताहान्तमा भने पारिवारिक समस्याले मन अशान्त रहनेछ। यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग रातो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

धनु – जग्गा जमिनको कार्य गरेमा राम्रो छ । ठूला र महत्वपूर्ण कार्यमा रुचि बढ्नेछ । प्रारम्भमा केही दौडधुपका साथ काममा जुट्नुपर्ला। खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। काम दोहोर्याउनुपरे पनि मंगलवारदेखि स्थितिमा सुधार आउनेछ। लाभांशले उत्साह जगाउनेछ र आवश्यकता पूरा हुनेछन्। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। रमाइलो जमघट र स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। बाेलीकाे प्रभाव बढ्नेछ। प्रशंसकहरूले तारिफ गर्नेछन् अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले नाम, दाम र इनाम पनि दिलाउन सक्छ। यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

मकर – सामाजिक पद प्रतिष्ठा मिल्नेछ । परिश्रमअनुसार राम्रै फल प्राप्त हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ। व्यवसायमा मनग्य लाभ हुनेछ। तर, बीचमा धन बाहिरिनाले अर्थ अभाव देखापर्न सक्छ। परिवारजनबाट टाढिनुपर्ने स्थिति आउन सक्छ। तापनि ठूलो काम लिएर यात्रा गर्ने साइत जुर्नेछ। साथीभाइ र शुभचिन्तक भेटिनेछन्। सप्ताहान्तमा अध्ययनमा प्रगति हुनेछ। स्वादिष्ट भोजन, उपहार र मानसम्मानको भागीदार भइनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग गुलाबी वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

कुम्भ – कार्यक्षेत्रबाट धन प्राप्तिको योग छ । प्रारम्भमा सामाजिक काममा प्रवृत्त भइनेछ। प्रतिष्ठित काम गरेर स्थापित हुने समय छ। नयाँ काम प्रारम्भ हुनेछ भने रचनात्मक कामको यश लिने अवसर प्राप्त हुनेछ। नोकरी र पेसा–व्यवसायमा प्रगति हुनेछ। व्यापार बढ्नेछ। अध्ययनले उचाइको बाटो समाउनेछ। तारिफयोग्य कामले विशिष्ट व्यक्तिसँग मित्रता गाँसिनेछ। आम्दानीका स्रोत जुट्नेछन्। भविष्यका लागि जग बसाउने अवसर जुट्नेछ। बिहीवार र शुक्रवार भने आकस्मिक खर्च बढ्नेछ। आफन्त टाढिनेछन्। काम राेकिनेछ र यात्रामा समस्या आउनेछ। यो साताका लागि शुभ अङ्क ३, ६ र शुभ रङ्ग गुलाबी वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मीन – प्रारम्भमा स्वास्थ्य कमजोर हुनाले अध्ययनमा बाधा हुनेछ। अरूको स्वार्थमा उपयोग भइनेछ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। मंगलवारदेखि स्थितिमा सुधार आउनुका साथै सामाजिक प्रतिष्ठा बढ्नेछ। सहयोगीहरूले समस्याको स्थितिबाट उकास्नेछन्। मिहिनेतले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। गुमेको स्थान प्राप्त हुनेछ। व्यापार बढ्नेछ र पेसा–व्यवसायमा मनग्य आम्दानी हुनेछ। सप्ताहान्तमा केही खर्च भने बढ्नेछ। यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यनारायणको दर्शन गरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img