यो साता राशिहरुका लागि मिश्रित फलदायी रहने छ। मेष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, कुम्भ र मीन राशिका जातकहरूका लागि सुरुमा केही चुनौती र समस्याहरू आए पनि साताको मध्य वा अन्त्य तिर सुधार आई सकारात्मक नतिजा प्राप्त हुने देखिन्छ। कार्यक्षेत्रमा सफलता, प्रसिद्धि, आर्थिक लाभ, मिहिनेतको उचित प्रतिफल, र व्यक्तिगत तथा पारिवारिक जीवनमा सुधार हुने संकेत छ। तर यी राशिका जातकहरूले स्वास्थ्य, खानपान र व्यवहारमा विशेष ध्यान दिनु जरुरी देखिन्छ। वृष, धनु र मकर राशिका जातकहरूका लागि भने यो साता राम्रो संकेत गर्दैन। सुरुमा राम्रो र सकारात्मक देखिए पनि साताको मध्य र अन्त्य तिर आर्थिक चुनौती, वाद-विवाद, र अप्ठ्यारा परिस्थितिको सामना गर्नु पर्ने हुन सक्छ। यी राशिका जातकहरूले गोपनीयता, संयम र समझदारीपूर्ण निर्णय गर्न आवश्यक छ। तत्काल धेरै नाफा वा उपलब्धिको अपेक्षा नगरी दीर्घकालीन योजना बनाउनु फाइदाजनक हुनेछ।
मेष – साता उतारचढावमय भएपनि अवसर र सहयोग प्राप्त हुनेछ। साता केही उतारचढावमय रहनेछ। प्रारम्भमा अस्वस्थताका बाबजुद कामको बोझ बढ्न सक्छ। तापनि अवसर पाइनेछ र सहयाेगीहरूले साथ दिनेछन्। कामकाे सन्दर्भमा अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ। अरूको स्वार्थमा उपयोग भइने सम्भावना छ। पेसा–व्यवसायमा केही उल्झन हुनेछ। तापनि बुधवारदेखि स्थितिमा सुधार आउनुका साथै राेकिएकाे काम गर्न सक्षम भइनेछ। मिहिनेतले फाइदा दिलाउनेछ। श्रम परे पनि आम्दानीका स्रोतहरू बढ्नेछन् र धन संग्रह हुनेछ। सप्ताहान्तमा उपलब्धि प्राप्त गर्न सफल भइनेछ।यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
वृष – सुरुमा राम्रो भएपनि पछि समस्या आउन सक्छ, सजग रहनुहोला। पहिलाे दिन रमाइलाे रहनेछ। प्रियजनसँग भेटघाट र यात्रा गर्ने अवसर जुट्न सक्छ। काम बन्नाले धनलाभ हुनेछ। साेमवारदेखि अप्ठ्यारा कामको बोझ थपिन सक्छ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि सजग रहनुहोला। धनमाल हराउने र ठगीमा परिने सम्भावना छ, सजग रहनुहाेला। अर्थ अभावले आँटेको काम समयमा गर्न नसकिएला। बुधवारदेखि स्थितिमा सुधार आउनेछ। प्रयत्न गर्दा नयाँ काम गर्न सकिनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले आँटेको काम बन्नेछ। सप्ताहान्तमा काम बन्नाले नाम, दाम र इनाम हातपार्न सकिनेछ । यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग पर्पल वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
मिथुन – मिहिनेतले अवसर दिलाउनेछ, भौतिक लाभ र प्रगति हुनेछ। मिहिनेतले अवसर दिलाउनेछ। पुरुषार्थ देखाएर दाम समाउने अवसर पनि प्राप्त हुनेछ। भौतिक साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। अध्ययनका सन्दर्भमा रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ। बुधवारपछि पेसा–व्यवसाय र स्वास्थ्यमा केही समस्या आउने सम्भावना छ। आफ्नो क्षेत्राधिकार संकुचित बन्न सक्छ। परिस्थितिवश चिताएको काम रोकिनेछ। मेसो नमिल्दा योजना अधुरै रहनेछ। अधिकार र प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान पुर्याउनुहोला। आम्दानी कम मात्र हुनेछ। यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
कर्कट – प्रारम्भिक चुनौतीपछि लक्ष्य पूरा हुने र लाभ प्राप्तिको योग छ। समयमा आँट गर्न नसक्दा काम राेकिनेछ। अध्ययनमा पनि त्यति ध्यान दिन नसकिएला। स्वास्थ्य समस्याले पनि सताउन सक्छ। सोमवारदेखि स्थिति अनुकूल बन्नुका साथै प्रयत्न गर्दा लक्ष्य पूरा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई तह लगाउन सकिनेछ। व्यापारमा फाइदा हुनेछ। कामले अरूलाई आकर्षित गर्न सकिनेछ। अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउने समय छ। रोकिएका धेरै काम बन्नेछन्। आम्दानीको दिगो स्रोत जुटाउन सफल भइनेछ। सप्ताहान्तमा भने अरूको भरपर्दा काम बिग्रन सक्छ। स्वास्थ्यका लागि विश्राम र खानपानमा ध्यान दिनुहोला। यो साताका लागि शुभ अङ्क ८,९ र शुभ रङ्ग सेतो वा आकाशे हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
सिंह – सुरुमा समस्या भएपनि पछि सुधार आई लाभ र सम्मान मिल्नेछ। प्रारम्भमा घरेलु समस्या देखापर्न सक्छन्। बेसुरमा वचन दिने बानीले काममा समस्या उत्पन्न होला। अध्ययनमा समय दिन नसक्दा पछि परिनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। तर अरूको भरपर्दा काम बिग्रन सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। बुधवारपछि स्थितिमा सुधार आउनुका साथै चुनौतीहरू सुल्झनेछन्। आँट र प्रतिभाद्वारा बिस्तारै अरूलाई उछिन्न सकिनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। सप्ताहान्तमा रमाइलाे यात्राका बीच मानसम्मान प्राप्त हुनेछ। यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग गाढा खैरो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको दर्शन गरी यात्रा गर्दा अधिक लाभ मिल्नेछ ।
कन्या – रोकिएका काम बन्ने र जीवनशैलीमा सकारात्मक परिवर्तन आउनेछ। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। तर सोमवारदेखि पारिवारिक असमझदारी बढ्न सक्छ। अरूको भर पर्दा महत्वाकांक्षा अधुरो रहनेछ। ईर्ष्या गर्नेहरूले सताउनेछन्। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा मन एकाग्र नहुन सक्छ। आँट गर्न नसक्दा काममा पछि परिनेछ। अप्रिय समाचारले मन भारी हुनेछ। तापनि सप्ताहान्त अनुकूल देखिन्छ। मिहिनेत गर्दा पहिलेका कमजोरीमा सुधार ल्याउन सकिनेछ। स्रोत–साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ। यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग रातो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
तुला – उतारचढावपूर्ण रहेपनि मिहिनेतले अवसर दिलाई लाभ दिनेछ। साता उतारचढावमय रहनेछ। अध्ययनमा समय दिन नसकिएला। पहिलेको सम्झौताले समस्या निम्त्याउने देखिन्छ। कुरा लगाउनेहरूबाट सजग रहनुहाेला। सोमवार र मंगलवार स्थितिमा सुधार आउनुका साथै चिताएका काम गर्न सफल भइनेछ। सहयोगीहरूले मनग्य फाइदा दिलाउनेछन्। मिहिनेतले अवसर दिलाउनेछ भने प्रतिस्पर्धीहरूले हार खानेछन्। बुधवारपछि पारिवारिक असमझदारीले काममा बाधा पुग्न सक्छ। अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। बुद्धिको उपयोगले मात्र उपलब्धि जाेगाउन सफल भइनेछ। यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग हरियो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।
वृश्चिक – प्रारम्भिक चुनौतीपछि सुधार आई सफलता प्राप्त हुनेछ। सुरुमा रमाइलाे भेटघाट भए पनि व्यावहारिक कमजाेरीले परिस्थिति असहज हुन सक्छ। फजुल खर्च बढ्नुका साथै वादविवादमा परिने सम्भावना छ। दाेष देखाउनेहरूले काम बिगार्न सक्छन्। अवसर देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ । बुधवारपछि स्थितिमा सुधार आउनुका साथै चुनौतीहरू सुल्झनेछन्। आँट र प्रतिभाद्वारा बिस्तारै अरूलाई उछिन्न सकिनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। सप्ताहान्तमा विगतका कमजोरी बाहिर आउनाले समस्यामा परिने सम्भावना छ, सजग रहनुहाेला। यो साताका लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूव विष्णु भगवानको स्मरण गरी कार्य प्रारम्भ गर्नले अधिक सफलता मिल्नेछ ।
धनु – आर्थिक चुनौती भएपनि पछि अवसर प्राप्त हुनेछ। प्रारम्भमा खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। काम बिग्रने भयले पनि सताउनेछ। सोमवार र मंगलवार भने स्थिति अनुकूल बन्नाले विभिन्न अवसर प्राप्त हुने देखिन्छ। शुभचिन्तकहरूले साथ दिनेछन् भने मिहिनेत गर्दा आँटेको काम बन्नेछ। बुधवारपछि वादविवादमा परिने समय छ। आलोचकहरूले छिद्र खोतल्ने हुँदा गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्दा दु:ख पाइनेछ। तापनि सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ। सहयोगीहरू जुट्नाले राेकिएकाे काम बन्नेछ। साथीभाइले सहयाेग जुटाउनेछन्। यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग सिन्दुरे वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको आरधना गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
मकर – धनलाभ र सकारात्मक परिवर्तनपछि केही चुनौती आउन सक्छ। सुरुमा मनग्य धनलाभ हुनाले मन उत्साहित बन्नेछ। लामो समयदेखिको खाँचो टर्नेछ भने जीवनशैलीमा परिवर्तन आउन सक्छ। सोमवार र मंगलवार भने खर्चिलो रहनेछ। सञ्चित धन अपुग हुनाले थप रकम जुटाउन कर्जा लिनुपर्ला। अर्थ अभावले चिताएको काममा बाधा पुग्नेछ। बुधवारदेखि रमाइलो भेटघाट हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने व्यवसायले उचाइको मार्ग अवलम्बन गर्नेछ। आँटले काम सम्पादन हुनेछन्। विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्न सक्छ। सप्ताहान्तमा भने केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने देखिन्छ। यो साताका लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो अविभावकको सल्लाह लिएर कार्य गर्नाले राम्रो हुन्छ ।
कुम्भ – तारिफ, लोकप्रियता र आर्थिक लाभ प्राप्त हुने सुनौलो अवसर छ। तारिफयाेग्य कामले समाजमा स्थापित गराउन सक्छ। एकपछि अर्को अवसर आउनाले काममा पनि उत्साह जाग्नेछ। आफन्त र साथीभाइकाे सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर लोकप्रियता हासिल गर्न सकिनेछ। आम्दानीका विभिन्न स्रोत जुट्नेछन्। पेसा र व्यापारमा मनग्य लाभ हुनेछ। बुधवारपछि आकस्मिक खर्च बढ्नाले अर्थअभाव देखापर्नेछ। अरूका लागि समेत खर्च गर्नुपर्ने पनि सक्छ। समयमा होसियार नबन्दा काममा बाधा पुग्नेछ। तापनि खर्च गर्दा यात्रा गर्ने अवसर जुट्नेछ। सप्ताहान्तमा अवराेध हट्नेछन् र फाइदा हुनेछ। यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।
मीन – सुरुमा अप्ठ्यारो भएपनि पछि प्रसिद्धि, आम्दानी र सफलता मिल्नेछ। सुरुमा अस्वस्थताका बीच नयाँ जिम्मेवारी थपिन सक्छ। काममा बाधा र चुनौती देखिनेछन्। अरूको स्वार्थमा उपयोग भइनेछ, सजग रहनुहोला। सोमवारदेखि स्थितिमा सुधार आउनुका साथै राजनीति र नोकरीमा प्रसिद्धि बढ्नेछ। कीर्तिमानी काम गर्ने अवसर जुट्नुका साथै आम्दानीसमेत बढ्नेछ। व्यवसायबाट सोचेको लाभ मिल्नेछ। अरूको मन जितेर लाभ उठाउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। सप्ताहान्तमा अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। सञ्चित रकम बाहिरिनुका साथै फजुल खर्च पनि बढ्न सक्छ। यो साताका लागि शुभ अङ्क ३,५,र शुभ रङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महामृत्युञ्जय भगवानको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।