Tuesday, December 3, 2024
राशिफल२०८१ साउन २६ गतेदेखी ३२ गतेसम्मको साप्ताहिक राशिफल

२०८१ साउन २६ गतेदेखी ३२ गतेसम्मको साप्ताहिक राशिफल

यो हप्ता सबै राशिका लागि विभिन्न उतारचढावका संकेत छन्। केही राशिमा प्रारम्भमा स्वास्थ्य समस्या देखिन सक्छ भने कतिपयले आर्थिक लाभ र मनग्य फाइदा पाउनेछन्। पारिवारिक मतभेद र सामाजिक समस्याहरूले तनाव निम्त्याउन सक्छ तर अन्त्यमा स्थिति सुधार हुनेछ। केहीलाई मित्र र शुभचिन्तकहरूको साथ मिलेर चुनौतीहरू पार गर्न सजिलो हुनेछ भने अरूलाई धोका पाउने सम्भावना छ। पेसा-व्यवसायमा लाभको अवसर मिल्नेछ भने वैदेशिक यात्राको अवसर पनि आउनेछ। प्रेम जीवनमा सुधार हुनेछ र अध्ययन तथा प्रतिस्पर्धामा सफलता पाइनेछ। सप्ताहको अन्त्यमा परिस्थिति अनुकूल बन्नेछ।

मेष
साताको सुरुमा प्रियजनसँग रमाइलो भेटघाट हुने भएकाले मन उत्साहित रहनेछ। तर, बिना तयारी खर्चिलाे काम थाल्नाले आर्थिक समस्या आउन सक्छ। वादविवादबाट टाढा रहनु उचित हुनेछ। मंगलवार र बुधवार कामको बोझ बढ्दा स्वास्थ्यमा कमी महसुस हुन सक्छ। अप्ठ्याराे समयमा आफन्त टाढिन सक्छन् र केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्नेछ। सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ र भाग्यले साथ दिनेछ। विशिष्ट व्यक्तिहरूको नजिक आउने समय छ। सानो प्रयत्नले काममा सफलता मिल्नेछ। मिहिनेतले नाम, दाम र इनाम हातलागी हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। मानसिक चिन्ता भए पनि कार्यक्षेत्रमा प्रगति हुनेछ। प्रेमका कोपिलाहरू फक्रिनेछन्। अध्ययन कमजोर हुन सक्छ तर पारिवारिक सद्भाव बढ्नेछ। मंगलबार र बुधबार तुलनात्मक रूपमा कमजोर दिन हुनेछन्। यो साताको विशेष दिन बिहीबार हो, र सप्ताहको फलदायी प्रतिशत ७०% हुनेछ।

वृष
साताको प्रारम्भमा केही जटिल काम भए पनि सकारात्मक हुनेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ र शत्रु तथा राेगबाट छुटकारा पाइनेछ। रोकिएका काम बन्नाले नयाँ कर्मतर्फ अग्रसर भइनेछ। अनुभवको आधारमा उपलब्धि हात पर्ने समय छ। आफन्तसँग भेटघाट र विशेष सम्मान प्राप्त हुनेछ। पेसा–व्यवसायमा मनग्य लाभ हुनेछ। तर, सप्ताहान्तमा स्वास्थ्यमा कमजाेरीको सम्भावना छ। अरूको भर पर्नु जोखिमपूर्ण हुन सक्छ। समस्या आएको खण्डमा शुभचिन्तकको साथ पाइनेछ। आम्दानी सामान्य नै हुनेछ। टाढिएका मित्रसँग पुनः नजिकिने समय छ। प्रणयप्रसङ्गका लागि यो समय राम्रो छ। सप्ताहको मध्य भागमा झन्झटिलो काममा संलग्न हुनुपर्नेछ। यो साताको विशेष दिन आइतबार हो, र सप्ताहको फलदायी प्रतिशत ७५% हुनेछ।

मिथुन
मिहिनेत गर्दा लक्ष्य पूरा हुनेछ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। साहसले चिताएको काम सम्पन्न हुनेछ। विद्यार्थीहरूका लागि सफलताकाे समय छ। मंगलबारदेखि महत्त्वाकांक्षी काम एक्लै गर्ने प्रयासले समस्या आउन सक्छ। आफ्ना कमजोरीकाे फाइदा उठाउनेहरू धेरै हुनेछन्। स्वास्थ्य कमजोर हुनेछ र धन खर्चनुपर्नेछ। परिस्थितिको कारण कार्यसम्पादनमा ढिलाइ हुनेछ। विवादास्पद काममा सहभागी नहुनु राम्रो हुनेछ। आफ्नैबाट धोका पाउने सम्भावना छ। योजना सार्वजनिक नगर्नु उचित हुनेछ। पारिवारिक उल्झनमा पर्ने सम्भावना छ। सरकारी निकायको भय रहला। यो साताको विशेष दिन मंगलबार हो, र सप्ताहको फलदायी प्रतिशत ६५% हुनेछ।

कर्कट
साताको प्रारम्भमा उतारचढाव हुनेछ। फाइदा हुने काम भए पनि बीचमा अप्ठ्यारो परिस्थिति आउन सक्छ। साइनो गाँस्नेहरूबाट सजग रहनुपर्नेछ। सहयाेगीहरूले धोका दिन सक्नेछ भने आफन्त टाढा हुनाले पीडा पाउन सकिनेछ। मंगलबारदेखि स्थितिमा सुधार आएर कामका बाधाहरू हट्नेछन्। अध्ययनमा प्रगति हुनेछ र टाढाको यात्रा गर्ने अवसर आउन सक्छ। आर्थिक पक्ष सबल बन्नुका साथै भौतिक साधन जुटाउन सफल भइनेछ। हरेस खाएको काम सफल हुनेछ। राेग र शत्रुमाथि विजय प्राप्त हुनेछ। सप्ताहान्तमा खर्च बढे पनि नयाँ सामग्री प्राप्त हुनेछ। राजनैतिक तथा समाज सेवामा मन लाग्नेछ। इस्टमित्रहरूसँग मेलमिलाप हुनेछ। यो साताको विशेष दिन सोमबार हो, र सप्ताहको फलदायी प्रतिशत ७०% हुनेछ।

सिंह
विशेष अवसर प्राप्त हुनाले ठूलै काम गर्न सकिनेछ। दिगो फाइदा हुने कामको शुभारम्भ हुनेछ। पुरुषार्थ देखाएर दाम आर्जन गर्ने अवसर प्राप्त हुनेछ। मंगलबार र बुधवार पारिवारिक मतभेदले उल्झन आउन सक्छ। तर, शुभचिन्तकहरूको साथ जुट्नाले चिताएको काम गर्न सकिनेछ। बुद्धिको उपयोगले काम सम्पादन हुनेछ। बिहीबारदेखि स्थिति अनुकूल हुनेछ। तर्कशक्ति बढ्नेछ र शैक्षिक गतिविधिमा उपलब्धि प्राप्त हुनेछ। प्रतिस्पर्धीले हार खानेछन्। पुरुषार्थी काम बन्नाले जोश र उत्साह बढ्नेछ। बुद्धिको उपयोगले जटिल कामहरू पनि सम्पन्न हुनेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। प्रेममा सफलता पाइनेछ। यो साताको विशेष दिन बिहीबार हो, र सप्ताहको फलदायी प्रतिशत ८०% हुनेछ।

कन्या
साताको प्रारम्भमा केही उतारचढाव हुनेछ। सुरुमा आलस्यले काममा बाधा आउन सक्छ। आफ्नै कमजोरीले आलोचना सहनु पर्नेछ। स्वास्थ्य कमजोर हुनेछ भने अध्ययनमा समय दिन नसकिएला। सामाजिक परिस्थिति असहज बन्न सक्छ। सहयोगीहरू पछि हट्नेछन्। अरूको भरपर्दा काम सम्पन्न नहुन सक्छ। घरेलु समस्याहरूको कारण सतर्क रहनु पर्नेछ। शुभचिन्तकहरू टाढा हुनाले दु:ख पाइनेछ। पारिवारिक समस्याहरूले सताउन सक्छ। सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ। मित्रहरूको सहयोग मिल्नेछ। राजनैतिक र वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। यो साताको विशेष दिन मंगलबार हो, र सप्ताहको फलदायी प्रतिशत ६५% हुनेछ।

तुला
अवसर प्राप्त भए पनि समयमा काम नगर्दा पछि परिनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनु पर्नेछ। सुरुमा भेटघाटको आनन्द भए पनि वादविवादले खिन्नता बढाउन सक्छ। अवसरवादीहरूले आफ्नो कमजोरीको फाइदा उठाउने प्रयास गर्नेछन्। केही चुनौतीहरूको सामना गरेपछि मात्रै अघि बढ्न सकिनेछ। लगनशीलताले स्थितिमा सुधार ल्याउनेछ। बिस्तारै कामका बाधाहरू हट्नेछन्। सप्ताहान्तमा स्थिति अनुकूल हुनेछ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। शुभचिन्तकहरूको साथ मिल्नेछ। भविष्यका चुनौतीहरू पन्छाउन सफल भइनेछ। महत्त्वपूर्ण कार्यहरूमा व्यवधान आउन सक्छ। घरमा अतिथिको आगमन हुनेछ। यो साताको विशेष दिन बिहीबार हो, र सप्ताहको फलदायी प्रतिशत ७०% हुनेछ।

वृश्चिक
साताको प्रारम्भमा खर्च बढ्नाले आर्थिक अभाव देखापर्ला। बेलामा होस नपुर्याउँदा काम दाेहाेर्याउनुपर्ने हुन सक्छ। सहयाेगीहरूले यात्राको अवसर दिलाउनेछन्। मंगलबारदेखि भेटघाट, पहिरन र भोजभतेरको आनन्द पाइनेछ। तर, अवसरवादीहरूबाट सावधान रहनु पर्नेछ। पेटकाे खराबीले स्वास्थ्यमा कमी आउन सक्छ। आगन्तुकहरूले काममा बाधा पुर्याउन सक्छन्। सप्ताहान्तमा मान-सम्मानका साथ विशेष उपहार प्राप्त हुने समय छ। व्यापारमा मनग्य फाइदा हुनेछ। मेहनतीहरूले समयको साथ पाउनेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ। यो साताको विशेष दिन मंगलवार हो, र सप्ताहको फलदायी प्रतिशत ७५% हुनेछ।

धनु
साताको प्रारम्भमा काम बन्नाले मनग्य धनलाभ हुनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। सरसापटमा गएको धन फिर्ता नआउन सक्छ। व्यावहारिक समस्या सुल्झाउन सापट वा कर्जा लिनुपर्ला। विदेश जान चाहनेहरूका लागि मंगलबार वा बुधवार राम्रो समय हुनेछ। काम बन्ने संकेतले लगानीको जोहो गर्नुपर्ने हुन सक्छ। अनावश्यक घुमघाम र किनमेलमा रकम खर्च नगर्नु उचित हुनेछ। सप्ताहान्तमा रमाइलो पारिवारिक भेटघाट हुनेछ। मनपर्ने वस्त्र, भाेजन आदिकाे आनन्द प्राप्त हुनेछ। आफन्तकाे सहयाेगले धेरै समस्या समाधान हुनेछ। दिगो काममा लगानी गर्ने अवसर पनि प्राप्त हुनेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। यो साताको विशेष दिन आइतबार हो, र सप्ताहको फलदायी प्रतिशत ७०% हुनेछ।

मकर
कामकाे प्रतिफल प्राप्त हुने समय छ। दिगो काम प्रारम्भ हुनेछ। शुभचिन्तकहरूकाे सहयाेगले अप्ठ्याराे काम पनि सम्पन्न हुनेछ। पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। आफन्त र साथीभाइबाट काममा सहयोग मिल्नेछ। लगनशीलताले लाेकप्रियता पनि प्राप्त हुनेछ। व्यापार बढ्नेछ र मनग्य आम्दानी हात पर्नेछ। उठ्नुपर्ने रकम प्राप्त हुनेछ। बिहीबारपछि फजुल खर्च हुने सम्भावना छ। समयमा होसियार नबन्दा मालमत्ता हर

ाउन सक्छ। ऋणको भारले सताउन सक्छ। खर्च बढेपनि सुखका साधन जुटाउन सफल भइनेछ। सन्तान वा आफन्तबाट खुसी प्राप्त हुनेछ। यो साताको विशेष दिन सोमबार हो, र सप्ताहको फलदायी प्रतिशत ७०% हुनेछ।

कुम्भ
साताको प्रारम्भमा सजिलै प्रगति हुने देखिए पनि सोचेभन्दा फरक नतिजा आउन सक्छ। योजनाबिना गरिएको यात्रा समस्याको कारण बन्नसक्छ। मिहिनेतको फल समयमै नआउन सक्छ। विशेष योजना सफल नहुन सक्छ। मंगलबार र बुधवार चुनौतीपूर्ण हुनेछ। व्यापारमा लगानीको अवसर प्राप्त हुनेछ। पारिवारिक उल्झनमा फसिने सम्भावना छ। समयसंगत क्रियाकलापले मात्र सफलता मिल्नेछ। तर, नयाँ योजना बनाउन नसकिएला। हडबडले काममा बाधा पुर्याउनेछ। चलाखीपूर्ण व्यवहार गर्दा फाइदा हुनेछ। सोचेजस्तै सफलता पाइनेछ। सप्ताहको अन्त्यमा स्थिति सुधार हुने देखिन्छ। यो साताको विशेष दिन मंगलबार हो, र सप्ताहको फलदायी प्रतिशत ६५% हुनेछ।

मीन
साताको प्रारम्भमा स्वास्थ्यमा समस्या देखिन सक्छ। व्यक्तिगत काममा अलमलिने समय हुनेछ। बुधबारदेखि स्थितिमा सुधार हुनेछ। अरूकाे भरपर्दा काममा बाधा पुग्न सक्छ। तर, आफन्तहरूको सहयोगले समस्या टर्नेछ। हडबडले बिसञ्चाे बढाउनेछ। खर्च बढेपनि धन प्राप्तिको योग छ। वैदेशिक क्षेत्रमा केही फाइदा मिल्नेछ। ब्यापारमा फाइदा हुनेछ। सहयोगीहरूबाट साथ पाउने समय छ। मानसिक चिन्ता हट्नेछ। सन्तान पक्षबाट सुख पाउन सकिनेछ। प्रेम जीवनमा सुधार हुनेछ। यो साताको विशेष दिन शुक्रबार हो, र सप्ताहको फलदायी प्रतिशत ७५% हुनेछ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img