राशिफलमंसिर १२ देखि १८ गते सम्म निकै राम्रो छ यी राशिको भाग्य,...

मंसिर १२ देखि १८ गते सम्म निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल

ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको यो साता कस्तो रहनेछ ?मंसिर १२ देखि १८ गते सम्म निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
समयमा आँट गर्न नसक्दा काममा केही चुनौती देखा पर्नेछन्। पठनपाठनमा त्यति ध्यान दिन नसकिएला। स्वास्थ्यमा समस्या देखिन सक्छ। साेमवारदेखि स्थिति अनुकूल बन्नाले प्रयत्न गर्दा लक्ष्य पूरा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई तह लगाउन सकिनेछ। व्यापारमा फाइदा होला। कामले अरूलाई आकर्षित गर्न सकिनेछ। अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउने समय छ। रोकिएका धेरै काम बन्नेछन्। मिहिनेतले आम्दानीको दिगो स्रोत जुटाउन सफल भइनेछ। सप्ताहान्तमा स्वास्थ्य कमजाेर बन्न सक्छ, सजग रहनुहाेला।

वृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रारम्भमा घरेलु समस्या देखापर्न सक्छन्। बेसुरमा वचन दिने बानीले काममा समस्या उत्पन्न होला। विश्वासपात्रबाटै धोका हुने सम्भावना देखिएकाले सजग रहनुपर्ला। पेटको खराबीले पनि सताउन सक्छ। पढाइलेखाइमा ध्यान दिन नसकिएला। आँटेको काम रोकिनाले पछि परिनेछ। बुधवारदेखि स्थितिमा सुधार आउनुका साथै विभिन्न कार्य सम्पादन गर्न सकिनेछ। पहिले दुःख दिनेहरू सहयाेगीका रूपमा देखापर्नेछन्। सप्ताहान्तमा रमाइलाे यात्राकाे याेग छ। व्यापारमा फाइदा हुनेछ भने आर्थिक पक्ष सबल बन्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रारम्भमा केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। आँटेको काम रोकिनाले व्यवहारमा पछि परिनेछ। आफ्नो उपलब्धिमा अरूले दाबी गर्न सक्छन्। बीचमा पारिवारिक असमझदारीले काम राेकिएला। अरूको भर पर्दा महत्त्वाकांक्षा अधुरो रहनेछ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा मन एकाग्र नहुन सक्छ। अप्ठ्याराे परिस्थितिमा साथ दिनेहरू थाेरै हुनेछन्। अप्रिय समाचारले मन भारी हुनेछ। तापनि मिहिनेत गर्दा सप्ताहान्त फलदायी रहनेछ। लगनशीलताले काम बनाउन सकिनेछ। खर्चकाे मात्रा बढ्न सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रारम्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि अध्ययन र व्यापारमा फाइदा हुनेछ। तर, कुरा लगाउनेहरूबाट सजग रहनुपर्ला। सोमवार, मंगलवार आफ्नो लाभांश हातलागी हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। मिहिनेतले काममा सफलता दिलाउनेछ भने प्रतिस्पर्धीहरूले हार खानेछन्। बुधवारपछि पारिवारिक असमझदारीले काममा बाधा पर्नेछ। आफ्ना कमजोरीको छिद्र खोतल्नेहरू सक्रिय रहनेछन्। बुद्धिको उपयोगले काम लिने कोसिस गर्नुहोला। सप्ताहान्तमा स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रारम्भमा रमाइलो पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। स्वास्थ्य भने अलि कमजोर रहनेछ। सोमवारपछि परिस्थिति अलि असहज हुन सक्छ। फजुल खर्च बढ्नुका साथै वादविवादमा परिने सम्भावना छ। अध्ययनमा समय दिन नसकिएला। बुधवार र बिहीवार स्थिति अनुकूल बन्नाले धेरै काम सम्पादन गर्न सकिनेछ। पहिलेका समस्या समाधान हुनेछन्। पराक्रम बढ्नाले नयाँ कामतर्फ आकर्षित भइनेछ। सप्ताहान्तमा आफन्तबीच असमझदारी बढ्ने र काम राेकिने सम्भावना देखिन्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रारम्भमा खर्चिलाे कामले अर्थअभाव निम्त्याउन सक्छ। खर्च लागे पनि लामाे यात्राकाे साइत जुर्नेछ। टाढाका आफन्त भेटिनेछन्। तर साताभरि विविध समस्या आइरहनेछन्, समाधान गर्दैमा समय बित्नेछ। रमाइलाे परिस्थितिमा पनि काम बिग्रने भयले आनन्दकाे श्वास फेर्न फुर्सद नपाइएला। बुधवारपछि आलोचकहरूले आफ्ना छिद्र खोतल्ने प्रयत्न गर्लान्, गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। विवादास्पद जिम्मेवारीले चुनौती पनि निम्त्याउन सक्छ। तापनि अप्ठ्यारो समयमा गरिएको मिहिनेतले फाइदा हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रारम्भमा मनग्य आम्दानी हातलागी हुनेछ। तर पछिका लागि सञ्चय भने नहुन सक्छ। साेमवार र मंगलवार केही अनियन्त्रित खर्च हुन सक्छ। अर्थ अभावले चिताएको काममा बाधा पुग्नेछ। नजिकका साथीभाइ टाढिनेछन् तर टाढाका साथीसँग सम्बन्ध विस्तार गर्न सकिनेछ। बुधवार र बिहीवार परिस्थिति अनुकूल बन्नाले अभीष्ट पूरा गर्न सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्न सक्छ। तर चुनाैतीपूर्ण जिम्मेवारी वहन गर्दैमा समय बित्नेछ। सप्ताहान्तमा केही विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्ने हुन सक्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
एकपछि अर्को अवसर आउनाले साता उत्साहवर्द्धक रहनेछ। आफन्त र साथीभाइबाट काममा सहयोग मिल्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्य धन संग्रह हुनेछ। दिगो फाइदा हुने काम सुरु गर्ने अवसर प्राप्त हुनेछ। बुधवार र बिहीवार भने फजुल खर्च बढ्न सक्छ। समयमा होसियार नबन्दा काममा बाधा पुग्नेछ। प्रयत्न गर्दा यात्राको अवसर जुट्ने र आफन्त भेटिने समय छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
शरीर अस्वस्थ रहे पनि कामको जिम्मेवारी बढ्न सक्छ। शुभचिन्तकहरूले काममा साथ–सहयाेग पनि जुटाउनेछन्। सोमवारदेखि नयाँ काम थालनी हुने सम्भावना छ। मिहिनेतले नाम र दाम प्राप्त हुनेछ। राजनीति र नोकरीमा पनि प्रसिद्धि बढ्नेछ। व्यवसायबाट सोचेको लाभ मिल्नेछ। अरूको मन जितेर फाइदा उठाउन सकिनेछ। कीर्तिमानी काम गर्ने अवसर जुट्नुका साथै आम्दानीसमेत बढ्नेछ। उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ। सप्ताहान्त खर्चिलाे रहनेछ। अरूको स्वार्थमा उपयोग भइनेछ, सजग रहनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रारम्भमा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। तर अस्वस्थताबीच कामको बोझ थपिन सक्छ। साेमवार र मंगलवार अरूका लागि समय खर्चनुपर्ने हुन सक्छ। अवसरका लागि चुनौतीसँग लड्नुपर्ला। बुधवारदेखि नियमित काम बन्न थाल्नेछन्। ईर्ष्या गर्नेहरूले हार खानेछन् भने काम गरेर उपलब्धि हातपार्ने समय छ। मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै कीर्तिमानी काम गर्ने अवसर मिल्नेछ। शुक्रबारदेखि आर्थिक स्थितिमा सुधार आउनेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने मेहनत गर्दा काम बन्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रियजनसँगको भेटघाटले सुरुआत रमाइलो रहनेछ। लगनशीलताले राम्रै फाइदा दिलाउनेछ। विशेष उपहार प्राप्त हुने समय छ। यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान पाइएला। तर सोमवार र मंगलवार भने अस्वस्थता र व्यावहारिक झमेला समेत आइलाग्न सक्छन्। आकस्मिक खर्च पनि बढ्न सक्छ। बुधवारदेखि शुभचिन्तकहरूकाे साथ, सहयाेग पाइनेछ। स्वास्थ्य कमजाेर रहे पनि व्यावहारिक झमेला समाप्त हुनेछन्। सप्ताहान्तमा नयाँ काम आँट्न सकिनेछ। मिहिनेतले उपलब्धि पनि दिलाउनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रारम्भमा केही विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि हिम्मतले काम लिँदा लाभ मिल्नेछ। पुरुषार्थी काम बन्नाले जोश–जाँगर पनि बढ्नेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ भने पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। प्रेम र मित्रताकाे बन्धन कसिलाे हुनेछ। विलासी प्रवृत्तिले धन खर्च गराउन सक्छ। बुधवारदेखि स्वास्थ्य कमजाेर रहनेछ। सामान्य आम्दानी भए पनि काम बिग्रने डरले सताउन सक्छ। सहयाेगीहरू टाढिनेछन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img