राशिफलपाथिभरा माताले सबैको रक्षा गरुन, पुस १३ गते मंगलबार, थाहा पाउनुहाेस् तपाईँकाे...

पाथिभरा माताले सबैको रक्षा गरुन, पुस १३ गते मंगलबार, थाहा पाउनुहाेस् तपाईँकाे राशिफल

१३ पुस,२०७८, डिसेम्बर २८ तारिक मंगलबार । पौषकृष्णपक्ष नवमी, चित्रा नक्षत्र, शोभन योग, चन्द्रमा कन्या राशिमा छ । मंगलबारको दिन गणेश र हुनमानको पूजा गर्ने दिन हो ।

हरेक मंगलबारको दिन कुनै नयाँ काम गर्न पनि सकिन्छ । आजको देवता बृहस्पति र ग्रहदेव सूर्य रहेको छ । त्यसैले आज बिहानको सूर्यको दर्शन गरी दिनको कार्य शुरुवात गर्नुभयो भने दिन सफल हुनेछ । आज सूर्योदय बिहान६ः५५ र सूर्यास्त ५ बजेर १६ मिनेटमा हुनेछ ।मंगलबारका दिन बिहान आफ्नो बसोबास भएको नजिकको कुनै गणेश मन्दिरको परिक्रमा गर्नुहोला । काठमाडौंको कमलादीस्थित गणेश मन्दिर र वसन्तपुरमा रहेको मरु गणेश मन्दिरमा दर्शनार्थी दर्शनका लागि जाने गर्दछन् ।

आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :  हरेक मंगलबारका दिन मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । व्यापारबाट पनि लाभ मिल्नेछ ।  दैनिक उपभोग बाहेक विलासिताको सामान खरिद नगर्नुहोला ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :  आजको दिन अध्ययन अनुसन्धानमा रुचि बढ्ने छ । अध्यात्मशास्त्रका पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्नसक्छ । आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी भन्दा बढी यात्रा कष्टकर हुनेछ । यदी यात्रा गर्नै पर्ने छ भने पूर्वदिशा तर्फ फर्केर यात्रा शरुवात गर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको दिन  निकै शुभ रहेको छ । ब्यापारमा रहेका साझेदारसँग फाइदा हुनेछ । आजको दिन काम गर्दा गणेशको आरधना गरेर काम गर्नुभयो भने तपाईको गर्ने काममा सफलता मिल्नेछ । आज नयाँ काम गर्न सक्नुहुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : तपाईँले आज आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपाईँप्रति विरोध गर्नेले सम्मानका शब्दहरु प्रयोग गर्नेछन् । आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला । पारिवारमा साना साना कुरामा विवाद हुनसक्छ । मौन रहनु र गणेश मन्दिरके दर्शन गर्नुभयो भने मनमा खुसियाली छाउने छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :  आजको दिन मौन रहनु हित हुनेछ । घर परिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । विश्वास गरेको मित्रबाट दुःख र धोका हुनसक्छ । आजको दिन बिहान गणेश वा हनुमानको मन्दिरको दर्शन गर्नाले उर्जा मिल्नेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : परिवार र दाम्पत्य जीवनमा सुख, समृद्धि हुने छ । मंगलवारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मान मिल्न सक्छ । चन्द्रमाको साथ रहेको छ । त्यसैले व्यबसायमा सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन उपहार साटाटाट गर्दा फाइदा हुनेछ । बाल र बृद्ध व्यक्तिलाई केही खानेकुरा दिनु उत्तम हुनेछ । केही दान गर्नुभयो भने तपाईँको लागि फाइदा हुनेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :  आजको दिन त्यति अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च ब्यबभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । सोचअनुसार काम नहुँदा मनमा अनेक चिन्ता छाउने छ । त्यसैले आजको दिन सकारात्मक सोच राख्नुहोला ।  यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी हुनेछैन ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :  आजको दिन ब्यापारबाट लाभ हुने देखिन्छ । मित्रसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । परिवारका सदस्यसँग र आफन्तसँग विवाद हुनसक्छ त्यसैले सोचविचार गरेर काम गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा प्राप्त हुनेछ । आजको दिन सोचेअनुसार काम हुनेछ । अध्ययन अध्यापन, लेखनमा सफलता मिल्नेछ । ब्यापारमा सफलता मिल्नेछ । तपाईँलाई परेका अप्ठाराका समाधानका बाटा खुल्दै जानेछ ।

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :  आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । आज आफ्नो बसोबास भएको स्थानमा रहेको मठमन्दिर दर्शन गर्दा उत्साह प्राप्त गर्नसक्नुहुन्छ ।  हरेक साता मंगलबार गणेशमन्दिरमा दर्शन गर्नाले ग्रहदोष कम हुँदै जानेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : व्यापारमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ । आर्थिक कारोबारमा समस्या हुनसक्छ । त्यसैले आजको दिन विवाद नगरी नियमित कामबाहेक नयाँ काम गर्नुभन्दा पहिले सोच विचार गरेर मात्र गर्नु बेस हुनेछ ।   

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :  मंगलबार आजको दिन विहान उठेर सूर्योदयको दर्शन र नजिकैको गणेश मन्दिरको दर्शन गरेर काम गर्दा सफलता प्राप्त हुन्छ । अध्ययन अध्यापनको क्षेत्रमा सोचेभन्दा बढी सफलता मिल्नेछ । सेवामूलक काम गर्नुभयो भने समाजबाट मानसम्मान मिल्नेछ

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img