राशिफलपाथिभरा माताले सबैको रक्षा गरुन, पुस १४ गते बुधबार, निकै राम्रो छ...

पाथिभरा माताले सबैको रक्षा गरुन, पुस १४ गते बुधबार, निकै राम्रो छ यि राशिको भाग्य, थाहा पाउनुहाेस् तपाईँकाे राशिफल

१४ पुस २०७८, २९ डिसेम्बर, २०२१ बुधबार । पौषकृष्णपक्ष दशमी तिथि, स्वाती नक्षत्र, विष्टि करण, सुकर्मा योग,चन्द्रमा तुला राशिमा छ । आज सूर्योदय बिहान ६ः५५ मा भएकाे छ भने १७ः१६मा सूर्यास्त हुनेछ ।बुधबारको दिन गृहस्थसम्बन्धी काम गर्नु राम्रो मानिन्छ । आर्थिक कारोबारका लागि पनि बुधबार राम्रो मानिन्छ । आजको देवता इन्द्र, ग्रहदेव मंगल रहेको छ । आज राहुकाल १२ः०६ देखि १ः०६ सम्म रहेको छ । अभिजित मुहूर्त ११ः४६ देखि १२ः२७ सम्म रहेको छ । सकेसम्म राहुकाल भएको समयमा शुभकाम नगर्नुहोला । अभिजित मुहूर्त भएको बेला शुभकार्य गर्न सकिन्छ ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सुरुमा परिश्रम परे पनि राम्रो प्रतिफल पाइनेछ। प्रतिस्पर्धीहरूलाई उछिन्दै विभिन्न अवसर हात पार्न सकिनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। मिहिनेतले अवसर दिलाउनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। विद्यार्थीहरूको शैक्षिक भ्रमण हुन सक्छ। रमाइलो यात्रा, भेटघाट र प्रियजनसँग भेटघाट हुने योग छ। मित्रता र प्रेमको बन्धन कसिनेछ। सप्ताहान्तमा स्वास्थ्यबाधा र घरेलु समस्याले पिरोल्न सक्छ। सहयोगीहरूले समेत साथ दिन छाड्नेछन्।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कामकाे समयमा हाेसियार नबन्दा नतिजा कमजाेर देखिनेछ। अध्ययनको कमीले बौद्धिक प्रतिस्पर्धामा खरो उत्रिन नसकिएला। सहयाेगीहरू टाढिनेछन् र सहपाठीसँग असमझदारी बढ्नेछ। मंगलबारदेखि स्थितिमा सुधार आउनेछ। शत्रु र रोगमाथि विजय प्राप्त हुनेछ। दौडधुप गर्नुपरे पनि शुभचिन्तकहरूले साथ दिनेछन् । सप्ताहान्तमा पेसा–व्यवसायबाट मनग्य आर्जन हुनेछ। रमाइलो भेटघाटले उत्साह जगाउनेछ। व्यापार बढ्नेछ भने दिगो काम सुरु हुनेछ। ईर्ष्या गर्नेहरूबाट भने जाेगिएर काममा जुट्नुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
आफ्नैसँग असमझदारी बढ्नाले आँटेको काम रोकिन सक्छ। साझेदारीमा विवाद हुनेछ भने अवसरवादीहरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । पढाइलेखाइमा ध्यान केन्द्रित नहुन सक्छ। परिस्थितिवश कमजोर व्यक्तिहरू अघि आउनेछन् भने कामबाट फाइदा लिन समय लाग्लेछ। तापनि साताको पछिल्लो समयमा स्थिति अनुकूल बन्नेछ। प्रतिस्पर्धीहरू सम्झौता गर्न आउनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम गर्न सफल भइनेछ। रोकिएका काम सम्पादन हुनेछन् र नयाँ काम प्रारम्भ हुनेछ। व्यापारले फाइदा दिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सुरुमा हिम्मतले अवसर दिलाउन सक्छ। अप्ठ्यारो परिस्थितिमा सहयोगीहरूले साथ दिनेछन् भने परिश्रमको नतिजा राम्रै आउनेछ। मंगलबारदेखि आफ्नैबाट धोका हुनाले काममा पछि परिनेछ। समयतालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउलान्। घर–जग्गा विवादले समस्या निम्त्याउन सक्छ। मेसो नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा बिनाकारण साथीभाइ टाढिन सक्छन्। सप्ताहान्तमा अध्ययनतर्फ प्रगति हुनेछ। कामले नाम र दाम पनि दिलाउनेछ। खानपानमा भने सजग रहनुहोला।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
धेरै बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। सानो कमजोरीले आत्मसम्मानमा ठेस पुर्याउन सक्छ। व्यावहारिक अलमलले अध्ययनमा बाधा पुग्नेछ। तर समस्या आए पनि हिम्मत गर्दा चुनौती पन्छाउन सफल भइनेछ। मंगलवारदेखि नयाँ काम थालनी हुन सक्छ। बलभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। आलोचकहरूले आफ्ना कमजोरी सुधार्ने अवसर प्रदान गर्नेछन्। सप्ताहान्तमा भने सरोकार नभएका विषयमा चासो राख्नाले व्यर्थैमा दु:ख पाइनेछ। कामकाे अवसर पाइनेछ तर अरूको भरपर्दा लक्ष्यमा पुग्न समय लाग्नेछ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
लगनशीलता र आत्मविश्वासले सजिलै लक्ष्य प्राप्ति हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ र थप काम गर्ने अवसर प्राप्त हुनेछ। आफन्त र प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। तर साताभरि नै केही विवादास्पद काममा अलमलिनुपर्ला। सुरुमा दुःख भए पनि भौतिक साधन उपयोग गर्दै दिगो काम प्रारम्भ गर्न सकिनेछ। नयाँ प्रविधिको ज्ञान हासिल गर्ने अवसर पनि प्राप्त हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। स्वास्थ्यका लागि भने खानपानमा सजग रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। अवसरका लागि लाभ नहुने कामको समेत जिम्मेवारी सम्हाल्नुपर्ला। बलजफ्ती गर्दा काम दोहोर्याउनुपर्ने परिस्थिति आउन सक्छ। धेरै दौडधुप हुनेछ र यात्रा खर्चिलो बन्नेछ। मंगलबारदेखि स्थितिमा सुधार आउनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। आफन्त र साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। नयाँ काममा हात हाल्ने परिस्थिति जुट्नेछ। काम देखाएर उपलब्धि हातपार्न सकिनेछ। परिश्रमअनुसार राम्रै प्रतिफल प्राप्त हुनेछ। वादविवादले भने केही समस्या निम्त्याउन सक्छ।

वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
सुरुमा विभिन्न अवसर प्राप्त हुनेछन् र दैनिकीले उचाइको बाटो समाउनेछ। आम्दानी बढ्नुका साथै व्यावहारिक आवश्यकता पूरा हुनेछन्। व्यवसायमा पनि उल्लेख्य फाइदा हुनेछ। मंगलबारदेखि भने खर्चिलो काम प्रारम्भ हुने देखिन्छ। संवेदनशील काममा विशेष सावधानी अपनाउनुहोला। प्रयत्न गर्दा टाढाका साथीभाइ नजिकिनेछन्। यात्राको प्रक्रिया अघि बढ्न सक्छ। सप्ताहान्तमा आफन्तको सहयोगले स्थितिमा सुधार आउनेछ। रोकिएको काम पनि सम्पादन हुनेछ। मिहिनेतले जीवनशैलीमा पनि परिवर्तन ल्याउन सकिनेछ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतिष्ठित काम गरेर स्थापित हुने समय छ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। नयाँ नोकरी वा व्यवसाय थालनी हुन सक्छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ। ईर्ष्या गर्नेहरूले आलोचना गरे पनि काम देखाएर धेरैको मन लोभ्याउन सकिनेछ। आम्दानीका विभिन्न स्रोत जुट्नेछन्। पेसा र व्यापारमा मनग्य लाभ हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। सप्ताहान्तमा भने फजुल खर्च, काममा बाधा र स्वास्थ्यमा समस्या देखिएला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सुरुमा केही संघर्ष गर्नुपरे पनि प्रतिष्ठित काम गरेर स्थापित हुने समय छ। ईर्ष्या गर्नेहरूले आलोचना गरे पनि काम देखाएर धेरैको मन लोभ्याउन सकिनेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। नयाँ नोकरी वा व्यवसाय थालनी हुन सक्छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। जिम्मेवारी बढ्न सक्छ। अध्ययनमा प्रगति हुनेछ। आम्दानीका विभिन्न स्रोत जुट्नेछन्। पेसा र व्यापारमा मनग्य लाभ हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। सप्ताहान्तमा भने फजुल खर्च, काममा बाधा र स्वास्थ्यमा समस्या देखिएला।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रारम्भमा अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ। तापनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ। बीचमा ईर्ष्या गर्नेेहरूले दुःख दिनेछन्। काममा पनि अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्ला। धेरैले आफ्ना कमजोरीबाट फाइदा उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। बिहीवारपछि स्थितिमा सुधार आउनेछ। चुनौती देखिए पनि समस्याको जड पत्ता लाग्नेछ। मिहिनेतले राम्रै अवसर दिलाउनेछ। सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ। आयस्रोत थपिनेछन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
शुभचिन्तकहरूको सहयोगले साताको प्रारम्भ उत्साहवर्द्धक देखिनेछ। रमाइलो यात्राका बीच प्रियजनसँग भेटघाट हुनेछ। आतिथ्यपूर्ण सम्मान पनि प्राप्त हुनेछ। विभिन्न भौतिक सुखका साधन जुट्नेछन्। तर मनोरञ्जनले अध्ययनमा बाधा पुर्याउन सक्छ। मंगलबारदेखि स्वास्थ्यमा कमजोरी र काममा अवरोध आउन सक्छ। आक्षेप लगाउनेहरूले दु:ख दिनेछन्। आफ्ना विषयवस्तुमा अरूले हस्तक्षेप गर्नेछन्। परिस्थितिवश संघर्षमा उत्रनुपर्ने देखिन्छ। सप्ताहान्तमा स्थितिमा सुधार आउनेछ र आस मारेको कामले उत्साह पनि जगाउनेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img