राशिफलदैनिक राशिफल२०८१ साउन २० गतेदेखी २७ गतेसम्मको साप्ताहिक राशिफल

२०८१ साउन २० गतेदेखी २७ गतेसम्मको साप्ताहिक राशिफल

यो साता धेरै राशिका लागि उत्साहप्रद र सफलताको संकेत देखिन्छ। स्वास्थ्य र आर्थिक क्षेत्रमा सावधानी अपनाउनु आवश्यक छ भने सामाजिक सम्बन्धलाई बलियो बनाउँदै व्यक्तिगत र व्यावसायिक सफलताको मौका मिल्नेछ। पारिवारिक समर्थन र साथीहरूको सहयोगले कठिनाइलाई सजिलै पार गर्न सकिनेछ। यो साता, विशेष गरी मीन र मिथुन राशिका लागि, निकै फलदायी रहेको देखिन्छ। समयको सदुपयोग र सकारात्मक सोचले जीवनलाई नयाँ उचाइमा पुर्याउन मद्दत पुर्याउनेछ।

मेष (Aries)

सुरुमा पारिवारिक अशान्ति भए पनि समाजको साथले समस्या समाधान हुनेछ। सहायक व्यक्तिहरूको माध्यमबाट नयाँ अवसर पाउन सकिन्छ। सोमबारपछि नयाँ काम गर्ने योजना सफल हुनेछ। आम्दानी बढ्ने र दिगो काममा सम्झौता हुने सम्भावना छ। भौतिक साधन जुट्नाले ठूलो योजनामा अग्रसर भइनेछ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। व्यापार र उद्योगमा विशेष फाइदा हुनेछ। सप्ताहान्तमा यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिने र प्रेमको बन्धन कसिनेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। कृषि कार्यमा सफलता मिल्नेछ। समाजमा प्रभाव जमाउन सकिनेछ। रोकिएका कार्यहरू पुनः सञ्चालनमा आउनेछन्। साताको अन्त्यमा आत्मघाती काम गर्न सकिने सम्भावना छ, सचेत रहनुहोस्। यो हप्ता ७५% फलदायी छ। विशेष दिन: सोमवार।

वृष (Taurus)

अरूलाई प्रभावित पारेर उपलब्धि हात पार्न सकिनेछ। समस्या आए पनि सहयोगीहरूको साथ पाउने सम्भावना छ। केही जिम्मेवारी प्राप्त भए पनि सोमबारपछि उपलब्धिका लागि समय लाग्न सक्छ। श्रम परे पनि काम रोक्न सकिन्छ। साथीभाइको सहयोगले लाभ उठाउन सकिनेछ। समयमा मिहिनेत गर्नेहरूलाई स्थिति अनुकूल हुनेछ। सरल जीवनशैलीले धेरै प्रभावित पार्नेछ। जुझारु कार्यशैलीले प्रतिस्पर्धीहरू पछि हट्नेछन्। सबल कर्मले शत्रुहरूसमेत नजिकिन सक्छन्। सप्ताहान्तमा काम सम्पादन हुनेछ र व्यवसायमा फाइदा हुनेछ। नजिकैको मित्रसँग भेटघाट हुनेछ। विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ। सामाजिक सेवा गर्ने अवसर जुट्न सक्छ। कृषि क्षेत्रबाट राम्रै लाभ हुनेछ। साताको मध्यमा मन खिन्न हुने स्थिति आउन सक्छ। यो हप्ता ७०% फलदायी छ। विशेष दिन: बुधवार।

मिथुन (Gemini)

साता उत्साहवर्द्धक रहनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। बोलीको प्रभावले काम बनाउन सकिनेछ। चुनौतीलाई अवसरमा बदल्ने समय छ। कार्यशैलीमा सुधार ल्याउन सकिनेछ। छोटो समयमै विशेष उपलब्धि प्राप्त हुनेछ। पहिलेको कर्मफल हातलागी हुनेछ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। उत्तरार्धमा केही उतारचढाव आउन सक्छ। परिस्थितिले समयको महत्व बुझाउनेछ। घरेलु समस्यामा सावधान रहनुहोला। सप्ताहान्त विशेष उपलब्धिमूलक रहनेछ। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। यो साता काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। पुराना इष्टमित्र, मान्य व्यक्तिसँगको भेट उपलब्धिमूलक हुनेछ। प्राविधिक काममा बढी सफलता मिल्नेछ। साताको अन्त्यमा चोटपटकको सम्भावना र सामान हराउन सक्नेछ। यो हप्ता ८०% फलदायी छ। विशेष दिन: शुक्रवार।

कर्कट (Cancer)

विभिन्न अवसर प्राप्त हुनेछन् भने आँटले काम लिने समय छ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू पनि बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। मंगलवार र बुधवार वादविवादबाट सावधान रहनुहोला। मित्रहरूको सहयोग जुट्नाले महत्त्वपूर्ण काम बन्नेछ। शुभचिन्तकहरूको सञ्जाल फराकिलो हुनेछ। बहुमूल्य वस्तुहरू संकलन गर्न सफल भइनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। सप्ताहान्तमा साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ने देखिन्छ। साताको सुरुवातमा बोलीको विपरीत अर्थ लाग्न सक्छ। अलि बढी व्यस्त रहन पर्न सक्छ। चाहेको अनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ। उत्तरार्धमा साथी भाइको भेटघाटले मन प्रफुल्ल हुनेछ। नयाँ काम वा रोजगार पाइने सम्भावना छ। यो हप्ता ७५% फलदायी छ। विशेष दिन: मंगलवार।

सिंह (Leo)

प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखिन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। सोमबार साँझदेखि शुभचिन्तकहरूको सहयोग जुट्नाले समस्याको समाधान हुनेछ। आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। भोजभतेरको निम्तो आउन सक्छ। खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्न सक्छ। तापनि पारिवारिक जमघटमा मन रमाउनेछ। विशिष्ट व्यक्तिसँग मित्रता गाँसिनेछ। तर्कशक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। चिताएका काम बन्नाले नाम र दाम प्राप्त हुनेछ। यो साता अत्यन्तै शुभ रहेको छ। समयको सदुपयोग गर्न सके सर्वाधिक फाइदा हुनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ। आफन्त र साथीभाइबाट सहयोग र हौसला प्राप्त हुनेछ। स्वास्थ्य प्रति सजग रहनुहोस् र रिसराग नियन्त्रण गर्न जरूरी छ। यो हप्ता ७८% फलदायी छ। विशेष दिन: शुक्रवार।

कन्या (Virgo)

प्रारम्भमा मनग्य लाभ उठाउन सकिनेछ। व्यापार बढ्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन्। मंगलवार र बुधवार सरसापटमा धन बाहिरिनाले बचत नहुन सक्छ। सोख पूरा गर्न खर्च बढ्नेछ। सुरुको लगानी पछिका लागि फाइदाजनक हुनेछ। आफन्तबाट टाढिनुपर्ने स्थिति आए पनि भविष्यको मार्गचित्र कोर्ने समय छ। सप्ताहान्तमा विशेष अवसरका साथै उपलब्धि पनि प्राप्त हुनेछ। रमाइलो भेटघाट र खानपानको आनन्द प्राप्त हुनेछ। तारिफयोग्य कामले मानसम्मान दिलाउनेछ। घर परिवारमा मनोरञ्जनपूर्ण वातावरण बन्नेछ। शुभकार्यको चर्चा चल्नेछ। ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन्। अरुलाई प्रभावित पारेर अधुरा काम बन्नेछन्। साहित्यिक क्षेत्रमा झुकाव हुनेछ। स्वास्थ्य प्रति सचेत रहनै पर्छ। यो हप्ता ७३% फलदायी छ। विशेष दिन: बुधवार।

तुला (Libra)

प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। आँटले काममा सफलता दिलाउनेछ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हात पार्न सफल भइनेछ। आँटले सफलता पनि दिलाउनेछ। बिहीवारदेखि फजुल खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। तापनि, पछिका लागि केही उपलब्धि जुट्नेछ। रकम जुटाउन केही समय लागे पनि सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ। चिताएको काम बन्नुका साथै सुखद समाचार प्राप्त हुनेछ। नयाँ र शुभकार्यको अवसर पनि मिल्नेछ। विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ। रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। मध्य सातामा मन खिन्न हुने र अनावश्यक ठाउँमा धन खर्च होला। यो हप्ता ७६% फलदायी छ। विशेष दिन: बिहीवार।

वृश्चिक (Scorpio)

प्रारम्भमा केही चुनौती देखिए पनि प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। पुरुषार्थद्वारा उपलब्धि हात पार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। पेसा–व्यवसायमा राम्रो उपलब्धि प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। मिहिनेतले प्रशस्त दाम र इनाम दिलाउनेछ। आम्दानी बढ्नाले लक्ष्यमा पुग्न सफल भइनेछ। सप्ताहान्तमा केही रकम सरसापटमा बाहिरिन सक्छ। यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ। सुखदुःख बराबरी खालको समय छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ मिल्नेछ। करियरको लागि मनमा दुबिधा र खुल्दुली उत्पन्न हुनेछ। मध्य सातामा लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। शुभकार्यको चर्चा पनि चल्नेछ। यो हप्ता ७५% फलदायी छ। विशेष दिन: मंगलवार।

धनु (Sagittarius)

प्रारम्भमा स्वास्थ्य कमजोर रहनुका साथै खर्च बढ्नाले अर्थ अभाव देखिन सक्छ। अप्ठ्यारा कामको बोझ उठाउनुपर्नेछ। सोमबारपछि स्थितिमा सुधार आउनाले काममा जोसजाँगर बढ्नेछ। धार्मिक कर्म र समाजसेवामा प्रवृत्त भइनेछ। पुराना कामको चर्चा हुनेछ भने उपलब्धिको स्रोत प्राप्त हुनेछ। भौतिक साध

न जुट्नाले दिगो योजना प्रारम्भ गर्न सकिनेछ। व्यवसायमा पनि थोरै फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। प्रेम र मित्रताको बन्धन कसिन सक्छ। मंगलबार र बुधबार रोकिएका काम सम्पादन हुनाले मन प्रसन्न रहनेछ। तापनि शनिबार र आइतवार फजुल खर्च र विवादले सताउन सक्छ। पुरानो मुद्दा मामिलामा सफलता मिल्ने सम्भावना छ। अधिकारका लागि केही संघर्ष गर्नुपर्ला। रोकिएका कामहरू पुनः प्रारम्भ हुनेछन्। यात्रामा कष्ट भोग्नुपर्ने हुन सक्छ। यो हप्ता ७२% फलदायी छ। विशेष दिन: सोमवार।

मकर (Capricorn)

प्रारम्भमा समस्या देखिए पनि समय अनुकूल बन्नेछ। सोख पूरा गर्न खर्च बढ्न सक्छ। सोमबार साँझदेखि समस्या सुल्झाउने अवसर प्राप्त हुनेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। नयाँ काम थालनी हुने र आम्दानीका स्रोत बढ्ने समय छ। विगतका कमीकमजोरी सच्चाउन सकिनेछ। सबैको ध्यान तपाईँतिर मोडिनेछ। आँटेको कामले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। धनधान्यका भण्डार भरिनेछन्। सहयोगीहरूले सही मार्गदर्शन दिलाउनेछन्। समयमा गरिएका निर्णयहरूले मनग्य फाइदा हुनेछ। सप्ताहान्तमा विपरित वर्ग प्रति आकर्षण बढ्न सक्छ। भविष्यका लागि विशेष काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर जुट्नेछ। कृषि क्षेत्रमा राम्रो प्रगति हुनेछ। मध्य सातामा मनमा चिन्ता र स्वास्थ्य प्रति सजग रहनुपर्नेछ। यो हप्ता ७७% फलदायी छ। विशेष दिन: सोमवार।

कुम्भ (Aquarius)

विभिन्न अवसर प्राप्त हुनेछन् भने आँटले काम लिने समय छ। चुनौतीलाई अवसरमा बदल्ने समय छ। कार्यशैलीमा सुधार ल्याउन सकिनेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। मंगलवार र बुधवार बोलीको विपरीत अर्थ लाग्न सक्छ। मित्रहरूको सहयोग जुट्नाले महत्त्वपूर्ण काम बन्नेछ। सप्ताहान्तमा विशेष अवसरका साथै उपलब्धि पनि प्राप्त हुनेछ। रमाइलो भेटघाट र खानपानको आनन्द प्राप्त हुनेछ। घर परिवारमा मनोरञ्जनपूर्ण वातावरण बन्नेछ। शुभकार्यको चर्चा चल्नेछ। ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन्। अरुलाई प्रभावित पारेर अधुरा काम बन्नेछन्। साहित्यिक क्षेत्रमा झुकाव हुनेछ। स्वास्थ्य प्रति सचेत रहनै पर्छ। यो हप्ता ७३% फलदायी छ। विशेष दिन: बुधवार।

मीन (Pisces)

प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखिन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। सोमबार साँझदेखि शुभचिन्तकहरूको सहयोग जुट्नाले समस्याको समाधान हुनेछ। आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। भोजभतेरको निम्तो आउन सक्छ। खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्न सक्छ। तापनि पारिवारिक जमघटमा मन रमाउनेछ। विशिष्ट व्यक्तिसँग मित्रता गाँसिनेछ। तर्कशक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। चिताएका काम बन्नाले नाम र दाम प्राप्त हुनेछ। यो साता अत्यन्तै शुभ रहेको छ। समयको सदुपयोग गर्न सके सर्वाधिक फाइदा हुनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ। आफन्त र साथीभाइबाट सहयोग र हौसला प्राप्त हुनेछ। स्वास्थ्य प्रति सजग रहनुहोस् र रिसराग नियन्त्रण गर्न जरूरी छ। यो हप्ता ७८% फलदायी छ। विशेष दिन: शुक्रवार।

यस हप्ताको समग्र मूल्यांकन:

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img