काठमाडौं । सोमबार चीनको गुआङ्सी प्रान्तको पहाडी जंगलमा चाइना इस्टर्न एयरलाइन्सको जहाज दु र्घटना हुँदा १३२ जनाको अवस्था अज्ञात रहेको छ ।चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार जहाजमा १२३ यात्रु र नौ जना चालक दलका सदस्य सवार रहेका छन् ।
बोइङ ७३७ गुआङ्सीको वुझाउ नजिकै खसेका विमानको हाल उद्धार कार्य चलिरहेको बताइएको छ । उद्धार कार्यका लागि तत्काल ५८८ वटा अग्निनियन्त्रक पठाइएको छ।
त्यहाँका एक स्थानीय गाउँलेले अनलाइन पोर्टल जिमु न्यूजलाई भनेअनुसार अग्निनियन्त्रकहरूले आगो निभाउनु अघि जहाज टुक्राटुक्रा भएको र रुख र बाँसहरू जलेर खरानी भएको छ । उद्धार कार्य जारी रहेकाले घटनाबारे यकिन जानकारी बाहिर आएको छैन ।