Friday, March 29, 2024
अन्तर्राष्ट्रियजापानमा कोरोनाका कारण एकै दिन ३ सय ४३ जनाले ज्यान गुमाए

जापानमा कोरोनाका कारण एकै दिन ३ सय ४३ जनाले ज्यान गुमाए

टोकियो । जापानमा कोरोना भाइरसका कारण पछिल्लो एक दिनमा ३३ जनाको मृत्यु भएको छ । जापानमा अहिले चलिरहेको कोरोना भाइरसको सातौँ लहरका क्रममा दैनिक मृत्यु हुनेहरूको सङ्ख्या बढिरहेको छ ।

अघिल्लो दिन ३२७ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो । दैनिक सङ्क्रमितको सङ्ख्या पनि पछिल्लो समयमा अत्यधिक देखिएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा दुई लाख आठ हजार पाँच सय ५१ जना सङ्क्रमित भएका हुन् ।

कोरोना भाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्या बढ्दै गएकाले सरकारले फेरि कतिपय गतिविधिहरूमा कडाइ गर्न लागेको छ । मास्क लगाउनु पर्ने, सेनिटाइजरको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्नेमा ख्याल गर्न सरकारी अधिकारी तथा स्वास्थ्यकर्मीहरूले अनुरोध गरेका छन् ।

प्रकाशित मिति :

इन्फो नेपाल संवाददाता
इन्फो नेपाल संवाददाताhttps://infonepalonline.com
इन्फो नेपाल अनलाईन डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । इन्फो नेपालमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई infonepalonline@gmail.com वा news@infonepalonline.com.np मा पठाउनु होला । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

Advertisement
 

सिफारिस

यो साता चर्चामा

यो पनि पढौँ

काठमाडौं | चैत्र ९ गते शुक्रबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा विदेश जानेको भिड हो यो ।  फोटो : सागर बोहोरा
भोजपुर | टेम्केमैयुङ गाउँपालिकाले रेबिज रोग रोकथामका लागि बृहत् खोप अभियान सञ्चालन गरेको छ। गाउँपालिका वडा नम्बर ९ मा सञ्चालित उक्त अभियानअन्तर्गत २ सय...
काठमाडौं । उपनिर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका सुहाङ नेम्वाङले इलाम जिल्लावासीको सेवा गर्ने संकल्प व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उहाँले असजिलो र...