अन्तर्राष्ट्रियचीनमा भूकम्प– मृतकको सङ्ख्या ६५ पुग्यो

चीनमा भूकम्प– मृतकको सङ्ख्या ६५ पुग्यो

Advertisement spot_img

चीन: चीनमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा ६५ जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम चनिमा गएको ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प जाँदा ६५ जनाको मृत्यु भएको चिनियाँ अखबार ग्लोबल टाइम्सको अनलाइन संस्करणले जनाएको छ । भूकम्पमा परी अन्य केही घाइते भएका छन् ।

सिचाआन प्रान्तमा स्थानीय समयअनुसार १ बजे भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दुको गहिराइ १० किलोमिटर रहेको छ । भूकम्पले दूरसञ्चारका लाइन बिच्छेद गर्नुका साथै पहाडमा पहिरो गएको छ ।

गत हप्ता सिचुआनको राजधानी चेङ्डुकाका करिब २ करोड १० लाख मानिसलाई कोभिड प्रतिबन्धका कारण घरमै बस्न आदेश दिइएको थियो ।

भूकम्पको केन्द्रबिन्दु चेङ्डुबाट २२६ किलोमिटर दक्षिणपश्चिममा रहेको दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहर रहेको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ ।

सरकारी सञ्चार माध्यम सीसीटीभीका अनुसार भूकम्पका कारण यान सहरमा १७ जना र छिमेकी प्रान्त गान्जीमा २९ जनाको मृत्यु भएको बताएको छ । भूकम्पपछि १६ जना हराइरहेका र ५० जना घाइते भएका छन् ।

भूकम्पले सडकमा धाजा फाटेको छ, पहाडमा पहिरो गएको छ र प्रभावित क्षेत्रका १० हजार घरमा दुरसञ्चार सेवा अवरुद्ध भएको थियो ।

प्रकाशित मिति :

इन्फो नेपाल संवाददाता
इन्फो नेपाल संवाददाताhttps://infonepalonline.com
इन्फो नेपाल अनलाईन डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । इन्फो नेपालमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई infonepalonline@gmail.com वा news@infonepalonline.com.np मा पठाउनु होला । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्

Advertisement spot_img
Advertisement

संबन्धित समाचार

Advertisement
 

सिफारिस

यो साता चर्चामा



यो पनि पढौँ

मोरङ / मोरङको बेलबारीमा सवारी दुर्घटना हुँदा घाइते भएका अलकछन चौधरीको मृत्यु भएको छ ।मंसिर १४ गते बेलबारी ४ धरहरामा गिट्टी लोड गरेको को...
भोजपुर : भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले जिल्ला कारागार भोजपुरलाई स्मार्ट टिभि हस्तान्तरण गरेको छ ।आज एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे र जिल्ला...
मकवानपुर । मकवानपुरको हेटौडामा बसले मोटरसाइकललाई ठक्कर दिदाँ एकको मृत्यु भएको छ ।हेटौडाको राटोमाटे स्थित पुर्व पश्चिम सडकखण्डमा पथलैयाबाट भरतपुर तर्फ आउदै गरेको...