Monday, January 13, 2025
अन्तर्राष्ट्रियहेलिकप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु

हेलिकप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु

काठमाडौं- हेलिकप्टर दुर्घटनामा परी युक्रेनका गृहमन्त्रीसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ।

राजधानी कीभबाहिर एउटा नर्सरी नजिकै बुधबार भएको हेलिकप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्री डेनिस मोनास्टिरस्कीसहित कम्तीमा १६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

दुर्घटनामा मृत्यु हुनेमा गृहमन्त्रीसहित मन्त्रालयका उच्च अधिकारी र तीन जना बालबालिकासमेत रहेको समाचार संस्था अलजजिराले जनाएको छ।

दुर्घटनामा परेका १० जनालाई अस्पताल भर्ना गरिएको स्थानीय प्रहरीले जनाएको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img