फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले राजनीतिबाट संन्यास लिने घोषणा गरेका छन् । दुतेर्तेको यस्तो घोषणालाई अनपेक्षित रुपमा हेरिएको छ ।
साथै आफ्नी छोरीलाई राजनीतिमा बाटो खुला गर्ने योजनाको रुपमा पनि व्याख्या भएको छ । आज म राजनीतिबाट संन्यास लिएको संन्यास लिएको घोषणा गर्छु। दुतेर्तेले शनिबार भनेका छन् ।फिलिपिन्सको संविधान अनुसार राष्ट्रपति पदमा ६ वर्षे कार्यकालभन्दा बढी बस्न नपाउने प्रावधान छ । यद्यपि दुतेर्तेले राजीनितबाटै बिदा लिने आंकलन धेरैले गरेका थिएनन् ।
तर राजनीतिक विश्लेषकहरुले उनले कुनै पनि बेला अनौठो तरिकाले राजनीतिक कदम चाल्नसक्ने औंल्याएका थिए ।यसपटक दुतेर्तेले छोरी सारा दुतेर्ते कार्पियोलाई आगामी वर्षको राष्ट्रपति पदका लागि अघि सार्नसक्ने बताइएको छ । सारा दुतेर्ते कार्पियो यसअघि बाबुकै निर्वाचन क्षेत्र डाभाओको मेयर बनेकी थिइन् ।
साथै २०२२ को निर्वाचनमा आफू र बाबुमध्ये एक जना मात्रै राष्ट्रिय नेतृत्वका लागि प्रतिष्पर्धा गर्ने सहमति भएको प्रतिक्रिया दिएकी थिइन् ।यससँगै रोड्रिगो दुतेर्तेले राजनीतिबाट संन्यास लिने घोषणा गरेपछि उनकी छोरीका लागि राष्ट्रपति उम्मेदवार बन्न बाटो खुला भएको छ । राष्ट्रपति दुतेर्ते खास सम्प्रदाय तथा धार्मिक समूहलाई लक्षित गर्दै विवादित अभिव्यक्ति दिने नेताको रुपमा चिनिन्छन् । यसअघि उनले खास समूहलाई लक्षित गर्दै राष्ट्रपतिको कुर्सीबाटै आक्रमण गर्नेसम्मको अभिव्यक्ति दिने गरेका थिए ।



