जीवनशैलीघरमा पूजा कोठा राख्दा यस्ता गल्ती गर्नुहुँदैन अन्यथा अशुभ हुन्छ

घरमा पूजा कोठा राख्दा यस्ता गल्ती गर्नुहुँदैन अन्यथा अशुभ हुन्छ

नेपाली समाज भाग्यमा विश्वास गर्छ । शुभ-अशुभको निकै ख्याल गर्छ । त्यसैले घरमा पनि शुभ लक्षणको मेल गराउन सकियो भने मन शान्त रहन्छ, परिवारमा मिलाप रहन्छ । घरमा शुभ लक्षणको मेल कसरी गराउने र यसका लागि वास्तु शास्त्रले हामीलाई सहयोग गर्छ ।

वास्तु शास्त्र प्राचीन विज्ञान हो । वास्तुको अर्थ हुन्छ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश । यसर्थ “वास्तु शास्त्र” भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ ।वास्तु शास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ। हिन्दु धर्म अनुसार वास्तु शास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ।

हिन्दु धर्ममा पूजाले ठूलो महत्व बोकेको छ र श्रद्धा भक्तिपूर्वक गरिने यस कार्यका लागि घरमै छुट्टै पूजा स्थल बनाउने गरिन्छ ।पूजाकोठा बनाउँदा ध्यान दिनुपर्ने पक्ष यसप्रकार छन्ः-

(१)पूजाघरको ढोका टिन वा फलामको हुनुहुँदैन ।
(२)पूजा कोठा शौचालयको ठीक माथि वा तल हुनुहुँदैन ।
(३)पूजा कोठा शौचालयसँग एकै पर्खालले जोडिएको हुनु हुँदैन ।
(४)पूजा कोठामा लगाइने रङ हलुका क्रिम अथवा सेतो हुनुपर्छ ।
(५)सुत्ने कोठामा पूजा स्थल बनाउनु हुँदैन ।
भगवानको तस्बिर वा मूर्ति नैऋत्य कोणमा राख्नु हुँदैन ।
(६)नैऋत्य भनेको दक्षिण र पश्चिम दिशाको मध्य हो । अादि जस्ता केही कुरा पर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img