घर जग्गा किंन्दा धेरै कुराको जानकारी लिनुपर्ने हुन्छ । पर्याप्त जानकारी नलिकन खरिद गर्दा धेरै मानिसहरु समस्यामा परेको र पछुताइरहेको देख्न सकिन्छ । त्यसैले आज मालपोत खबरले घडेरी किन्दा विचार पुर्याउनुपर्ने केही कुराहरु तपाईंहरुलाई जानकारी दिंदैछौं । जुन घडेरी किन्न लागेका व्यक्तिका लागि उपयोगी बन्न सक्छ ।यस्ता कुरामा ध्यान दिन नबिर्सनुहोस
१.कानूनी पक्ष : लालपुर्जा, ट्रेस नक्सा, ब्लूप्रिन्टसँग देखाईएको जग्गा हेर्न जाँदै हुनुहुन्छ भने त्यति नै बेला जग्गा धनीलाई भनेर त्यो जग्गाको लालपुर्जा, ब्लूप्रिन्ट वा ट्रेस नक्सा ल्याउनु भन्नुपर्छ र लालपुर्जा, ब्लूप्रिन्ट, ट्रेस नक्सा पनि सँगै देखाएर त्यो जग्गा हो कि होइन हेर्नुपर्छ ।
२. जग्गाको इतिहास बुझ्ने: त्यो जग्गा प्लाटिङ हो या त्यो जग्गामा को कसको हक अधिकार लाग्छ यदि एकलौटि अधिकार छ भने त्यो जग्गा धनीसँग पनि कुरा गर्नुपर्छ ।
या त सार्वजनिक पो हो की ? यी कुराहरु कानूनी पक्षको हो ।
३. मापदण्डका पक्ष : बाटोको चौडाइ कति छ यसको मापदण्ड कति छ भन्ने कुरा एकिन गरी राम्ररी बुझ्नु पर्छ । न्यूनतम जग्गाको क्षेत्रफल हाम्रो ऐन कानून भए अनुसार लालपुर्जा मा साढे २ आना भन्दा कम छ भने त्यस्तो जग्गा नक्सा पास हुदैन त्यसैले आफुले किन्न लागेको जग्गाको क्षेत्रफल कति छ हेर्नुपर्छ ।
४. जग्गाको पक्ष : जग्गाको आकार, जग्गा कतै भिरालो खोचवाला जमिनमा पो छ कि हेर्नु पर्छ ।
५. पानी र ढलको निकास: आफूले किन्न लागेको जग्गामा पानी र ढलको निकास राम्ररी छ कि छैन रु पानीको मुहानबारे पनि यहि बेलामा सोच्नुपर्छ ।
६. जग्गाको मोहोडा : जग्गा कतातिर फर्केको छ रु आकार रप्रकृति यसको उपयोगिताको पाटोहरु पनि घडेरी किन्दा नै विचार पुर्याउनुपर्छ । सामाजिक पक्ष पनि हेर्नुपर्छ ।
७. समाज, समुदायको जानकारी : गास, बास र कपास पछि सुरक्षा आउने गर्दा पनि त्यो घडेरीमा घर बनाउँदा आफ्नो परिवारको बालबालिका कत्तिको सुरक्षित हुन्छन् भन्ने कुरा एकदमै ध्यान दिनुपर्छ ।होहल्ला हुने, झैझगडा हुने, काटमार र अशान्ति भएको एरियामा घडेरी नकिन्नुहोस्। यस्ता धेरै कुरा हरू रहेका छन् आफुले धेरै ध्यान दिनुपर्छ जग्गा किन्दा यस्ता उयाहरू हरेका छन् ।



