Saturday, February 15, 2025
जीवनशैलीजीवन सफल बनाउन चाहनुहुन्छ भने , यस्तो छ फर्मुला

जीवन सफल बनाउन चाहनुहुन्छ भने , यस्तो छ फर्मुला

यस संस्कृतिको उत्पत्ति चीनबाट भएको थियो । यो प्रचलनमा स्थान, सामान तथा केही कुरालाई ध्यानमा राखेर धेरैभन्दा धेरै सकारात्मक ऊर्जा व्यक्तिभित्र ल्याउन सघाउने विधि अपनाइन्छ ।

पश्चिमी देशहरूमा यसको प्रचारप्रसार धेरै भएका कारण धेरै मानिसले यसलाई अपनाएको पाइन्छ । फङ्गशुईका धेरै नियम छन् । धेरै मानिसमा यसको बारेमा केही भ्रम पनि रहेको पाइन्छ । यस्तो रहेका छन् :-

१. कोठाहरू व्यवस्थित गर्नुहोस्:-

घर तथा जीवनमा खुशी ल्याउन घरका सबै कोठाहरू सफासुग्घर राख्न जरुरी छ । यदि कोठाहरू सफा तथा व्यवस्थित छ भने तपाईंलाई त्यसबाट शक्ति तथा शान्ति मिल्छ ।

२.फर्निचर सही ठाउँमा राख्नुहोस् :-

घरमा भएका सबै फर्निचरलाई व्यवस्थित रूपमा राख्नुपर्छ, ती कुनै पनि बाङ्गोटिङ्गो हुनुहुदैन । बस्ने तथा सुत्ने उचित तथा स्थायी ठाउँ बनाउनुहोस् ।

काम तथा आराम गर्ने ठाउँ राख्नुहोस्
घरमा बनाइएको अफिस तथा लिभिङ रूमको बीचमा केही दूरी राख्नुपर्छ । यदि दुवै एकै ठाउँमा भयो भने तपाईंलाई सधैंभरि तनाव हुन्छ ।

बिग्रिएका सामान तुरुन्त मर्मत गर्नुहोस्
घरका कुनै पनि सामान बिग्रिएका छन् भने तुरुन्त मर्मत गर्नुपर्छ । यसो गर्नाले घरमा नकारात्मक ऊर्जा प्रवेश हुन्छ । भनिन्छ, जबसम्म घरमा टुटेफुटेका सामान रहन्छन्, तबसम्म सकारात्मक ऊर्जाको प्रवाह बन्द रहन्छ ।

३.रूम फाउण्टेन राख्नुहोस् :-

यसलाई भित्तामा सटाएर बनाउनुपर्छ । पानी माथिल्लो भागबाट तल खस्ने तथा त्यसलाई माथि तानेर पुनः खसाल्ने विधिलाई रूम फाउण्टेन भनिन्छ ।

४.उपयुक्त रङ लगाउनुहोस् : –

घरमा रङ लगाउँदा सकारात्मक ऊर्जा आउनुका साथै मनमा खराब विचार आउन पाउँदैन । जस्तै– हरियो रङले प्रकृतिलाई दर्शाउनुका साथै जीवन तथा आशा बढाइदिन्छ । रातो तथा प्याजी रङ भाग्यशाली मानिन्छ । यस प्रकारले जीवनका रङ सुधार गर्न घरको रङ सही हुनुपर्छ ।

५.घरमा सीधा लाइन वा कुनो नबनाउनुहोस्:-

घरमा गोलो गरी बनाइएका कुनाले सकारात्मक ऊर्जा ल्याउँछन् । यहाँसम्म कि, विस्तारा तथा फर्निचरका कुना पनि गोलाइमा भएको राम्रो हुन्छ ।फाईल फोटो

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img