Friday, March 29, 2024
साहित्य"नथाक है बालेन्द्र"

“नथाक है बालेन्द्र”

“नथाक है बालेन्द्र” एक देबीप्रासाद मिश्र द्वारा रचित कबिता हो ।

फुच्चे नक्कल पार्छ याे नयनमा लाएर चस्मा किन
भन्दै ढाेँग पिटे ठुला सुजनले आफै बनी मैपन
चढ्दै छाै तर खुड्किला सकसले हेर्दै छ हात्ती तल
हे बालेन्द्र नथाक लम्क अझ लाै बढ्दैछ तिम्रो कद!!१!!

तिम्राे नैतिकता समस्त जनमा बाेल्ने कला काैशल
राम्राे साैम्य विचार शान्त गरिमा आदर्शका अङ्कुर
देख्दा नित्य विवेचना नगरले गर्दैछ याे आदर
हे बालेन्द्र नथाक लम्क अझ लाै बढ्दैछ तिम्रो कद!!२!!

मात्रै जित्नु चुनाव अग्रगतिको मानिन्न सम्भाव्यता
आशा छन् परिवर्तनीय पथका आऊन् सुनाैला पला
हाराैला तर साथमा युवक छन् लाैराे सहारतब
हे बालेन्द्र नथाक लम्क अझ लाै बढ्दैछ तिम्रो कद!!३!!

भेट्टायाै यदि उच्च आसन भने राम्रो बनी सेवक
सारा स्वार्थ भुलेर याे नगरकाे मैलाे बढार्ने गर
झण्डा साथ छ राष्ट्रकाे गर सदा राम्रो भलाे आदर
हे बालेन्द्र नथाक लम्क अझ लाै बढ्दैछ तिम्रो कद!!४!!

कुर्सी रूप छ माेहनी सरहकाे तानेर तिम्रो मन
सारा साख गिराउला तर भरे याे ख्याल राम्रो गर
तिम्रो जीत बनाेस् विशेश नमुना चाहिन्छ नाैलाेपन
हे बालेन्द्र नथाक लम्क अझ लाै बढ्दैछ राम्रो कद!!५!!


देवीप्रसाद मिश्र!!२०७९/२/३,

प्रकाशित मिति :

इन्फो नेपाल संवाददाता
इन्फो नेपाल संवाददाताhttps://infonepalonline.com
इन्फो नेपाल अनलाईन डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । इन्फो नेपालमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई infonepalonline@gmail.com वा news@infonepalonline.com.np मा पठाउनु होला । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

Advertisement
 

सिफारिस

यो साता चर्चामा

यो पनि पढौँ

काठमाडौं । उपनिर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका सुहाङ नेम्वाङले इलाम जिल्लावासीको सेवा गर्ने संकल्प व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उहाँले असजिलो र...
भोजपुर | टेम्केमैयुङ गाउँपालिकाले रेबिज रोग रोकथामका लागि बृहत् खोप अभियान सञ्चालन गरेको छ। गाउँपालिका वडा नम्बर ९ मा सञ्चालित उक्त अभियानअन्तर्गत २ सय...
ललितपुर । ललितपुर महानगरपालिका-२६ ढोलाहिटीमा आज राति दुई समूहबीच झडप हुँदा दुई व्यक्तिको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेहरूमा सुनसरीको धरान र पाँचथरको...